Thursday, March 23, 2017

चुनाबी सचेतनाका लागि २१ हजार वाइसिएल परिचालन गर्दै छौं

योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) बेला बेला चर्चामा आउने गरेको छ । कहिले बन्दहडताल र झडप अनी कहिले आर्थिक क्रान्ति सहितका काम गरेर पनि चर्चामा आउछ । सडक सफा गरेर देखि भुकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने सम्मका लोकप्रिय काम गर्न सम्म वाईसियले गर्दै आएको छ । मातृ पार्टी माओवादी सत्ता बाहिर भएको बेला संघर्षका बिभिन्न कार्यक्रमहरु गर्ने र पार्टी सरकारमा भएको बेला वाइसिएल चुपचाप बसेको जस्तो आरोप पनि लाग्छ ।  
सरकारले २०७४ बैशाख ३१ गते स्थानीय तहको चुनाब घोषणा गरिसकेको छ । चुनाब आफ्नो पोल्टामा पार्न वाइसिएल फेरी जगमगाउन थालेको छ । बिभिन्न सांगठनिक गतिबिधीलाई तिब्रता दिने देखि गाउँगाउँ सम्म प्रचार अभियानलाई पनि तिब्रता दिईरहेको छ । यसै बिषयमा वाइसिएल रुकुमका पछिल्लो गतिबिधी, स्थानीय निर्बाचनमा खेल्ने भुमिका र  आगामी कार्ययोजनाबारे वाइसिएल नेपाल रुकुमका अध्यक्ष शैलेश कुमार शर्मा संग आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।

हिजोआजका दिनहरुमा वाइसिएल नेपाल रुकुमले के कस्ता गतिबिधी गर्दै छ  ?
वाइसिएल नेपाल आजभोली संगठन निर्माण, बिस्तार, पुनःगठन, सदस्यता बितरण, विकास निर्माण, आर्थिक उत्पादन, राजनैतिक बैचारिक र जनसुरक्षाको कामलाई नै अगाडि बढाईरहेको छ । 

सरकारले बैशाख ३१ गते स्थानीय तह निर्बाचनको मिति तोकिसकेको छ । जसका कारण देश निर्बाचनमय छ । वाइसिएल रुकुमले त्यसको लागि केहि बिशेष कार्यक्रम सञ्चालन गर्दै छ  ? 
आउदै गरेको स्थानीय निर्बाचनमा वाइसिएलले एक बुथ २ सय युथ परिचालन गरि तोकिएको मितिमा निर्बाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्ने, लामो समयको संघर्ष, बलिदानपछि नयाँ संबिधान निर्माण भएको र नयाँ संबिधानको कार्यन्वयनको लागि स्थानीय तहको निर्बाचन मार्फत संबिधानको कार्यन्वयनको लागि र स्थानीय तहको कार्यन्वयनको लागि निर्बाचनमा सबैलाई सहभागि हुन प्रोत्साहन गर्दै नेकपा माओवादी केन्द्रले उठाएका उम्मेदवारहरुलाई जीताउन रुकुम जिल्लाभरी २१ हजार वाइसिएल परिचालन गर्ने र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरि सबै मतदातालाई मतदान प्रकृया सम्बन्धी प्रशिक्षण गर्ने बिशेष कार्ययोजना सञ्चालन गर्दै छ । 

वाइसिएल अराजक युवाहरुको झुण्ड हो भनेर बेलाबेला  टिकाटिप्पनी गर्ने गरिन्छ । अब फेरी स्थानीय चुनाबको किचलो र बिभिन्न पक्षबिचका युवाहरु बिच आफ्नो पोल्टामा मत पार्न बिबाद र झडपमा घटना हुन पनि सक्छ । त्यसलाई वाइसिएल नेपाल रुकुमले कसरी समाधान गर्छ ?
वाइसिएललाई अराजक भन्ने अपराधिक मानसिकताको उपज हो । किनकी देशभरीका अपराधीहरुलाई जनकारबाही मार्फत कारबाही गरेकोले अत्तालिएकाहरुले लगाएको आरोप मात्र हो  । यो देशलाई राजनैतिक अस्थिरता, राजनैतिक अराजकता सृजना गर्ने र देशलाई यथास्थितिमा सञ्चालन गर्ने सोचबाट लिप्तरहेका मानसिकताहरुलाई संघर्षको मध्ययमबाट तह लगाउदै आएको संगठन हो । वाइसिएल झुण्ड नभएर सबै खाले अराजकताहरुको अन्त्य गर्दै रुपान्तरित समाजलाई सञ्चालन गर्न राजनैतिक हिसाबले देशलाई परिवर्तनको बाटोमा अगाडि बढाउन निर्मित राजनैतिक युवा संगठन हो । आउदै गरको निर्बाचनलाई बिबाद र घटना बिनाको निर्बाचन बनाउन नेतृत्वदायी भुमिका निर्बाह गर्दै रुकुम जिल्लामा रहेका क्रियासिल सबै युवा संगसंगठनका नेतृत्वहरुसंग संबाद मार्फत छलफल गरि निर्बाचनमा पनि घटना हुन नदिन पहल गरिनेछ । निर्बाचन भएरहित वाताबरणमा मत माग्ने वाताबरण सृजना गर्न संगठनका सबै कमिटिहरुलाई परिचालन गरिने छ । यदि कसैले निर्बाचन प्रकृया बिथोल्न निर्बाचन बिरोधी गतिबिधी वा मतदाताहरुलाई असुरक्षा सृजना गरिएमा खबरदारी सहित शसक्त प्रतिबादको निम्ति सबै वाइसिएल परिचालन गरेर  अराजक गतिबिधी वा झडपहरुलाई समाधानको बाटोतिर लैजाने छ ।

देश संघिय संरचनामा गईसकेको छ । रुकुममा पनि ३    नगरपालिका सहित  ९ वटा स्थानीय तहहरु बनेका छन । वाइसिएल नेपालको संरचना स्थानीय तह अनुसार गयो या कस्तो योजनामा हुनुहुन्छ ?
हाम्रो जिल्ला संघिय संरचना अनुसार ९ वटा स्थानीय तह निर्माण गरि कार्यन्वयनमा आईरहेको छ । जसमा कार्यन्वयनको लागि वाइसिएलले पनि आफ्नो संगठनात्मक संरचना निर्माण पनि गरि रहेको छ । जस अनुसार वडा पालिका, गाउँ पालिकाका, नगरपालिकाका सम्मेलन तथा भेलाहरु सञ्चालन भैरहेका छन । 

वाइसिएल अब बन्द हडताल र झडपमा मात्र होईन देश निर्माण र आर्थिक क्रान्तिको यात्रामा पनि लाग्दैछ भनेर पनि चर्चा गरिन्छ । रुकुमको यसको अवस्थामा कस्तो छ ?
बन्द हडताल र झडपहरुलाई निरुत्साहित गर्ने अभियानमा हामी लागि रहेका छौं । लामो समय यता हाम्रो संगठनले त्यस्ता कार्य नगरेको सबैलाई जानकारी नै छ । हाम्रो संगठन रुकुम जिल्लाको विकासलाई रुकुमेली जनताको आर्थिक विकास संग जोडेर विकास निर्माणका कार्यहरुलाई जनअपेक्षा अनुसार अगाडि बढाउन अनुसन्धानात्मक र अनुगमनलाई अभियान अघि बढिरहेको छ । रुकुमलाई आत्मनिर्भर रुकुम बनाउनको लागि सडक, बिजुली, खानेपानी, सिंचाई, खेलकुदका भौतिक पुर्बधार निर्माणका लागि योजना निर्माण, बजेट व्यवस्थापनका लागि बिभिन्न निकायहरुसंग पहल गरी यस्तो कार्यमा        लागिरहेका छन । आर्थिक हिसाबले आत्मनिर्भर बन्नको लागि आर्थिक उत्पादन बढाउन बिभिन्न आयश्रोतमुलक फार्महरु सहकारी, खेलकुद, पर्यटनका कामलाई योजनाबद्ध ढंगले अगाडि बढाउन लागिरहेका छौं । आर्थिक उत्पादनको योजनालाई सफल पार्न बाख्रापालन, ताजा तरकारी खेती, जडिबुटि संकलन, लगायत आयमुलक श्रोतहरु परिचालन गरि त्यसतर्फ लाग्न संगठनलाई परिचालन गरि आर्थिक क्रान्तिको दिशातिर अगाडि बढाईरहेका छौं ।

तपाई अध्यक्ष भएको पनि करिब करिब १ बर्ष पुग्दैछ । वाइसिएल रुकुमको अरु अध्यक्ष हुँदा र तपाई अध्यक्ष हुँदा केहि फरकपन गर्न सक्नुभयो जस्तो लाग्छ ?
हाम्रो संगठनको ईतिहासमा नेतृत्व लिने कमरेडहरुले राजनैतिक परिस्थिति अनुसार आआफ्नो भुमिका निर्बाह गर्दै संगठनात्मक गतिबिधीहरु सञ्चालन गर्दै आउनुभएको छ । मेरो नेतृत्वमा भएदेखि संगठनलाई आजको राजनीतिक परिस्थितति अनुुसार राजनीतिक वा बैचारिक गतिबिधीहरुलाई अगाडि बढाई           राखेको छु । राजनैतिक गतिबिधीको आधारमा सांगठनिक गतिबिधिहरुलाई अगाडि बढाउदै गर्दा जिल्लामा रहेका ३९ वटा गाविस र २ वटा नगरपालिका हुदै आएको सांगठनिक संरचनालाई बिगठन गरि संघिय संरचना अनुसार ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका कमिटि निर्माण गरेको र युवाहरुलाई विकास निर्माणको काममा प्रत्यक्ष सहभागि          गराएको हुनाले अरुभन्दा फरक गरेको अनुभुति गरेको छ । 

आगामी दिनहरुमा वाइसियल नेपाल कसरी अघि बढ्दैछ । केहि नयाँ नीति तथा कार्यक्रमहरु बनाउनुभएको छ ? 


सबै तहका कमिटिहरुलाई राजनैतिक बैचारिक कामको लागि परिचालन गर्न योजना तयार गरिएको छ । जस अनुसार नयाँ भएको संघिय संरचना अुनसार वडा नगर गाउँ सबै तहका संठगनलाई पुर्णता दिने गरि संगठन निर्माण र परिचालन    गरिने र समाजमा भएका राजनैतिक अराजकता समाजिक अराजकता आर्थिक अराजकता सांस्कृतिक अराजकताका बिरुद्ध शसक्त संघर्ष गरि रुपान्तरको दिशामा अगाडि बढाउन संगठनलाई परिचालन गरिने छ । त्यसैगरी जिल्लामा भैरहेको विकास निर्माणको कामलाई लक्ष अनुसार भए नभएको अनुसन्धानात्मक अनुगमन गरि दुरुपयोग गरिएको पाएमा सोहि दुरुपयोग गर्ने उपभोक्ता, समिति, सरकारी कर्मचारीलाई    जनकारबाही गरि सरकारले बनाएको लक्ष प्राप्तीको योजना सफल पार्न संगठन परिचालन गरिने छ । त्यस्तै बिगत स्थानीय जनसत्ताले गरेका जग्गा रजिष्ट्रेशन लगायत जनसत्ताले गरेका सबै कामहरुलाई संघर्षको माध्यमबाट कार्यन्वयन गराउन बिषेश कार्ययोजनाका साथ संगठन परिचालन गरिने छ । 

Wednesday, March 22, 2017

चुनाबी सचेतनाका लागि २१ हजार वाइसिएल परिचालन

योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) बेला बेला चर्चामा आउने गरेको छ । कहिले बन्दहडताल र झडप अनी कहिले आर्थिक क्रान्ति सहितका काम गरेर पनि चर्चामा आउछ । सडक सफा गरेर देखि भुकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने सम्मका लोकप्रिय काम गर्न सम्म वाईसियले गर्दै आएको छ । मातृ पार्टी माओवादी सत्ता बाहिर भएको बेला संघर्षका बिभिन्न कार्यक्रमहरु गर्ने र पार्टी सरकारमा भएको बेला वाइसिएल चुपचाप बसेको जस्तो आरोप पनि लाग्छ ।  
सरकारले २०७४ बैशाख ३१ गते स्थानीय तहको चुनाब घोषणा गरिसकेको छ । चुनाब आफ्नो पोल्टामा पार्न वाइसिएल फेरी जगमगाउन थालेको छ । बिभिन्न सांगठनिक गतिबिधीलाई तिब्रता दिने देखि गाउँगाउँ सम्म प्रचार अभियानलाई पनि तिब्रता दिईरहेको छ । यसै बिषयमा वाइसिएल रुकुमका पछिल्लो गतिबिधी, स्थानीय निर्बाचनमा खेल्ने भुमिका र  आगामी कार्ययोजनाबारे वाइसिएल नेपाल रुकुमका अध्यक्ष शैलेश कुमार शर्मा संग आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।

हिजोआजका दिनहरुमा वाइसिएल नेपाल रुकुमले के कस्ता गतिबिधी गर्दै छ  ?
वाइसिएल नेपाल आजभोली संगठन निर्माण, बिस्तार, पुनःगठन, सदस्यता बितरण, विकास निर्माण, आर्थिक उत्पादन, राजनैतिक बैचारिक र जनसुरक्षाको कामलाई नै अगाडि बढाईरहेको छ । 

सरकारले बैशाख ३१ गते स्थानीय तह निर्बाचनको मिति तोकिसकेको छ । जसका कारण देश निर्बाचनमय छ । वाइसिएल रुकुमले त्यसको लागि केहि बिशेष कार्यक्रम सञ्चालन गर्दै छ  ? 
आउदै गरेको स्थानीय निर्बाचनमा वाइसिएलले एक बुथ २ सय युथ परिचालन गरि तोकिएको मितिमा निर्बाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्ने, लामो समयको संघर्ष, बलिदानपछि नयाँ संबिधान निर्माण भएको र नयाँ संबिधानको कार्यन्वयनको लागि स्थानीय तहको निर्बाचन मार्फत संबिधानको कार्यन्वयनको लागि र स्थानीय तहको कार्यन्वयनको लागि निर्बाचनमा सबैलाई सहभागि हुन प्रोत्साहन गर्दै नेकपा माओवादी केन्द्रले उठाएका उम्मेदवारहरुलाई जीताउन रुकुम जिल्लाभरी २१ हजार वाइसिएल परिचालन गर्ने र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरि सबै मतदातालाई मतदान प्रकृया सम्बन्धी प्रशिक्षण गर्ने बिशेष कार्ययोजना सञ्चालन गर्दै छ । 

वाइसिएल अराजक युवाहरुको झुण्ड हो भनेर बेलाबेला  टिकाटिप्पनी गर्ने गरिन्छ । अब फेरी स्थानीय चुनाबको किचलो र बिभिन्न पक्षबिचका युवाहरु बिच आफ्नो पोल्टामा मत पार्न बिबाद र झडपमा घटना हुन पनि सक्छ । त्यसलाई वाइसिएल नेपाल रुकुमले कसरी समाधान गर्छ ?
वाइसिएललाई अराजक भन्ने अपराधिक मानसिकताको उपज हो । किनकी देशभरीका अपराधीहरुलाई जनकारबाही मार्फत कारबाही गरेकोले अत्तालिएकाहरुले लगाएको आरोप मात्र हो  । यो देशलाई राजनैतिक अस्थिरता, राजनैतिक अराजकता सृजना गर्ने र देशलाई यथास्थितिमा सञ्चालन गर्ने सोचबाट लिप्तरहेका मानसिकताहरुलाई संघर्षको मध्ययमबाट तह लगाउदै आएको संगठन हो । वाइसिएल झुण्ड नभएर सबै खाले अराजकताहरुको अन्त्य गर्दै रुपान्तरित समाजलाई सञ्चालन गर्न राजनैतिक हिसाबले देशलाई परिवर्तनको बाटोमा अगाडि बढाउन निर्मित राजनैतिक युवा संगठन हो । आउदै गरको निर्बाचनलाई बिबाद र घटना बिनाको निर्बाचन बनाउन नेतृत्वदायी भुमिका निर्बाह गर्दै रुकुम जिल्लामा रहेका क्रियासिल सबै युवा संगसंगठनका नेतृत्वहरुसंग संबाद मार्फत छलफल गरि निर्बाचनमा पनि घटना हुन नदिन पहल गरिनेछ । निर्बाचन भएरहित वाताबरणमा मत माग्ने वाताबरण सृजना गर्न संगठनका सबै कमिटिहरुलाई परिचालन गरिने छ । यदि कसैले निर्बाचन प्रकृया बिथोल्न निर्बाचन बिरोधी गतिबिधी वा मतदाताहरुलाई असुरक्षा सृजना गरिएमा खबरदारी सहित शसक्त प्रतिबादको निम्ति सबै वाइसिएल परिचालन गरेर  अराजक गतिबिधी वा झडपहरुलाई समाधानको बाटोतिर लैजाने छ ।

देश संघिय संरचनामा गईसकेको छ । रुकुममा पनि ३    नगरपालिका सहित  ९ वटा स्थानीय तहहरु बनेका छन । वाइसिएल नेपालको संरचना स्थानीय तह अनुसार गयो या कस्तो योजनामा हुनुहुन्छ ?
हाम्रो जिल्ला संघिय संरचना अनुसार ९ वटा स्थानीय तह निर्माण गरि कार्यन्वयनमा आईरहेको छ । जसमा कार्यन्वयनको लागि वाइसिएलले पनि आफ्नो संगठनात्मक संरचना निर्माण पनि गरि रहेको छ । जस अनुसार वडा पालिका, गाउँ पालिकाका, नगरपालिकाका सम्मेलन तथा भेलाहरु सञ्चालन भैरहेका छन । 

वाइसिएल अब बन्द हडताल र झडपमा मात्र होईन देश निर्माण र आर्थिक क्रान्तिको यात्रामा पनि लाग्दैछ भनेर पनि चर्चा गरिन्छ । रुकुमको यसको अवस्थामा कस्तो छ ?
बन्द हडताल र झडपहरुलाई निरुत्साहित गर्ने अभियानमा हामी लागि रहेका छौं । लामो समय यता हाम्रो संगठनले त्यस्ता कार्य नगरेको सबैलाई जानकारी नै छ । हाम्रो संगठन रुकुम जिल्लाको विकासलाई रुकुमेली जनताको आर्थिक विकास संग जोडेर विकास निर्माणका कार्यहरुलाई जनअपेक्षा अनुसार अगाडि बढाउन अनुसन्धानात्मक र अनुगमनलाई अभियान अघि बढिरहेको छ । रुकुमलाई आत्मनिर्भर रुकुम बनाउनको लागि सडक, बिजुली, खानेपानी, सिंचाई, खेलकुदका भौतिक पुर्बधार निर्माणका लागि योजना निर्माण, बजेट व्यवस्थापनका लागि बिभिन्न निकायहरुसंग पहल गरी यस्तो कार्यमा        लागिरहेका छन । आर्थिक हिसाबले आत्मनिर्भर बन्नको लागि आर्थिक उत्पादन बढाउन बिभिन्न आयश्रोतमुलक फार्महरु सहकारी, खेलकुद, पर्यटनका कामलाई योजनाबद्ध ढंगले अगाडि बढाउन लागिरहेका छौं । आर्थिक उत्पादनको योजनालाई सफल पार्न बाख्रापालन, ताजा तरकारी खेती, जडिबुटि संकलन, लगायत आयमुलक श्रोतहरु परिचालन गरि त्यसतर्फ लाग्न संगठनलाई परिचालन गरि आर्थिक क्रान्तिको दिशातिर अगाडि बढाईरहेका छौं ।

तपाई अध्यक्ष भएको पनि करिब करिब १ बर्ष पुग्दैछ । वाइसिएल रुकुमको अरु अध्यक्ष हुँदा र तपाई अध्यक्ष हुँदा केहि फरकपन गर्न सक्नुभयो जस्तो लाग्छ ?
हाम्रो संगठनको ईतिहासमा नेतृत्व लिने कमरेडहरुले राजनैतिक परिस्थिति अनुसार आआफ्नो भुमिका निर्बाह गर्दै संगठनात्मक गतिबिधीहरु सञ्चालन गर्दै आउनुभएको छ । मेरो नेतृत्वमा भएदेखि संगठनलाई आजको राजनीतिक परिस्थितति अनुुसार राजनीतिक वा बैचारिक गतिबिधीहरुलाई अगाडि बढाई           राखेको छु । राजनैतिक गतिबिधीको आधारमा सांगठनिक गतिबिधिहरुलाई अगाडि बढाउदै गर्दा जिल्लामा रहेका ३९ वटा गाविस र २ वटा नगरपालिका हुदै आएको सांगठनिक संरचनालाई बिगठन गरि संघिय संरचना अनुसार ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका कमिटि निर्माण गरेको र युवाहरुलाई विकास निर्माणको काममा प्रत्यक्ष सहभागि          गराएको हुनाले अरुभन्दा फरक गरेको अनुभुति गरेको छ । 

आगामी दिनहरुमा वाइसियल नेपाल कसरी अघि बढ्दैछ । केहि नयाँ नीति तथा कार्यक्रमहरु बनाउनुभएको छ ? 
सबै तहका कमिटिहरुलाई राजनैतिक बैचारिक कामको लागि परिचालन गर्न योजना तयार गरिएको छ । जस अनुसार नयाँ भएको संघिय संरचना अुनसार वडा नगर गाउँ सबै तहका संठगनलाई पुर्णता दिने गरि संगठन निर्माण र परिचालन    गरिने र समाजमा भएका राजनैतिक अराजकता समाजिक अराजकता आर्थिक अराजकता सांस्कृतिक अराजकताका बिरुद्ध शसक्त संघर्ष गरि रुपान्तरको दिशामा अगाडि बढाउन संगठनलाई परिचालन गरिने छ । त्यसैगरी जिल्लामा भैरहेको विकास निर्माणको कामलाई लक्ष अनुसार भए नभएको अनुसन्धानात्मक अनुगमन गरि दुरुपयोग गरिएको पाएमा सोहि दुरुपयोग गर्ने उपभोक्ता, समिति, सरकारी कर्मचारीलाई    जनकारबाही गरि सरकारले बनाएको लक्ष प्राप्तीको योजना सफल पार्न संगठन परिचालन गरिने छ । त्यस्तै बिगत स्थानीय जनसत्ताले गरेका जग्गा रजिष्ट्रेशन लगायत जनसत्ताले गरेका सबै कामहरुलाई संघर्षको माध्यमबाट कार्यन्वयन गराउन बिषेश कार्ययोजनाका साथ संगठन परिचालन गरिने छ । 

Thursday, March 16, 2017

अन्तराष्ट्रिय नारी दिवसः विगत र वर्तमान

अधिवक्ता रचना मल्ल
 ऐतिहासिक पृष्ठभूमिः
  यस वर्ष संयुक्त राष्ट्र संघले Women in the changing world  of work ,planet 50/ 50 by 2030 अन्तराष्ट्रिय नारा तय गरेको छ ।  हरेक वर्षको ८ मार्च एउटा ऐतिहासिक र गौरवपुर्ण दिनको रुपमा लिने गरिएको छ । ८ मार्चलाई विश्वभरिका सम्पुर्ण शोषित उत्पीडित महिलाहरुले मात्र होईन विभिन्न वर्ग र समुदायका महिलाहरुले पनि महान दिवसको रुपमा मनाउदै आएका छन । जसले महिलामाथि हुने सम्पुर्ण विभेदको अन्त्यका लागि संगठित रुपमा आफना आवाजहरु वुलन्द गर्न शुरु गरेको त्यो ऐतिहासिक दिनको स्मरण गराउछ । अनि थप अधिकार प्राप्तिका लागि जुझारु र सशक्त ढंगले आन्दोलित रहन उर्जा दिने गर्छ । सन १८९७ मार्च ८ का दिन अमेरिकाको न्युयोर्क शहरको सुति कपडा कारखानाका महिला मजदुरहरुले ८ घण्टा काम‚ समान कामको समान ज्याला‚ मजदुर युनियनमा महिलाहरुको सहभागिता‚ मताधिकार‚ मातृशिशुको सुरक्षा लगायतका मागहरु राखि विशाल (याली जनसभा र आम हडताल गरेका थिए । त्यो महिलाहरुको पहिलो र ठुलो संगठित विद्रोह थियो । तत्कालिन शासकहरुले यस महिला विद्रोहलाई दवाउने प्रयास गरेपनि महिलाहरुको त्यो संगठित विद्रोहलाई कसैले रोक्न सकेन। अझ यसले विश्वका उत्पिडित महिलाहरुलाई अधिकार र स्वतन्त्रताका निम्ति संगठित विद्रोह गर्न उर्जा प्रदान ग(यो । औधोगिक क्रान्तिको चरणमा युरोप‚ अमेरिका‚ लगायतका विभिन्न मुलुकका मजदुर महिलाहरुले संचालन गरेका विद्रोह र त्यसले संचालन गरेका ऐतिहासिक उपलव्धिहरुलाई संस्थागत गर्न उदेश्यसहित सन १९१० मा डेनमार्कको कोपनहेगनमा सम्पन्न समाजवादी महिलाहरुको द्रोस्रो अन्तराष्ट्रिय सम्मेलनमा महिला नेतृ क्लाराजेटकिनले ८ मार्चको गौरवपुर्ण दिनलाई कायम राख्नन अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन राखेको प्रस्तावलाई सम्मेलनले सर्व सम्मत ढंगले पारित गरेको थियो ।त्यस लगतै सन १९११ देखि विश्वभरिका मजदुर महिलाहरुले यसलाई संघर्ष र स्वतन्त्रताको प्रतिकको रुपमा मनाउन थाले । यसरी विश्व भरिकै महिलाहरुले एकै दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेको एक सय सातौ वर्ष हुन पुगेको छ । विश्व भरिकै महिलाहरुले अहिले पनि यो दिनलाई संघर्षकै रुपमा मनाउने गरेका छन । सन १९९७ मार्च ८ पश्चात पटक पटक भएका महिला आन्दोलनका कारण महिलाहरुमाथि हुदै गएका भेदभावहरु ऋमश हटदै गएका छन । तर अन्त्य भने भैसकेका छैनन । युरोप, अमेरीका लगायतका देशहरुमा शिक्षामा पहुँचको हीसावले महिलाहरु पुरुषको हाराहारीमा पुगेपनि उनिहरुमाथि कुनै न कुनै हिसावले असमानता कायमै छ।विश्वको विकास संगसँगै महिलाहरुका समस्याहरुका रुप पनि फेरिदै गएका छन । तर महिलामाथिको उत्पीडन खासै घटेको पाइदैन । अझै पनि कतिपय देशमा घुम्टो भित्र वाच्न विवश छन महिलाहरु । एक सय सातौ वर्ष अगाडि १९९७ आठ मार्चको आन्दोलनमा उठाएका समान कामको समान ज्याला जस्ता माग हाम्रो जस्तो देशमा अझै लागु हुन सकेको छैन । जेहोस यी एक सय सातौ वर्षका विचमा अवसर पाएको खण्डमा महिला पनि पुरुषसरह अघि वढन सक्छन भन्ने कुरा विश्वभरिकै  महिलारुले प्रमाणित गरेका छन ।
नेपालमा महिलाहरुको वर्तमान स्थिति
 ८ मार्चलाई नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउदै आईरहेको कुरा सर्वविदितै छ । यस बर्ष  महिला सम्मानको आधारः सिपयुक्त हात र रोजगार भन्ने राष्ट्रिय नारा  र वदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बराबरी पाईला  भन्ने सहायक तथा पुरक  नारा तय गरिएको छ  । महिला आन्दोलनको ऐतिहासीक दिन ८ मार्चलाई नेपाली महिलाहरुले पनि विश्वका अन्य मुलुकका महिलाहरु झै संघषकै रुपमा मनाउदै आएका छन । पटक पटक भएका महिला आन्दोलनका कारण महिलाहरुले केहि अधिकार पाए पनि एक सय सातौ वर्षको दिवस मनाउदै गर्दा पनि अझै अप्रयाप्त नै देखिन्छ ।   वि स २००७ सालको आन्दोलन देखि नै हरेक राजनैतिक आन्दोलनमा महिलाहरुले पनि विशेष योगदान दिएका छन ।त्यसकारण नेपालमा छुटटै महिला आन्दोलन नचलेपनि समग्र आन्दोलनमा नै महिलाहरुको सहभागिता रहदै आएको छ । वि स २००७,  २०४६ ,२०५२ को जनयुद्ध र २०६३  जनक्रान्ति संगै महिलालाई हेर्ने दृष्टिकोणमा केहि परिवर्तन हुँदै आएको छ । नेपाली महिलाहरुको पछिल्लो ईतिहास हेर्ने हो भने निकै सघंर्ष पुर्ण रहेको छ  । विशेषगरी १० वर्षको जनयुद्धमा महिलाहरुले देखाएको विरता, वलिदानी र शाहस सामान्य छैन । यति हुँदा हुँदै पनि अझै शिक्षा छोरीलाई पनि दिनुपर्छ भनेर जनचेतना जगाउने तहमा वल्ल विकास हुँदैछ । हाम्रो समाजमा अहिले पनि महिला र पुरुषको विचमा धेरै प्रकारका भेदभाव र असमानताहरु विधमान छन ।गाउँ वस्तिमा पुरुष सरह स्वतन्त्र ढंगले घर वाहिर हिड्ने, सामाजिक ,राजनैतिक कार्यहरुमा सहभागि हुने , छलफल गर्ने अधिकार महिलाहरुलाई कम मात्रामा दिइने गरिएको छ ।उनिहरु अहिले पनि घरायसी काममा मात्र सीमित छन । यसरी महिलाहरुलाई अनुत्पादक काममा मात्र सीमित राखीरहने सामन्ती प्रथाको विरुद्ध महिलाहरुले वषौ देखि संगठित रुपमा आन्दोलन गर्दै आएका छन ।  महिलामाथी हुने हिंसा बढिरहेका मात्र छैनन यसको स्वरुपमा  पनि परिवर्तन भैरहेका छन । एउटा मानवले अर्को मानव प्रति गरिने शारीरिक, मानसिक ,यौनिक, भावनात्मक पीडा यातना, यौन शोषण, श्रम शोषण हिंसा हुन हिंसालाई प्रसय दिने कार्य पितृसत्तात्मक सोच प्रवृति मुल्य मान्यता र त्यसवाट जन्मेको संस्कृतिले गरिरहेको छ । अर्को तर्फ अहिले  महिलासँग जोडिएर समाजमा देखिने  नयाँ विकृतिहरु पनि वढीरहेकाछन । उदाहरणका लागि , महिला वेचविखन गर्ने प्रथा, दोहोरी डान्स रेष्टुरेन्टमा काम लगाउने , मसाज पार्लरमा लगाउने ,विदेश पलाएन गर्ने ,जस्ता घटनाहरु वढिरहेका छन।
महिला सम्मान र रोजगारको त कुरै छोडौ समाजमा हुने लैङ्गीक एव विभिन्न खाले घरेलु हिंसा तथा सामाजिक हिंसाका कारण अझै पनि महिलाले वोक्सीका नाममा , छोरा नजन्माइदिएको नाममा ,छाउपडीको नाममा , दाईजोको नाममा,  वलात्कारको नाममा  दुर्ब्यवहार सहनुपर्ने,ज्युँदै जल्नु पर्ने , घर निकाला हुनु पर्ने, मर्नु पर्ने महिलाहरुको संख्या दिन प्रतिदिन वढिरहेको छ । नेपाली महिलाहरुको अवस्था स्थतिलाइ  हेर्दा पुरुष भन्दा महिलाहरु निकै पछाडी छन भन्ने कुराको पुष्टि उनीहरुको शैक्षिक स्तर, राजनीतिमा भएको सहभागिता, सरकारी वा अन्य जुनसुकै काममा भएका सहभागिता स्कुल क्याम्पसमा भएको छात्राहरुको संख्या आदिवाट स्पष्ट हुन्छ ।
संविधानमा महिलाका अधिकारहरुः
 महिला अधिकारको सन्दर्भमा नयाँ संविधानको प्रस्तावमै लैङ्गिक विभेदको अन्त्य गर्ने कुरा उल्लेख छ । नागरिकतामा महिलाको वंशजको अधिकारलाई पनि स्वीकार गरिएको छ । वावुको पहिचान नखुलेको अवस्थामा आमाको नामवाट नागरिकता वितरण गर्न सकिने कानुनि व्यवस्था गरेको छ । यो पनि महिला अधिकारको उपलब्धी हो । त्यसै गरि मौलिक हक धारा १६मा सम्मानपुर्वक बाच्न पाउने हक ,धारा १७ मा स्वतनत्रताको हक धारा १८ मा समानताको हक को ब्यवस्था छ ।त्यसैगरि धारा ३८मा महिला हकको ब्यवस्था छ ।त्यसमा उल्लेख छ प्रत्येक महिलालाई लैङ्गीक भेदभाव विना समान वंशीय हक , सुरक्षीत मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धी हक,महिला विरुद्ध धार्मिक सामाजिक सास्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक मानसिक यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुन वमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन वमोजिम क्षतिपुर्ति पाउने हक हुनेछ ।  राज्यका सवै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । महिलालाई शीक्षा स्वास्थ्य रोजगार सामाजिक सुरक्षामा सकारात्मक विभेदको आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ । सम्पति तथा पारिवारिक मामीलामा सम्पतिको समान हक हुनेछ । त्यसै गरि धारा ४२ मा सामाजिक न्यायको हक अन्तर्गत सामाजिक रुपले पछाडि परेका महिलालाई समावेशी सिद्धान्तका आधारमा राज्यको हरेक निकायमा सहभागिताको हक हुनेछ । धारा ४३ मा सामाजिक सुरक्षाको हक अन्तर्गत आर्थिक रुपले विपन्न ,असक्त असहाय एकल महिलालाई सामाजिक सुरक्षाको हक हुनेछ । भाग ८ मा संघीय व्यवस्थापिका को प्रतिनिधि सभा अन्तर्गत संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनितिक दलवाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई महिला हुनु पर्ने उल्लेख छ ।  राष्टिय सभामा पनि प्रत्येक प्रदेशवाट कम्तीमा तीन जना महिला सहित आठ जना गरि छपन्न जना राष्टपतिवाट मनोनित मा कम्तीमा एक जना महिला सहित तिन जना हुनुपर्ने उल्लेख छ । भाग १४ मा प्रदेश व्यवस्थापिका मा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनितिक दलवाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई महिला हुनु पर्ने उल्लेख छ । भाग १८ मा स्थानीय व्यवस्थापिकामा  प्रत्येक गाउँ सभामा प्रत्येक वडा वाट कम्तीमा दुई जना महिला को प्रतिनिधित्व हुनेछ र नगर सभामा पनि प्रत्येम वडा वाट कम्तीमा दुई जना महिलाको  प्रतिनिधित्व हुनेछ भन्ने कुरा उल्लेख  छ भने गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख मध्ये कुनै एक पदमा अनिवार्य महिला हुनुपर्ने ब्यवस्था गर्न लागिएको छ ।  धारा २५२ मा राष्टिय महिला आयोगको ब्यवस्था छ । लैंगिक समानता सम्वधी ऐन २०६३, घरेलु हिंसा ९कसुर र सजाय० ऐन २०६६, मानव वेचविखन तथा ओसार पसार ९नियन्त्रण० ऐन २०६४ लगायतका ऐनहरुको पनि ब्यवस्था गरिएको छ । नेपालको ईतिहासमा पहिलो पटक राष्ट्रपति ,सभामुख ,प्रधान न्यायधिश महिला वन्नु नेपाली महिलाका लागि खुसी र गौरवको कुरा हो । तर राज्यका हरेक निकायमा जनसंख्याको आधारमा अर्थपुर्ण समानुपातिक सहभागिताबाट मात्र महिलाहरुको अवसरमा वृद्धि हुने आशा गर्न सकिन्छ । 
रुकुमका महिलाहरुको अवस्थाः 
आज हामी मार्च ८ मनाईरहेका छौ । पुरुषहरु विहान उठेदेखि चिया पान ,भेटघाट, छलफल ,वहस ,रेडियो, टि भि, पत्रपत्रिकावाट दिनचर्या शुरु हुन्छ । तर हामी महिलाहरुको दिनचर्या चुलोदेलोवाट सुरु हुन्छ । यहाँका महिलाहरुको अवस्थालाई हेर्ने हो भने अधिकांस महिलाहरुले वस्तु भाउ हेर्ने, खेति वाली उब्जाउने, वच्चा हुर्काउने ,वुढा वुढीलाई स्याहार गर्ने,  खाना पकाउने, कपडा धुने,  भाँडा माझ्ने देखि लिएर घरको सम्पुर्ण कामकाज महिलाहरुले गर्नुपरेको अवस्था छ। विहान उठेदेखि सम्पुर्ण कामकाज घाँस, दाउँरा, मेलापात गरि साँझ अध्यारो भएपछि पुनः घरधन्दा सम्पुर्ण काम सम्पन्न गरि पुगनपुग खाना खाई सन्तुष्ट हुनुपर्छ । जसका कारणले गर्भवति अवस्थामा पोष्टिक आहार नपुगी रक्त अल्पता वा खतरा जन्य प्रसुतिका कारण कैयौ महिलाहरु अकालमा मृत्यु भएको द्रष्टान्त हामी देखि रहेका छौ ।  हामी यहि सालको तथ्यांक हेरयौ भने पनि आत्महत्या ४ जना घरेलु हिंसा दर्ता प्रकृयामा भएका ५८ अदालत गएका  ११ हत्या भएका ५ अनुसन्धनको प्रकृयामा रहेका १० मेलिमलाप भएका ३६ यहि तथ्याङ्क वाट पनि स्पष्ट हुन्छकी कस्तो महिलाहरुको अवस्था  
निष्कर्ष
आज अन्तराष्टिय श्रमिक महिला दिवस मनाई रहदा महिला आन्दोलनमा खेलेका ऐतिहासिक भुमिकालाई स्मरण गर्दै हामि सवै निरन्तर रुपमा महिला उपर हुने सवै प्रकारका हिंसा अन्त्य गर्न लागि परौ । पुरुषसरहको समान अधिकार प्राप्त गर्ने लक्ष्य अझै प्राप्त भएको छैन। महिला माथि हुने हिंसाको मुल जड पत्ता लगाई राज्यले महिलाको शरिर ,सम्पति,श्रम, र सत्ता माथिको अधिकारलाई सुनिश्चित गर्नुपर्छ र वनेका कानुनहरु को स्थानिय स्तरमा रहेका महिलाहरुलाई जानकारी र सचेतना जगाउनुको साथै ब्यवहारमा प्रभावकारी कार्यन्वयन गरिनुपर्छ । अव महिलाहरु पनि आफुलाई साघुरो घेरा भित्र राख्न खोज्नु हुन्न । पुरातन विचार र संस्कृतिले लादेको पितृसत्तात्मक सोच परिवर्तन गराउन महिलाहरु पनि एक जुट हुन जरुरी छ । महिलालाई अवला, कच्चा, केटाकेटि,हुन भन्ने धारणालाई वदली समाजमा पुरुषसरह प्रत्येक ब्यवहारमा मान्यता दिने परम्परा वसाल्नुपर्छ ।महिलालाई जिस्काउने,होच्याउने, प्रथालाई कानुनी रुपमा दण्डनीय वनाउने र सामाजिक रुपले पनि यो कामलाई हतोत्साह पार्नुपर्छ ।  यसको सुरुवात आफैवाट र आफनो परिवारवाट गरौ । महिलाहरुको स्तर उठाउनु भनेको ५० प्रतिशत जनताको स्तर उठाउनु हो । आफुले के कति गर्न सक्यौ के कति गर्न वाँकी छ र अझै  कति गर्न सकिन्छ मुल्याङ्कन गर्ने वानी वसालौ । यहि नै यो महिला वर्षको नाराको सार्थकता हुनेछ । (प्रकाशित यस सामाग्री अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रस्तुत कार्यपत्र हो )
                                                                                                                           

Thursday, March 2, 2017

ज्योति मगर रुकुममा, भोली दमदार प्रस्तुती रहने

आहा सञ्चार
रुकुम
चर्चित मोडल तथा गायक ज्योति मगर रुकुम आईपुगेकी छिन । रुकुममा जारी मध्यपश्चिम व्यापारिक महोत्सवमा आफ्नो प्रस्तुती देखाउन जोति मगर आज रुकुम आईपुगेको रुकुम महोत्सव मुल आयोजक समितिका संयोजक टेकबहादुर पुनले जानकारी दिए । उनका अनुसार आजै बेलुका उनलाई महोत्सव स्थलमा लगेर स्वागत गरिने छ भने भोली उनको दमदार प्रस्तुती हुने छ । हरेक दिन फरक फरक कलाकारलाई बोलाएर प्रस्तुती देखाई दर्शकको मन जितेको महोत्सवमा जोति मगरको प्रस्तुतीले पनि युवा बर्गरुको मन जित्ने आयोजकले बिश्वास लिएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रममा आज चर्चित जनकलाकार जीवन शर्माले आफ्नो स्वरमा जनता गितहरु गाएर दर्शकको मन तिजेका छन । त्यस्तै कलाकारहरु पुर्णकला बिसी, प्रिति आले, हास्यकलाकार सुरबिर पण्डित, भटभटे लगायतले आफ्नो प्रस्तुती राखेका छन भने अझै आफ्नो प्रस्तुती राख्ने  क्रम जारी छ । फागुन १२ गते उदटन भएको महोत्सव २१ ग्ते सम्म चल्नेछ । 

Monday, February 27, 2017

रुकुममा १३ वटा राजनीतिक दल दर्ता

मेगराज खड्का
रुकुम 
जिल्ला निर्बाचन कार्यालय रुकुममा १३ वटा राजनैतिक दल दर्ता भएका छन । लामो समय पछि हुन लागेको स्थानीय निकाय निर्बाचनमा भाग लिन यरी दलहरु दर्ता भएका छन । सरकारले बैशाख ३१ गते स्थानीय निकाय निर्बाचनको घोषणा गरिसकेको छ । केन्द्रमा १ सय ११ वटा राजनैतिक दलहरुले दल दर्ता गरेपनि जिल्लामा १३ वटा मात्र दलले दर्ता गरेको जिल्ला निर्बाचन कार्यालय रुकुमका जिल्ला निर्बाचन अधिकृत कमलमणी देवकोटाले जानकारी दिए । 
उनका अनुसार यो विबरण माघ १७ गते सम्म दर्ता भएको संख्या हो । संबिधान सभा चुनाबमा रुकुममा १२ वटा राजनैतिक दलहरुले मात्र दल दर्ता गराएर निर्बाचन प्रकृयामा भाग लिएका थिए । स्थानीय निर्बाचन भएको खण्डमा रुकुममा यसपटक भने १३ वटा दलले निर्बाचनमा भाग लिने छन । 
केहि नयाँ केहि पुराना दल
जिल्ला निर्बाचन कार्यालय रुकुममा दर्ता भएका दलहरु केहि यसअघि संबिधानसभा निर्बाचनमा भाग लिएका मध्यका छन भन केहि नयाँ दलहरु पनि दर्ता भएका छन । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय समाजबादी फोरम, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपाल रहेका छन । त्यस्तै नेपाल दलित पार्टी, नेकपा माक्र्सवादी लेनिनवादी, नेपाल पुर्ब राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल र नेकपा माले जनसमाजबादी रहेका छन । 
जसमा नयाँ शक्ति, दलित पार्टी र राट्रसेवक लोकतान्त्रिक पाटी लगायतका कहि नयाँ दल पनि जिल्लामा दर्ता भएका हुन । जिल्ला निर्बाचन कार्यालय अनुसार जिल्लामा कुन १ लाख, ५८ हजार ६८ मतदाता रहेका छन । 

Saturday, February 25, 2017

तरुल खन्दा बम भेटिएपछि.....

डिल्ली खत्री
रुकुम १५, फागुन
रुकुमको चौरजहारी नपा वडा न. ७ घर्तिडाँडामा सकेट बम जस्तै शंकास्पद बस्तु फेला परेका छ् । स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने क्रममा उक्त शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । 
कार्यालयमा अनुसार उक्त शंकास्पद बस्तु बम हो या होईन भनी पहिचान तथा बम भएको खण्डमा डिस्पोजल गर्न नेपालगन्जबाट टोली हिडिसकेको छ । उक्त ठाउँमा प्रहरी चौकि सर्केनाको टोलीले सुरक्षा दिइरहेको छ । द्धन्द्धमा क्रममा गाडिएका बम तथा अन्य हातहतियारहरु रुकुम बेला बेला फेला पर्दै आएका छन । 

Friday, February 24, 2017

यस्तो छ पत्रकार महासंघ रुकुमको निर्बाचित समिति

आहा सञ्चार
रुकुम 
नेपाल पत्रकार महासंघ रुकुमको पाँचौ अधिबेशनबाट अध्यक्षमा पुनः गणेश बिक चिन्तन अध्यक्षमा सर्बसम्मत चयन भएका छन । अधिबेशनबाट खुल्ला उपाध्यक्षमा लक्ष्मण केसी, महिला उपाध्यक्ष मनिषा केसी, सचिब हरि गौतम, सहसचिब खुल्लामा धनकुमार शाही, समाबेसी सहसचिबमा मनिषा ओली र कोषाध्यक्षमा प्रबिर ददेल सहित १३ जनाको समिति सर्बसम्मत चयन भएका हुन । सदस्यहरुमा नारायण ओली, खिमानन्द शर्मा, मैत्या घर्तिमगर, मनिष खड्का, सुमित्रा केसी र चिना बिक चयन भए ।

 अधिबेशनबाट ११ जना केन्द्रिय सभासद चयन भएका छन । जसमा धुब्रबिक्रम बुढाथोकी, टेक बहादुर ओली, मेगराज खड्का, बल बहादुर ओली,नारायणकुमार शाह, टिका बिष्ट, दिपकसंगम थापा, कृष्णप्रसाद गौतम, आदर्श केसी, बालकृष्ण शर्मा, डिल बहादुर शाही र १४ जना प्रदेश सभासद पनि चयन गरिएको छ । जसमा कमला रोका, बिर बहादुर मल्ल, गणेशकुमार शिर्पाली, गोपाल रेग्मी, मेनका परियार, मान बहादुर वटाला, ,सुरेन्द्र खत्री, जीवन खड्का, रुद्रगोपाल डाँगी, धनबीर दाहाल, दिनेश खड्का, तारक केसी, गणेश बिक र गणेश खनाल रहेका छन ।

 निर्बाचित सबै जिल्ला कार्यसमिति र सभासदहरुलाई पत्रकार महासंघका केन्द्रिय प्रतिनिधी बालकृष्ण बस्नेत प्रमाण प्रदान गरे । अधिबेशन १२ गते उर्जा मन्त्री जर्नादन शर्मा प्रभाकरले उद्घाटन गरेका थिए । 

Wednesday, February 22, 2017

व्यवसायमा बढोत्तरीः मध्यपश्चिम रुकुम महोत्सवको मूल उद्देश्य

यही फागुन १२ देखि २१ रुकुम सदरमुकाम खलंगामा मध्यपश्चिम रुकुम महोत्सव २०७३ सञ्चालन हुँदैछ । रुकुम उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको तयारी अन्तिम चरणमा छ । पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवको विभिन्न पक्षमा रुकुम उद्योग वाणिज्य संघका सदस्य, समारोह समिति सदस्य तथा स्वयमसेवक परिचालन समितिका संयोजक धनबहादुर खड्का (बसन्त)संग गरिएको आहा कुराकानीको  सारसंक्षेप । सम्पादक ।

मध्यपश्चिम रुकुम महोत्सव किन ?
जिल्लाको व्यवसायिक विकास, व्यवसायिको व्यवसायमा    बढोत्तरी गर्ने यसको मूल उद्देश्य हो । यसका साथै महोत्सव गरिनु पछाडिको अर्को उद्देश्य पनि के हो भने जिल्ला भित्रका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन र तिनिहरुको विकासमा टेवा पु¥याउनु । कृषि, जडिबुटी र पशु व्यवसायको प्रचार, प्रबद्र्ध नर बजारीकरणको साथै महोत्सवले अर्को उद्देश्य पनि बोकेको छ त्यो हो रुकुम उद्योग वाणिज्य संघको समग्र, संस्थागत, संरचनागत विकास पनि । 

रुकुम मात्रै नभएर मध्यपश्चिम महोत्सव किन त ? 
यो महोत्सव रुकुमममा हुँदैछ तर यो रुकुममा मात्रै सीमित रहदैन अर्थात महोत्सवलाई जति सक्दो बृहत बनाउने उद्देश्य हाम्रो छ । यो महोत्सव मध्पश्चिमका सबै जिल्ला, सहर, ठाउँको हो । त्यहाँबाट पनि दर्शक,पाहुनाहरुको आगमन हुन्छ । महोत्सव स्थल बह्राटाकुरामा हामीले सकेसम्म मध्यपश्चिमका सबै क्षेत्रको प्रतिनिधित्व रहनेगरी स्टल निर्माण गरेका छौं । महोत्सव रुकुममा हुँदैछ तर यो मध्यपश्चिम भरिको हुँदैछ । फेरि के दुविधा नहोस् भने महोत्सव मध्यपश्चिममा मात्रै पनि सीमित हुँदैन यहाँ देश तथा विदेशबाट पनि दर्शक ल्याउने, आउने क्रम सुरु भैसकेको छ । 

ककस्को सहयोगमा यो सञ्चालन हुँदैछ त ?
रुकुम उद्योग वाणिज्य संघ आयोजक हुनुका नाताले सबैभन्दा पहिला त यो महोत्सव व्यापारी, व्यवसायिको सहयोग विना सम्भव थिएन÷छैन । महोत्सव आयोजना गर्ने सवालमा रुकुमका व्यापारी व्यवसायिको त हुने नै भयो यसका अलवाा अन्य सहर, बजार, र जिल्लाका व्यवसायिको पनि यसमा सहयोग भैरहेको छ । महोत्सव सञ्चालन अवधिभर सहयोगको अपेक्षा हामीले गरेको छौं र विश्वस्त पनि छौं उहाँहरु सबैको यस्तै सहयोग रहिरहनेछ । अर्को महत्वपूर्ण सहयोगी निकाय भनेको हामी व्यापारी, व्यवसायिहरुको छाता सगठन नेपाल उद्योग वाणिज्य महासंघ हो । 
उसकै संरक्षनमा हामी यत्रो ठूलो कार्यक्रम आयोजना गरेका हौं । यस्तै प्रकृतिका कार्यक्रम तथा महोत्सवहरु यस अघि अन्य जिल्लाहरुमा पनि भैसकेका छन् । हाम्रो जिल्लामा पहिलो पटक आयोजना गरिएको महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघको साथै जिल्ला विकास समिति, मुसीकोट÷  चौरजहारी नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायत जिल्लामा रहेका सबै व्यापारी, व्यवसायी, सरकारी तथा         गैरसकारी कार्यालय, राजनीतिक दल, पत्रकार सर्वसाधारण सबैको सहयोग भैरहेको छ । यो सहयोग विना महोत्सवको आयोजना आट्न पनि सकिदैन थियो । त्यसैले हाम्रो अपेक्षा अनुसारको सहयोग जारी छ । मनकारी सहयोगिकै कारण हामीले महोत्सवको ९० प्रतिशत बढी काम सकिसकेका छौं । 

महोत्सवमा किन आउनुपर्ने ? 
पहिलो कुरो यस्तो बृहत योजना सहितको महोत्सव रुकुममा पहिलो पटक हुन लागेको छ । यसको अर्थ यस अघि जिल्लाका विभिन्न ठाउँमा भएका महोत्सव पनि कमै महत्वका थिए भन्न खोजेको भने पक्कै होइन । तर १० दिन लामो महोत्सवमा जिल्लाका पर्यटकीय स्थलहरु, कृषि, जडिबुटी तथा व्यवसायिक स्टलहरुको अध्ययन अवलोकनका साथै आफूसँग भएको सामान विक्री तथा आवश्यक वस्तु खरिदको व्यवस्था पनि त्यहाँ हुने छ । एउटा दर्शक महोत्सवमा आउँदा ठूलो सोचका साथ आउन अनुरोध गर्दछु । 
किनभने रुकुमका पर्यटकीय क्षेत्रको बारेमा  जानकारी, कृषि तथा जडिबुटी स्टल, व्यवसायिक स्टलहरु र तिनका बारेमा यथेष्ट जानकारी लिने गरी महोत्सवमा पाल्न म मुल आयोजक समितिका सदस्यको हैसियतले सबैलाई आग्रह गर्दछु । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा दशै दिन फरक÷फरक मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । स्थानीय कला,गलाको सम्मानका लागि प्रतिभा हुनेले आङ्खनो प्रतिभा देखाउने अवसर पनि महोत्सवले जुटाउने छ । यसको साथै जिल्लामै पहिलो पटक नेपाल पुलिस कल्चर क्लवको कार्यक्रम हुँदै छ । यस्तो अवसर दर्शक तथा सर्वसाधारणले गुमाउनुहुन्न भन्ने विश्वासमा म छु । 

तपाइहरुको दावी जस्तै पाँच लाख दर्शक आए भने बह्राटाकुराको सानो मैदानले कसरी थेग्ला ? यस्को व्यवस्थापन सरी सोच्नुभएको छ ? 

पहिलो कुरा महोत्सव १० दिन चल्दैछ । हाम्रो दावी एकै दिन ५ लाख दर्शक आउछन् भन्ने हुँदै होइन । १० दिनको अवधिभर आउने  जानेहरु गरेर ५ लाख पुग्ने अनुमान हाम्रो हो ।  महोत्सवको चुस्त व्यवस्थापनका लागि हामी खटिरहेका छौं । पार्किङ लगायतका कुरालाई व्यवस्थित भैसकेको छ । खानेपानी, अस्थायी शौचालय, स्वास्थ्य क्याम्प लगायतका कुराहरु पनि तयारी हालतमा छन् । यसको व्यवस्थापनमा हामी आफै पनि लागिरहेका छौं, यसको साथै यहाँ प्रशासन प्रहरी, स्वास्थ्य लगायतले हामीलाई सहयोग पु¥याइराख्नु भएको छ । सुरक्षा संवेदशिलतालाई मध्यनजर गर्दै महोत्सव स्थल र त्यसमा      राखिएका स्टल सुरक्षार्थ सेक्युरीटी गार्डहरु तयारी हालतमा    राखिएको छ । 
त्यत्तिकै मात्रामा स्वयसेवकहरु पनि परिचालित छन् । म महोत्सवको व्यवस्थापनमा सहोग पु¥याइरहनु भएका सबैलाई मूल आयोजक समितिको तर्फबाट धन्यबाद पनि दिन चाहन्छु । म के विश्वास दिलाउन चाहन्छु भने महोत्सव ढुक्क तरिकाले आउनुस, रमाउनुस, चाहेको जानकारी लिनुहोस्, अन्य व्यवस्थापनको, सुरक्षाको चिन्ता तपाइले होइन हामीले लिइरहेका छौं । 
अर्को महत्वपूर्ण कुरा के छ भने । महोत्सलाई मात्रै लक्षित गरी नभै बह्राटाकुराको खेल मैदानको विकास स्वरुप प्याराफिट निर्माणको काम जारी छ । यसको लागि माननीय युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीलाई आयोजकको तर्फबााट धन्यवाद दिन चाहन्छौं । यो प्याराफिट निर्माणको कार्यले पनि महोत्सव व्यवस्थापनको लागि सजिलो भएको छ । महोत्सव हुने कुरा थाहा पाएपछि मन्त्री ज्युले आकस्मिक रुपमा काम थाल्न आग्रह गर्नुभएको थियो । प्यापारफिट निर्माणमा कम्तिमा ३० लाख बजेट आउने आश्वासन हामीले पाएका छौं । यति बजेटले बह्राटाकुराको मैदान थप व्यवस्थित हुनेछ । आयोजक समितिले त्यसमा थप बजेटको माग पनि उहाँसग गरेको छ । 

Monday, February 20, 2017

रुकुम महोत्सवको उद्घाटन गर्न प्रचण्ड आउने

आहा सञ्चार
रुकुम 
मध्यपश्चिम रुकुम व्यापारिक महोत्सवको तयारी तिब्र रुपमा भैरहेको छ । रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा आगामी फागुन १२ गतेदेखि २१ सम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । महोत्सव मुल आयोजक समितिले सदरमुकाम मुसिकोट खलंगामा पत्रकार सम्मेलन आयोजना गरि स्टल बुकिङ, प्रचारप्रसार, गेट निर्माण लगायत काम अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । 
पहिलो पटक सञ्चालन गरिएको महोत्सवले जिल्लाको कृषि, पर्यटन, जडिबुटी तथा व्यापार प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ । रुकुमको बराहटाकुरमा हुने महोत्सवमा हेलिकप्टरबाट रुकुमका पर्यटकीय क्षेत्रको दृश्यअवलोकन समेत गर्ने व्यवस्था मिलाइएको मुल आयोजक समिति संयोजक टेक बहादुर पुनले जानकारी दिए । बिभिन्न उपसमितिहरु गठन भएर काम तिब्र रुपमा भैरहेको र थप सहयोगका लागि सबैसंग संयोजक पुनले अनुरोध समेत गरेका थिए । आयोजक समितिका अनुसार महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उर्जा मन्त्री जनार्दन शर्मा, खेलकुद मन्त्री दलजित शिर्पाली सहितका अन्य ब्यक्तित्वहरुमा आउने बताईएको छ । 


पत्रकार महासंघ रुकुममा कसले मार्ला बाजी ?

आहा सञ्चार
रुकुम
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले तोके अनुसार रुकुम सहित मध्यपश्चिममा यहि फागुन १२ गते एकैसाथ पत्रकार महासंघका शाखाहरुको अधिबेशन हुदै छ । जस अनुसार रुकुममा पनि पत्रकार संगठन र पत्रकारहरु बिच जिल्ला अधिबेशनको माहोल तातिरहेको छ । अध्यक्ष आफ्नो पोल्टामा पार्न बिभिन्न पेशागत संघसंगठनहरुले बिभिन्न पक्षसंग छलफल, बार्ता र अन्य दौडधुप गरिरहेका छन । यसपटक पत्रकार महासंघ रुकुमको अध्यक्षको लागि तिन जनाको नाम चर्चामा छ । जसमा हालका अध्यक्ष गणेश चिन्तनले पुनः अध्यक्षका लागि लड्ने तयारी गरेका छन भने पत्रकार धनबिर दाहाल र डिलबहादुर शाही पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी रहेका छन । पत्रकार महासंघको निर्बाचन कार्यबिधीले साधारण सदस्य बनेको ७ बर्ष पुगेको अवस्थामा मात्र अध्यक्षको लागि उम्मेदबार बन्न सक्ने प्रावधान राखेका कारण पनि सहमतिय वातावरण बाहेक अन्य अवस्थामा जिल्लामा यी तिन जना नै अध्यक्षको उम्मेदवार योग्य छन ।
यस्तो छ यी ३ को संभावना र चनौति
पत्रकार महासंघ रुकुममा आवद्ध १ सय बढी साधारण सदस्यहरु छन । जसमा सबैभन्दा बढी साधारण सदस्यहरु क्रमस प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन र प्रेस सोसाईटि संग आवद्ध छन । जसमा गाणेश चिन्तन प्रेस सोसाईटि, धनबिर दाहाल प्रेस चौतारी र डिल बहादुर शाही प्रेस युनियनसंग आवद्ध पत्रकारहरु हुन । गणेश चिन्तन हालका अध्यक्ष समेत रहेका कारण उनको पनि पत्रकारहरु संगको सम्बन्ध राम्रै नै छ भने ठुला पत्रकार संघसंगठनहरुले एक अर्कालाई नस्वीकारेको अवस्थामा प्रेस सोसाईटिको तर्फबाट पुनः अध्यक्षमा बाजी मार्ने संभावना बलियो छ । उनी आफु सबै संघसंगठनहरु बिचको सर्बसम्मत निर्णयबाट पुनः अध्यक्षमा निर्बाचित हुने दाबी गर्दछन । त्यस्तै अर्का पत्रकार धनबिर दाहाल पनि अध्यक्षको उम्मेदवार बन्ने चर्चामा छन । अघिल्लो चुनाबमा नै अध्यक्षको उम्मेदबार बन्ने तयारी गरेका दाहाल पत्रकार संघसंगठनहरु बिच सहमतिय रुपमा गणेश चिन्तनलाई अध्यक्ष बनाउने निर्णय गरेपछि पछि हटेका थिए । त्यसकारण पनि आफ्नो जुनसुकै शक्ति लगाएर भएपनि यसपटक अध्यक्ष बनेरै छाड्ने प्रयासमा छन । पार्टी, संगठन र क्रियासिल पत्रकारको रुपबाट पनि दबाब दिईरहेका दाहाल पत्रकार महासंघ रुकुमको उपाध्यक्ष समेत भैईसकेका छन । तर उनको संगठन प्रेस चौतारीले कसको नेतृत्वमा महासंघमा जाने भनेर हाल सम्म खुल्ला रुपमा औपचापरिक कुनै घोषणा गरेको छैन । चौतारीले दाहाललाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेमा उनको पनि अध्यक्ष उम्मेदवारी बलियो हुने देखिन्छ । उनी अन्य दुई भन्दा क्रियासिल पत्रकार पनि हुन । तर पनि आन्तरिक किचलो र गुटउपगुटका कारण चौतारीले दाहाल बाहेकको अन्य कुनै पात्रलाई महासंघमा नेतृत्व गरेर पठाउने कसरत गरेको स्रोतको दाबी छ । त्यस्तै डिल बहादुर शाहि जिल्लाको सन्दर्भमा पुराना पत्रकार हुन । उनले साताअघि नै आफु पत्रकार महासंघ रुकुमको अध्यक्षमा लड्ने तयारी गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्बजनिक गरिसकेका छन । अध्यक्षको उम्मेदवार बन्ने घोषणा सगै उनले के गरौं ? भनेर सबैसंग सुझाब पनि मागेका छन । शाहीलाई प्रेस युनियनमा निर्बाचन मापदण्ड पुगेका एक्ला पत्रकार भएपनि उनकै संगठनले उनलाई अध्यक्षको उम्मेदवारी बनाउछ या बनाउदैन औपचापरिक कुनै घोषणा नगरेका कारण अहिले नै केहि भन्न सकिने अवस्था छैन । तर उनी पत्रकारिता सगै सरकारी जागिरे पनि भएका कारण उनलाई अध्यक्षको उम्मेदवार बनाउन नसकिने संगठनमा आवाज ठुलै छ । 
कसले मार्ला त अध्यक्षको बाजी ?
पत्रकार महासंघ रुकुममा हाल सम्म पनि निर्बाचन नभएर सहमतिय आधारमा नेतृत्व छनोट भैरहेको छ । पत्रकार संघसंगठनहरुले भागबण्डा गर्दै आईरहेका छन । यसपटक पनि सहमतिय आधारमा नै अध्यक्ष सहितको कार्यसमिति चयन हुने संभावना नै देखिन्छ । यदि चुनाब हुने अवस्था आएमा कुनै पनि दुई संगठनहरु मिल्नु पर्छ तर हाल सम्म पनि कुनै पनि संगठनहरु एक आपसमा चुनाबी सहकार्य गर्ने भनेर औपचारिक घोषणा नगरेका कारण सहमतिय आधारमा अध्यक्ष हुने संभावना देखिन्छ । कुनै दुई संगठनहरु बिच सहकार्य भएर चुनाब भएमा एउटा संगठनको महांसंघमा प्रतिनिधित्व हुने संभावना नहुने भएका कारण सहमतिय रटान भैरहेको छ । अघिल्लो चुनाबमा प्रेस युनियन र प्रेस सेन्टर बिच सहकार्य हुँदा चौतारी समस्यामा परेपछि सहमतिय आधारमा प्रेस सेन्टरको तर्फबाट गणेश चिन्तन अध्यक्ष बनेका थिए भने अन्य पदहरु भागबन्डा गरिएको थियो ।  त्यसकारण पनि माथी उल्लेखित ३ जना मध्य गणेश चिन्तनले पुनः अध्यक्षमा बाजी मार्ने संभावना बलियो छ । त्यस्तै चौतारी ठुलो संगठन रहेका कारण र धनबिर दाहाललाई उम्मेदवार बनाएमा पनि उनको पनि संभावना नजिक छ । तर अधिबेशन आउने केहि दिन अझै बाँकी रहेका कारण यसबिचमा हुने निर्णायक छलफलमा पनि भर हुने छ । 

Saturday, February 18, 2017

बिभिन्न निर्णय गर्दै प्रेस सन्टर रुकुमको बैठक सम्पन्न

आहा सञ्चार
रुकुम
प्रेस सेन्टर नेपाल रुकुमको चौथो जिल्ला सम्मेलन पछिको चौथो बैठक सम्पन्न भएको छ । संगठनको कार्यालयमा बसेको बैठकले यहि फागुन १२ गते हुन गईरहेको नेपाल पत्रकार महासंघको निर्बाचन बिषयमा छलफल गरेको छ । बैठकले पत्रकार महासंघको निर्बाचनका बिषयमा प्रेस सेन्टरको तर्फबाट संगठनका अध्यक्ष मेगराज खड्काको संयोजगत्वमा निर्बाचन सहयोग समिति गठन गरेर बिभिन्न गतिबिधीलाई तिब्रता दिने निर्णय पनि गरेको छ । पत्रकार महासंघको निर्बाचन सन्दर्भमा तत्काल बैठक बसेर निर्णय गर्नुपरेमा संगठनको पदाधिकारीले निर्णय गर्ने पनि निर्णय भएको छ । बैठकले रुकुमेली पत्रकारिताको प्रवद्र्धन र जनताको सूचना अधिकारका लागि अझै व्यवस्थित रुपमा काम गर्ने उदेश्यका साथ जिल्लामै पहिलो पटक प्रेस सूचना केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । जस मार्फत रुकुमेली पत्रकारहरुलाई पत्रकारिताको प्राबिधिक सहयोग सगै पत्रकारहरुको क्षमताबृद्धि र ज्ञानसिपमा सघाउ पु¥याउने लक्ष्य राखिएको छ । त्यस्तै गाउँगाउँमा पत्रकार उत्पादन गर्न र सूचना अधिकारबारे जानकारी दिन छिटै पत्रकारिता तालिम तथा अभिमुखिकरण सञ्चालन गर्ने निर्णय पनि गरेको छ । प्रेस सेन्टर रुकुमका अध्यक्ष मेगराज खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेशका अध्यक्ष धुब्रबिक्रम बुढाथोकी, सहसचिब बिर बहादुर मल्ल लगायतको सहभागिता रहेको थियो । 

Monday, February 13, 2017

बीमा मानिसको जीवनमा अनिबार्य गर्नुपर्ने कुरा हो


आहा टक
रोल्पा पाछाबाङ ७ मा २७ बर्ष अघि जन्मिएका देउ कुमार वली हाल रुकुम सदरमुकाम खलंगामा बस्छन । प्राइमलाइफ कम्पनी लिमिटेड उपशाखा रुकुमको ईन्चार्जमा कार्यरत वली मान्छेको जीवन जोखिमै जोखिमले जेलिएको अर्थ लगाउदै मानब जीवमा अनिबार्य रुपमा बीमा गर्नुपर्ने कुरामा जोड दिन्छन । धेरै साथीभाईसंग भेटघाट गर्न रुचाउने वलीले प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गरेका छन । उनै वलीसंग आहा सञ्चार साप्ताहिक रुकुमको नियमित स्तम्भ आहा टकका लागि जीवन, प्रेम, व्यवसाय र दैनिकीमा केन्द्रित हरेर गरिएको कुराकानी ।

तपाईको बुझाईमा जीवन के हो ?
दुख र सुखको संगम सगै अनिश्चित जोखिमले घेरिएको परिणाम नै जीवन हो । जीवन भित्रको जोखिम कहिले आन्तरिक त कहिले बाह्य प्रभाबका कारण सृजना हुने गरेको छ । 

तपाईंलाई के कुरासँग बढी डर लाग्छ ?
मलाई कुनै कुरा देखि पनि डर लाग्दैन । 

मान्छे मृत्यु पछि अर्को जन्म गर्छ भन्ने कुरा पत्याउनु हुन्छ ?
पत्याउदैन, किनकी अहिले सम्म कुनै पनि बैज्ञानिक तवरले यसको पुष्टि गर्न सकेको छैन । 
मागी बिबाह, भागि बिबाह र प्रेम बिबाह मध्य तपाईलाई कुन मन पर्छ र किन ? 
यसमा मलाई यी तिन ओटै बिबाह मन पर्छ । किनकी यी सबैको आआफ्नै परिभाषा, सोच, बिचार, संस्कृति र चाहाना छन । 

दैनिक सबैभन्दा बढी रकम के मा खर्च गर्नुहुन्छ ?
मोवाईल फोनमा सबैभन्दा बढी खर्च हुन्छ किनकी धेरै साथीभाईलाई फोन गर्ने बानी छ ।

जीवनको यो समयसम्म आईपुग्दा के कुरा गर्न नपाएर पछुतो लागिरहेको छ ?
हाहा, आजसम्म कुरा भन्दा पनि काम गर्न नपाएर पछुतो लागिरहेको छ । 
तपाईको हालसम्मकै सम्झना लायक भ्रमण ? 
ईन्डोनिसियाको बाली भ्रमण अहिले सम्म भन्दा पनि मेरो जीवन भरी नै यहि हुन्छ जस्तो लाग्छ ।

प्रेम भनेको तपाईको बुझाईमा के हो ?
प्रेमलाई धेरै तरिकाबाट बुझ्न सकिन्छ तर मेरो बुझाईमा जीवनमा जीउने तत्व हो । 

तपाई बीमा कम्पनीमा काम गर्नुहुन्छ, मान्छेले बीमा किन गर्नुपर्ने ?
बीमा मानिसको जीवनमा अनिबार्य गर्नुपर्ने कुरा हो । जीवन बिमाको मुख्य उदेश्य जोखिम     हस्तान्तरण गर्नु हो । बीमाको माध्यमबाट मानब जीवनमा आईपर्ने जोखिमहरुलाई बीमा कम्पनीमा हस्तान्तरण गरि करार अनुसारको क्षतिपुर्ति लिन सकिन्छ । बीमा मानब जीवनमा अतिआवश्यक हुन्छ । 
यदि बीमा गरिएको खण्डमा जसको आम्दानीमा परिवारका सदस्यहरु आश्रीत रहेका छन उहाँको मृत्युपछि पछि परिवारजनहरुले राहत पाउछन । क्षति बिरुद्धको सुरक्षा, बचत, आश्रितको भलाई, परनिर्भरताको उन्मुलन, ब्यक्तिगत आवश्यकताको पुर्ति, बालबच्चाको शिक्षादिक्षा, ऋण भारबाट मुक्ति तथा ऋण लिने सुबिधा, सरकारलाई कोष निर्माणमा सहयोग र कर्मचारीको  प्रेरणाको लागि बीमा आवश्यक छ । 
तपाईं कहिले र कहाँ सबैभन्दा बढी खुशी हुनुभयो ? 
म जुन दिन यस पृथ्बीमा मेरो आमाले पाईला टेकाउनु भयो त्यसै दिन सबैभन्दा बढी खुसि भए । हाहाहा

नाम्राका स्थानीयहरुलाई पुल नहुँदा जोखिम

इन्द्र बुढाथोकी
सल्यान
सल्यान देवस्थल नाम्राका स्थानीयहरु पुल नहुँदा जोखिम मोलेर भेरी नदि वारपार गर्दै आइरहेको छन् । झोलुंगे पुल नुहँदा जिल्लाका दुई गाविस तथा सुर्खेतका दुई गाविसका सर्वसाधारणहरुलाई आवतजावत गर्न समस्या भएको हो ।
 सल्यान देवस्थल १ नाम्रा, बामे वडा नं. ६, ७, ८ र सुर्खेत राकम गाविसको बालिखोला, गजौडा, नाडा, आग्रीगाउँ लगायतका सर्वसाधारणहरु कम्मरमा चिन्नो बोकेर आवतजावत गर्दै आइरहेको नाम्राका स्थानीय विरबल पोखरेलले जानकारी दिए । उनका अनुसार नजिक पुल नुहँदा २ घण्टा घुमेर सल्लीबजारमा पुगी जानुपर्ने बाध्यता रहेको छ । निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले मत पाउनका लागि नाम्रामा पुल बनाइदिने आश्वासन दिने गरेको भएपनि जितेपछि नफर्किने गरेको स्थानीय गोपिलाल शर्माले बताए । नाम्रामा मात्रै ५६ घरधुरी रहेका छन भने सुर्खेतका मानिसहरु पनि यहि बाटो भएर हिड्ने गरेका छन । 

Saturday, February 11, 2017

जनयुद्धले हारेको होइन, नेतृत्वले हारेको हो

सन्दर्भ ः बाइसौं जनयुद्ध दिवस 
– हस्तबहादुर केसी
लामो अभियान (कविता)
निकै नै टाढा पुग्नु छ राता सिपाहीहरुले 
गाह्रो र साह्रो मान्दैनन् आँटी छोराछोरीले । 

डाँडा र काँडा पर्वत माला पानीका जलौरा 
विरका निम्ति हिमाल बन्छन् माटाका फुरौला । 

हजार नही हजार पहाड अगाडि तेर्सियुन 
लडाई खेल्न मान्छेका ति केही होइनन् । 

तातुको साङ्लो फलामे पुल जति नै तातो होस् 
यि राताराता मान्छेले छुदा त्यसको उठ्छ होस् ।

मिङशानमाथि फैलिएको त्यो हिउमा कुल्चिदै 
पौरेखीहरु अगाडि बढ्छन् आनन्द छर्कदै ।

बेरोकटोक अगाडि बढ्छन् यि राता मानिस 
लक्ष्यमा आफ्नो पुगेरै छोड्छन् यि राता मानिस ।
– माओ त्सेतुङ
चुनई, यनान, अक्टुबर, १९३५

यो कविता क. माओले ८० हजार लाल सेनाको नेतृत्व गर्दै अगाडि बढेको एक वर्षे लम्बे अभियान सकेर यनान प्रान्तको चुनइमा पुग्दा जम्मा ३००० लालसेना मात्र जीवित रहेका थिए र ठूलो निरासा छाएको थियो । त्यस निरासालाई चिर्दै अगाडि बढ्न र क्रान्तिलाई विजयसम्म पु¥याउने उद्देश्यले लेखिएको थियो । नेपालमा पनि नेतृत्वको गद्धारीले गर्दा क्रान्तिले धोका खाएको र जनयुद्ध सेड व्यापकमा परेर व्यापक निरासा छाएको र त्यसलाई नयाँ रोगले पुर्नगठीत भएर क्रान्तिलाई अगाडि बढाउने माओको क्रान्तिकारी माओवादीहरु प्रतिबद्धता साथ अगाडि बढीरहेको वर्तमान अवस्थामा सान्दर्भिक ठानी नै क. माओद्वारा रचित यो ऐतिहासिक कविता यहाँ राख्ने प्रयत्न गरिएको हो । 
आज नेपाली जनयुद्धले २१ वर्ष पुरा गरेर २२ वर्षमा प्रवेश गरेको छ । आजैका दिन अर्थात २०५२ साल फाल्गुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा नेपालमा सशस्त्र जनयुद्धको थालनी गरिएको थियो । आजैका दिन माओवादीले “साम्राज्यवाद र विस्तारवादका आडभरोसामा टिकेको राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थालाई ध्वंश गरौं, जनताको जनवादी राज्यव्यवस्था स्थापना गरौं ।” भन्ने मूल नारा र ब्यानरका साथ सशस्त्र जनयुद्धको थालनी गरेको थियो । रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी, सिन्धुली जिल्लाको सुन्धलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको साना किसान बैंकको कार्यालयमा राती एउटै समयमा हतियार सहित सशस्त्र आक्रमण गरि जनयुद्धको थालनी गरेको थियो । 
नेकपा (माओवादी) को मुख्य नेतृत्वले ‘जनताको राज्यसत्ता प्राप्त नगरेसम्म बन्दुक नबिस्याउने सात राजनीतिक प्रतिबद्धता’ सहित सशस्त्र जनयुद्धको थालनी गरेको थियो र नेपालमा यस प्रकारको सशस्त्र जनयुद्ध दश वर्षसम्म चल्यो । 
तर २०६२ असोज–कार्तिकमा सम्पन्न चुनवाङ बैठकबाट सशस्त्र जनयुद्धको कार्यदिशा, कार्यक्रम र कार्याेजना समेत स्थगित गरि ‘लोकतान्त्रिकक गणतन्त्र’ को कार्यदिशा तय गरि शान्ति प्रक्रियामा आए पछि २०६४ चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाबाट संविधान सभामा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित हुन पुगेकाले सरकारको नेतृत्व गर्न पुगेदेखि नै तत्कालिन नेकपा (माओवादी) को मुख्य नेतृत्व साम्राज्यवाद र विस्तारवादका सामु लमपसार परेर आत्मसमर्पण गर्न पुग्यो । अन्तर्राष्ट्रिय रुपमा र वर्गीय रुपमा समेत आत्मसमर्पण गर्न पुगेकाले पार्टीको मुख्य नेतृत्व मुख्य गरि पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो वर्ग (सर्वहारावर्ग) लाई छोडेर प्रतिक्रियावादी वर्गसँग घाँटी जोडन पुग्यो । साम्राज्यवादी मूलतः भारतीय विस्तारवादीहरुकै इच्छा र निर्देशन तथा योजनामा प्रचण्ड बाबुरामले पार्टी भित्रका क्रान्तिकारीहरुलाई पाखा लगाउदै महान् दश वर्षे जनयुद्धको प्रक्रिया अन्तर्गत निर्माण गरिएका आधार इलाकाहरु, जनसत्ता, जनअदालत र जनकम्युन तथा जनसरकारहरुको खारेज गर्न पुग्यो । 
२०६३ मंसीर ३ गते सरकारसँग बृहत शान्ति सम्झौता गर्ने नाममा “दश वर्ष देखि चल्दै आएको सशस्त्र संघर्ष आजैका मितिदेखि अन्त्य गरियो” भन्ने प्रस्तावमा प्रचण्डले सहीछाप गर्न पुगे । यसै क्रममा जनमुक्ति सेना, नेपालको विघटन गराइयो । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधान सभाको कार्य दिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधान सभामा भाग लिएर संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढि संख्या रहेको संविधानसभालाई रातारात भारतीय विस्तारवादको निर्देशनमा विघटन गराइयो र कथित दोस्रो संविधानसभा निर्वाचनमा सहभागी बन्न पुग्यो । र त्यस कथित दोस्रो संविधान सभामा एमाओवादीले लज्जास्पद तरिकाले हारखान पुग्यो र संविधान सभालाई जनताको हातबाट छुटाएर देशी विदेशी प्रतिक्रियावादीहरुको हातमा बुझाउन महत्वपूर्ण भूमिका खेल्यो । त्यति मात्र होइन, दश वर्षे जनयुद्धको नेतृत्व गरेको मुख्य नेतृत्वले प्रतिगामी संविधान निर्माण गर्न, त्यसको घोषणा गर्ने कार्यमा मुख्य भूमिका खेल्यो । र अहिले माकेको नामबाट प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्न पुगेको छ र प्रतिगामी संविधानको कार्यान्वयन गर्नका लागि न्वारानदेखिको बल लगाइरहेको छ । 
दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड बाबुराममा आएको वैचारिक पतन र प्रतिक्रिया वादीहरुसँग घाँटी जोडन पुगेपछि पार्टी फुटेर ती टुक्रामा विभाजित हुन पुग्यो र अहिले पनि विभाजित अवस्थामै छ । मोह वैद्य किरणको नेतृत्वमा निर्मित र संचालित नेकपा (क्रान्तिकारी माओवादी) ले प्रचण्ड–बाबुरामद्वारा बीच बाटोमै फ्याकिएको नेपाली क्रान्तिको महान् झण्डालाई माथि उठाउदै क्रान्तिको रक्षा र विकास गर्ने योजनाका साथ क्रान्ति प्रति धोका नदिने प्रतिबद्धताका साथ अगाडि बढेको छ भने नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी) ले नेपाली क्रान्तिको कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ तय गरेर आठौं महाधिवेशन गर्दैछ । उसले महाधिवेशनबाट के कस्तो नीति, कार्यक्रम पारित गर्दैछ त्यसलाई भने हेर्न बाँकी नै छ । 
आज एकातिर माओवादी आन्दोलन विभाजित भएको, अर्कोतिर माकेका नाममा एउटा हिस्सा प्रतिक्रिया वादी सत्ताको नेतृत्वमा पुगेर भारतीय विस्तारवादका सामु लमपसार परेर आत्मसमर्पण गर्दै अनगिन्ती राष्ट्रघाट र जनघातका सृंखलाहरु बढाइरहेको छ । यी कारणहरुले आज दशौं हजार महान सहिदहरुका सुन्दर सपनाहरु चक्नाचुर हुन पुगेका छन् । हजारौं अपाङ्ग, घाइतेहरु अत्यन्तै निरासा भएको अवस्था छ र आम नेपाली जनताको बीचमा व्यापक निरासा र कुण्ठा छाएको छ । 
माथि उल्लेखित कारणहरुले गर्दा आज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत नेपाली जनयुद्धले फेरी कहिल्यै पनि उठ्न नसक्ने गरि हारेको, अब नेपालबाट जनयुद्ध सदाको लागि समाप्त भयो । र, अब नेपालमा पुनः जनयुद्ध मात्र होइन, नेपाली क्रान्तिको सम्भव छैन भन्ने व्यापक हल्लाह मच्याइएको छ, स्यालको हुइयाँमा हुइयाँ थप्ने काम भइरहेको छ ।
तर वास्तविकता यस्तो होइन, हामी माक्र्सवादीहरुले कुनै पनि घटना घट्नुका पछाडि निश्चित बैज्ञानिक कारणहरु हुन्छन् भन्ने कुरालाई स्वीकार गर्दछौं । नेपालमा सशस्त्र जनयुद्धले हारेको होइन, जनयुद्ध पराजित भएको होइन माथि पनि मानियो दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामले बोकेको विचारले हारेको हो । प्रचण्ड बाबुरामले हारेर क्रान्तिलाई छोडेर भागेका हुन् । प्रचण्ड बाबुरामले आत्मसात गरेको नक्कली मालेमावादको सिद्धान्तले हारेको हो । त्यसैले जनयुद्धले हारेको नभई विचारले हारेको हो । यो भनिरहँदा जनयुद्धको संचालन गर्ने वैज्ञानिक विचार मालेमावादले हारेको हो कि भन्ने भान पर्न सक्छ । मालेमावाद त वैज्ञानिक सिद्धान्त हो । यो कसैका कारणले जीत र हार हुन्न भन्न मिल्दैन तर यहाँ स्पष्ट पार्न खोजेको के हो भने मालेमावादको, महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवाद हुँदै सम्यवाद पुग्ने योजना र लक्ष्यका साथ संचालन गरिएको जनयुद्धको विचारले हारेको हो भन्ने भनाई पनि होइन यसलाई संचालन गर्ने मुख्य जिम्मेवारी बहान गर्ने तहमा पुगेका प्रचण्ड बाबुरामले बोेके नक्कली मालेमावाद र जनयुद्धको विचारले हारेको हो भन्ने नै हो । 
पार्टी भित्रका गद्धारहरुलाई नफ्याकेर क्रान्ति सम्पन्न गर्न सकिन्न भन्ने पछिल्लो उदाहरण र शिक्षा चिनीयाँ कम्युनिष्ट पार्टीबाट लिन सकिन्छ । त्यहाँ छन्तुसु जस्तो दक्षिणपन्थिमा मासिएको लिलिशान जस्तो उग्रबामपन्थि भडकाउमा परेको र वाङमिङ जस्तो वामविचलनवादी पार्टीको समग्र तहबाट फ्याकेर कमरेड माओ त्सेतुङको नेतृत्वमा अगाडि बढेर मात्र चीनमा महान् जनवादी क्रान्ति सफल भएको थियो । नेपालमा पनि यो सिद्धान्त लागु हुन्छ । प्रक्रिया पनि शुरु भइसकेको छ । 
क्रान्तिकारीहरु कहिल्यै पनि निराश हुदैनन् । यो कुरा यस लेखको शुरुमा राखिएको माओको त्यस ऐतिहासिक कविताले नै बोलेको छ ।    
    


Sunday, February 5, 2017

माक्र्सवादी ज्ञान सिद्धान्तका सन्दर्भमा

दर्शन
– हस्तबहादुर केसी
ज्ञान सम्बन्धी सिद्धान्त द्वन्द्वात्मक भौतिकवादको एक महत्वपूर्ण तत्व हो । अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान्् नेता भ्लादिमिर इल्वीच लेनिनले माक्र्सवादी ज्ञान– सिद्धान्तका बारेमा भन्नुभएको छ– ‘द्वन्द्ववाद माक्र्सवादको ज्ञान सम्बन्धी सिद्धान्त हो’– लेनिन, सङ्कलित रचनाहरू, भाग ३८, पृ. ३६२ ।
द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त भौतिक संसार र चेतनाबीचको सम्बन्धको आधारभूत सवालको अर्को महत्वपूर्ण पक्षसित सम्बन्धित छ । आफु रहेको संसारलाई हामी जान्न सक्छौँ कि सक्दैनौँ ? के त्यो यथार्थको ठीक प्रतिबिम्ब हुन सक्छ ? के चिन्तन र सत्ताको मेल हुन सक्छ ? यी प्रश्नहरूको जवाफ पनि भौतिकवाद र आदर्शवादले एकदमै भिन्न–भिन्न ढङ्गले दिएका छन् । यस विषयमा दार्शनिकहरू दुई खेमामा विभाजित । यो संसार ज्ञेय छ (बुझ्न र जान्न सकिन्छ) भन्ने दार्शनिकहरू भौतिकवादी खेमामा खडा भएका छन् भने यो संसार अज्ञेय छ (बुझ्न र जान्न सकिँदैन) भन्ने दार्शनिकहरू आदर्शवादी (अध्यात्मवादी) खेमामा खडा हुन पुगेका छन् ।
जीवन र जगत्को सामान्य नियमहरूको अध्ययन दर्शन हो । दर्शनको खास अर्थ ‘हेर्न खोज्नु र बुझ्नु’ हुन्छ । विश्व ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीवजन्तु र मानिसको उत्पत्ति कसरी भयो ? जीवन र जगत्लाई चलाउने शक्ति या नियम के हुन् ? पदार्थको स्थान पहिलो कि चेतनाको स्थान पहिलो ? आदि विषयहरूको खोज, व्याख्या र दृष्टिकोणलाई दर्शन भनिन्छ । आज विश्वमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतया दर्शन दुई प्रकारका छन् । एकथरि चेतनालाई आदि तत्व वा मूल तत्व मानेर जगत्लाई त्यसको स्वतःस्फूर्त रचना मान्ने अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मूल तत्व र त्यसको विकसित रूपलाई चेतना मान्ने भौतिकवादी दर्शन ।
पदार्थलाई आदितत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरू भौतिकवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थ शाश्वत् छ अर्थात् कसैले पनि कहिल्यै पनि पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगत्मा कुनै किसिमको अलौकिक वा पारलौकिक शक्तिको अस्तित्व छैन । चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरूको रहेको छ भने ‘आत्मा’ चेतनालाई आदि तत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थभन्दा पहिले नै चेतनाको अस्तित्व थियो र त्यसैले पदार्थलाई जन्माएको हो अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो भन्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् र उनीहरूले जगत्को बोधगम्यतालाई अस्वीकार गर्छन् ।
द्वन्द्वात्मक भौतिकवादी दार्शनिक एवम्् वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्सको उदय हुनुभन्दा पहिले नै जीवन र जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने कार्य प्रशस्त मात्रामा भइसकेको थियो तर जीवन र जगत्लाई सञ्चालन गर्ने र त्यसलाई बदल्ने सन्दर्भमा अध्यात्मवादी धारणाले काम गर्दै आएको थियो । दर्शनका क्षेत्रमा भएका सबभन्दा पछिल्लो विकासका क्रममा शास्त्रीय जर्मन दर्शनका रूपमा हेगेलको द्वन्द्ववाद र लुडाविक फायरवाखको भौतिकवादको रूपमा देखापरेको थियो । तत्कालीन समयमा देखापरेका यी दुई दर्शनका मूल्यवान् तथा सुसङ्गत विचारहरूलाई आत्मसात् गरेर कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सेले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन माक्र्सवादी विश्वदृष्टिकोण हो । यसले प्रकृति, मानव समाज र विचारधारात्मक विकासका अधिकतम सामान्य नियमहरूको अध्ययन र वैज्ञानिक व्याख्या गर्दछ । माक्र्सवादी दर्शन त्यस्तो दर्शन हो, जसले विश्वलाई रूपान्तरण गर्नका लागि त्यसलाई बुझ्ने प्रयत्न गर्दछ । यस विषयमा कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ– ‘दार्शनिकहरूले संसारको बेग्लाबेग्लै व्याख्या मात्रै गरेका छन् तर गाँठी कुरा त त्यसलाई बदल्नु पो हो त ।’– कार्ल माक्र्स, फायरवाख सम्बन्धी प्रस्थापनाहरू ।
प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले सामन्त वर्ग र पुँजीपतिवर्गको राज्यव्यवस्थालाई निषेध गरेर सर्वहारा श्रमजीवीवर्गको राज्यव्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँछ । विश्व ब्रह्माण्डको सृष्टि र सञ्चालन ईश्वरले गर्दछ भन्ने सृष्टिवादी अध्यात्मवादको पूर्ण रूपले खण्डन गरी त्यसको ठाउँमा प्रकृति र समाजको द्वन्द्वात्मक विकासको सिद्धान्त अघि सारेको छ । यसका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति आदि कुरा लेखेको छन् ।
ज्ञान–सिद्धान्तको क्षेत्र
वस्तुगत जगत्का नियमको सक्रिय तथा उद्देश्यमूलक मानसिक प्रतिबिम्बलाई ज्ञान भनिन्छ । भीआई लेनिनले ‘ज्ञान भनेको वस्तुसँग चिन्तनको शाश्वत् र अन्त्यहीन समानुपातीकरण हो’ भन्नुभएको छ । ज्ञानको आधार भनेको व्यवहार हो । व्यवहार भनेको विश्वलाई रूपान्तरण गर्ने मानिसहरूको भौतिक क्रियाकलाप हो । द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त अनुसार ज्ञानको स्रोत मानिसको चारैतिर जगत्मा उसको व्यवहार हो । ज्ञान प्राप्ति भनेको मानिसको मगजमा वस्तुगत जगत् र त्यसका नियमहरूको क्रियाशील तथा मानसिक क्रियाकलापहरूको प्रतिबिम्ब हो । बाह्य जगत्ले मानिसमाथि असर पार्दछ र मानिस त्यही अनुरूप अनुभूति, अवधारणा र ज्ञान उत्पन्न गर्दछ ।
वस्तुगत जगत्मा रहेका वस्तुहरू तथा घटनाहरूलाई मानवीय ज्ञानको एक मात्र स्रोतको मान्यता दिनु नै माक्र्सवादी तथा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको आधारभूत प्रस्थानविन्दु हो । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले ज्ञान प्राप्तिको वैज्ञानिक तथा व्यावहारिक धरातलमा उभिएर पहिलेका दार्शनिकहरूको सीमिततालाई हटाएर गुणात्मक दृष्टिकोणले नै नयाँ द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको प्रतिपादन गर्नुभयो । व्यावहारिक अनुभव अर्थात् मानिसहरूको भौतिक उत्पादन सम्बन्धी क्रियाकलापलाई ज्ञान प्राप्तिको आधार मान्नु नै माक्र्सवादी ज्ञान सिद्धान्तको मूलभूत विशेषता हो । माक्र्सवादी दर्शनमा अनुभव भनेको ज्ञान प्राप्तिको प्रक्रियाको आधार र प्रस्थानविन्दु मात्र होइन, यो ज्ञानको सत्यता र सहीपनाको कसौटी हो भनिएको छ । यस विषयमा भीआई लेनिनले भन्नुभएको छ– ‘जीवन र अनुभवको दृष्टिकोण नै ज्ञान सिद्धान्तको पहिलो मुख्य दृष्टिकोण हुनुपर्छ र यसले अनिवार्यतः भौतिकवादमा नै ल्याउनेछ ।’
व्यवहार नै ज्ञान प्राप्तिको पहिलो आधार
द्वन्द्वात्मक भौतिकवादी ज्ञान–सिद्धान्त अनुसार प्रकृति र समाजलाई बदल्न मानिसले गर्ने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । श्रम र भौतिक उत्पादन नै त्यसको आधार हो । राजनीतिक सङ्घर्ष सञ्चालन गर्नु, वर्गसङ्घर्षको उठान गर्नु, राष्ट्रिय मुक्ति आन्दोलन तथा वैज्ञानिक अनुसन्धान सबै प्रयोग गर्नु जस्ता सक्रिय व्यवहारद्वारा नै मानिसले प्रकृतिमा भएका ठोस भौतिक वस्तुहरूको रूपान्तरण मात्र नगरेर नयाँ वस्तुहरूको निर्माण समेत गर्दछ । त्यसको निम्ति मानिस प्रत्यक्ष रूपमा श्रममा संलग्न हुनुपर्छ किनभने व्यवहार नै ज्ञानको प्रस्थानविन्दु र आधार हो । सर्वप्रथम स्वयम् ज्ञान नै व्यवहारको आधारमा र मुख्यतया भौतिक उत्पादनको प्रभावले गर्दा उत्पन्न भएको थियो भन्ने कुरा द्वन्द्वात्मक भौतिकवादी (माक्र्सवादी ज्ञान) ज्ञान सिद्धान्तले प्रमाणित गरिदिएको छ । यस विषयमा कमरेड माओत्सेतुङले यसरी व्याख्या गर्नुभएको छ– ‘व्यवहारद्वारा सत्य पत्ता लगाऊ र फेरि व्यवहारद्वारा सत्यको परख गर र त्यसलाई विकसित गर । इन्द्रियग्राह्य ज्ञानबाट सुरु गर र सक्रियतापूर्वक त्यसलाई बुद्धिसङ्गत ज्ञानमा विकसित गर, अनि बुद्धिसङ्गत ज्ञानबाट सुरु गर र मनोगत तथा वस्तुगत दुबै संसारलाई फेर्नका लागि सक्रिय रूपले क्रान्तिकारी व्यवहारको पथप्रदर्शन गर । व्यवहार ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्त रूपले दोहोरिन्छ र प्रत्येक आवृत्तिका साथसाथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लोस्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त हो र यो नै बोध र कार्यको एकता सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो’ माओत्सेतुङ, सङ्कलित रचना भाग १ पृ. २४६ ।
मानिस आफ्नो अस्तित्वको पहिलो घडीदेखि नै श्रम गर्न बाध्य भयो । मानिस आफ्नो जीवनयापनका साधनहरू जुटाउन बाध्य भयो । श्रमको दौरानमा मानिसले प्रकृतिका जटिलतम शक्तिहरूसित लड्नुप¥यो र तिनलाई बदल्दै आफ्नो हितानुकूल काममा प्रयोग गर्दै विस्तार–विस्तार तिनको ज्ञान पनि हासिल गर्दै गयो । उत्पादनको भावी विकासको निम्ति नयाँ नयाँ ज्ञानको आवश्यकता पर्दै गयो । त्यसको पूर्तिको लागि विविध निर्माणको काममा जुट्दै गयो र विज्ञान र प्रविधिको समेत विकास गर्न सक्षम भयो । वैज्ञानिक ज्ञानले व्यवहारबाट नै यन्त्र, उपकरण र प्रविधिहरूको निर्माण गर्न सफल भयो र व्यवहारले ज्ञान प्राप्तिमा योगदान पु¥याउँदै आएको छ । अतः व्यवहार ज्ञान प्राप्तिको आधार मात्र नभएर मानिसको उद्देश्य प्राप्त गर्ने वैज्ञानिक हतियारको रूपमा प्रमाणित हुन पुग्यो ।
ज्ञान प्राप्ति मानिसहरूको श्रमको एउटा रूप हो । यो मानिसको सैद्धान्तिक क्रियाकलाप पनि हो । सिद्धान्तले स्वतः वास्तविकतालाई सक्दैन, त्यसमा सिद्धान्त र व्यवहारका बीचमा एकता कायम भएको हुन्छ । यही नै सिद्धान्त र व्यवहारबीचको अन्तर हो । अव्यावहारिक सिद्धान्त निरर्थक हुन्छ । भनिन्छ, सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ र सिद्धान्तले व्यवहारलाई बाटो देखाउँछ । आफ्नो सुप्रसिद्ध लेख व्यवहारबारेमा कमरेड माओत्सेतुङले सिद्धान्त र व्यवहारको सम्बन्धबारे निचोडको रूपमा भन्नुभएको छ– ‘हाम्रो निष्कर्ष हो, मनोगत र वस्तुगतको सिद्धान्त र व्यवहारको ज्ञान र ठोस कार्यको ऐतिहासिक एकता’ माओत्सेतुङ चुनिएका रचनाहरू, भाग १ पृ. ३०८ ।
प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तन
द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अनुसार ज्ञान प्राप्ति स्थिर हुँदैन । यो निरन्तर गतिशील र विकासशील हुन्छ । प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तनतिरको गतिमा ज्ञान प्राप्तिको विकास प्रक्रियाको अभिव्यक्ति भएको पाइन्छ । यस विषयमा लेनिनले भन्नुभएको छ– ‘प्रत्यक्षबोधबाट भावनात्मक चिन्तनतिर, अनि त्यसबाट व्यवहारतिरको बाटो नै सत्यको ज्ञान अर्थात् वस्तुगत यथार्थताको ज्ञानको मार्ग हो’ भीआई लेनिन, सङ्कलित रचना सङ्ग्रह, खण्ड २९ पृ. १५२–१५३ ।
ज्ञानेन्द्रियहरूको सहायताबाट बाह्य जगत्का वस्तुहरूको परिचयद्वारा नै ज्ञान प्राप्तिको प्रक्रिया सुरु हुन्छ । दैनिक अनुभवबाट नै मानिसलाई यस कुरामा विश्वास हुन्छ । प्रत्यक्ष अनुभव नै ज्ञान प्राप्तिको बाटोमा चालिने पहिलो पाइला हो । ज्ञान प्राप्तिको बाटोमा अनुभूतिहरूको ज्यादै ठुलो महत्व हुन्छ किनभने जगत्का वस्तुहरूबाट ठीक–ठीक जानकारी राख्न तिनले मानिसलाई आवश्यक सामग्रीहरू दिन्छन् । ज्ञान प्राप्तिको सम्पूर्ण प्रक्रिया तथ्यहरूमा आधारित हुन्छ । माक्र्सवादी दार्शनिकहरूले ज्ञान प्राप्तिको जटिलतम प्रक्रियामा वस्तुगत जगत्बाट त्यसलाई अलग्याउन पर्दा हाल्दै आएको अध्यात्मवादको ज्ञान शास्त्रीय मूल प्रवृत्तिहरूलाई चकनाचुर पारिदिएका छन् । लेनिनले अध्यात्मवादलाई ‘फलहीन फूल’ को संज्ञा दिनुभएको छ ।
सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण
द्वन्द्वात्मक भौतिकवादमा ‘सत्य’ भन्ने शब्दले वस्तु सम्बन्धी त्यो ज्ञान बुझाउँछ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यस वस्तुको अनुरूप हुन्छ । द्वन्द्वात्मक भौतिकवादले मानव जातिको युगौँको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुरपरक हुन्छ भन्ने पुष्टि गरेको छ । जस्तै, पृथ्वी भकुण्डो जस्तो गोलो छ भन्ने निष्कर्षलाई नै लिन सकिन्छ । यो निष्कर्ष सत्य छ किनभने त्यो वास्तविकताको अनुरूप छ । यो पृथ्वीको स्वरूप मानिसले सोचेभन्दा धेरै बाहिर छ किनभने मानिसभन्दा धेरै पहिले नै पृथ्वीको अस्तित्व थियो । माक्र्सवादी ज्ञान सिद्धान्तले ‘पदार्थ प्रथमोत्पन्न हो र चेतना द्वितीयोत्पन्न हो’, ‘चेतना मस्तिष्कको स्वभाव हो’ भन्ने अवधारणा नै सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण हो ।
व्यवहार नै सत्यको कसौटी
माक्र्सवादी दार्शनिकहरूले व्यवहारलाई नै सत्यको कसौटी हो भन्ने प्रमाण प्रस्तुत गरेका छन् । द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तु सम्बन्धी त्यो ज्ञानलाई बुझिन्छ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यसको अनुरूप हुन्छ । जस्तै– ‘पिण्ड अणुहरूबाट बनेको हुन्छ’,‘मानिस भन्दा पहिले नै पृथ्वीको अस्तित्व थियो’, ‘जनता नै इतिहासका वास्तविक निर्माता हुन्’ इत्यादि विज्ञानले सिद्ध गरेका निष्कर्षहरू सत्य छन् भन्ने निचोडमा माक्र्सवादी दार्शनिकहरू पुगेका छन् ।
अध्यात्मवादको विपरीत भौतिकवादले मानव जातिको युगौँदेखिको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुपरक हुन्छ भन्ने दृष्टिकोण गरेको पाइन्छ । सत्यले वस्तुगत रूपमा अस्तित्वमा रहेको जगत्लाई नै प्रतिबिम्बित गर्छ । त्यसै कारणले सत्यको सार पनि मानव चेतनामा निर्भर रहँदैन । यस विषयमा भीआई लेनिनले भन्नुभएको छ– ‘सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो, जुन मानिसमा भर पर्दैन, मानव जातिमा भर पर्दैन । सत्यको सार तिनै वस्तुगत प्रक्रियाहरूको निरुपित गर्छन् । जसलाई त्यसले प्रतिबिम्बत गरेको हुन्छ’ लेनिन, सङ्कलित रचना सङ्ग्रह, खण्ड १८, पृष्ठ १३७ ।
उदाहरणको निम्ति ‘पृथ्वी भकुन्डो जस्तै गोलो छ’ भन्ने निष्कर्षलाई लिन सकिन्छ । यो निष्कर्ष सत्य छ किनभने त्यो वास्तविकताको अनुरूप छ । पृथ्वीको रूप मानिसको चेतनामा भर पर्दैन र मानिसभन्दा धेरै पहिलेदेखि नै पृथ्वीको अस्तित्व थियो ।
माक्र्सवादी दार्शनिकहरूले के पुष्टि गर्दै आएका छन् भने सत्यको पत्ता लगाउनु भनेको मानिसबाट स्वतन्त्र रहेको त्यो वस्तुगत आधार पत्ता लगाउनु हो । जसले सत्यको सही निष्कर्ष निकाल्छ र गलतबाट वास्तविक ज्ञानलाई छुट्याउने प्रशस्त सम्भावनाका ढोकाहरू खोलिदिन्छ । व्यवहार नै सत्यको एकमात्र यस्तो कसौटी हो, जुन कुनै पनि विचार वा वैज्ञानिक सिद्धान्तको सत्यताबारे जति पनि विवाद गर्न सकिन्छ तर व्यवहारले अर्थात् भौतिक उत्पादन, राजनीतिक सङ्घर्ष, वैज्ञानिक प्रयोगले मात्र यस विवादको अन्तिम फैसला गर्न सक्छ । यस विषयमा कार्लमाक्र्सले लेख्नुभएको छ– ‘मानव चिन्तनले वस्तुगत सत्यताको अभिव्यक्ति गर्दछ कि गर्दैन भन्ने प्रश्न सैद्धान्तिक प्रश्न होइन, यो त व्यावहारिक प्रश्न हो । व्यवहार नै मानिसले सत्यता अर्थात् आफ्नो चिन्तनको इहलौकिकता, व्यावहारिकता र क्षमता प्रमाणित गर्नुपर्छ’ कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह खण्ड ३, पृ. १ ।
तर विभिन्न किसिमका अध्यात्मवादीहरू द्वन्द्वात्मक भौतिकवादको यस महत्वपूर्ण निष्कर्षसित सहमत छैनन्, उनीहरू ज्ञान प्राप्तिमा व्यवहारको महत्वलाई अस्वीकार गर्दछन् र स्वयम् मनुष्य तथा उसको चिन्तन नै सत्यको कसी हो भन्ने ठान्दछन् ।
व्यवहारको जग भनेको मानवीय श्रमशीलता र भौतिक उत्पादन हो । ज्ञानको समष्टिगत व्यवहारबाट प्रमाणित पक्षलाई सिद्धान्त भनिन्छ । सिद्धान्त स्वयम्ले समाजलाई बदल्न सक्दैन । त्यस सिद्धान्तले व्यवहारलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । ज्ञान र सिद्धान्त सही छ कि छैन भनेर जाँच्ने एक मात्र कसौटी व्यवहार हो । ज्ञान र व्यवहारको अन्योन्याश्रित सम्बन्ध रहेको छ ।
ज्ञान प्राप्तिमा अनुभूति, अवधारणा र सिद्धान्तको महत्व
ज्ञान प्राप्ति प्रक्रिया द्वन्द्वात्मक विकासको क्रममा सरलतम् अनुभूतिबाट जटिलतम् वैज्ञानिक सिद्धान्तसम्मको लामो बाटो हो । मानसिको बुद्धि–विवेकले भौतिक वास्तविकताको बारेमा सही ज्ञान प्राप्त गर्ने क्षमता राख्दछ र संसार पूर्णतः बोधगम्य छ ।
मानिसको मगजमा बाह्य जगतले असर पार्दछ र त्यसै अनुरूप मानिसमा अनुभूति, अवधारणा र ज्ञान उत्पन्न गर्दछ । ज्ञानको विषय र स्रोत हामी बाहिरको भौतिक जगत् हो भने ज्ञानको कर्ता, त्यसको वाहक मानव समाज हो । ज्ञान प्राप्तिको प्रक्रिया अज्ञानताबाट ज्ञानीतर्फ, चिन्तन प्रवाहको असीम प्रक्रिया हो ।
प्रकृति र समाजको परिवर्तनका लागि मानिसहरूबाट हुने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । व्यवहार नै ज्ञानको प्रस्थान विन्दु र आधार हो । ज्ञान प्राप्ति मानिसको सैद्धान्तिक क्रियाकलाप हो । सिद्धान्तले जगतको प्रतिबिम्ब मात्र उतार्दछ तर आफैँ वास्तविकतालाई बदल्न सक्दैन । सिद्धान्त र व्यवहारबीचको फरक यही हो । सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ । कुनै उद्देश्य पूर्तितिर निर्देशित हुँदैन । त्यसैले माक्र्सवाद–लेनिनवादले सिद्धान्त र व्यवहारबीचको एकत्वलाई आफ्नो सर्वोच्च व्यवहारबीचको एकत्वलाई आफ्नो सर्वोच्च सिद्धान्त मान्दछ । यस विषयमा भीआई लेनिनले लेख्नुभएको छ– “प्रत्यक्ष बोधबाट भावनात्मक चिन्तनतिर अनि त्यसबाट व्यवहारतिरको बाटो नै सत्यको ज्ञान अर्थात् वतुगत यर्थाथता ज्ञानको द्वन्द्ववादी बाटो हो ” (लेनिन सङ्कलित रचना सङ्ग्रह, खण्ड २९, पृ. १५२–१५३) ।
ज्ञान, ज्ञान प्राप्त गर्ने तरिकाहरू र ज्ञान तथा व्यवहारबीचको अन्तर्सम्बन्ध आदि विषयको अध्ययन गर्ने दर्शनशास्त्रको विशिष्ट शाखालाई ज्ञान सिद्धान्त भनिन्छ । संसारमा दुईखाले दर्शन भएकाले ज्ञान सिद्धान्त पनि दुईखालका नै छन् । भाववादी ज्ञान सिद्धान्तले ज्ञानलाई ईश्वरीय देन ठान्दछ र मानिसको स्वअनुभव वा संवेदनालाई ज्ञानको सं्रोत मान्दछ । भौतिकवादी ज्ञान सिद्धान्तले ज्ञानलाई मानव मस्तिष्कमा बस्तुगत जगत्को प्रतिबिम्ब भन्दछ र वस्तुगत जगत्लाई ज्ञानको स्रोत एवम् व्यवहारलाई ज्ञानको आधार र लक्ष्य मान्दछ ।
ज्ञान भनेको मानव मस्तिष्क एवम् ज्ञानेन्दीयहरूमा पर्ने पदार्थ वा भौतिक जगत्को पं्रतिबिम्ब हो अर्थात् मानिसको चेतनामा बाह्य वस्तु वा घटनाको अस्तिव, गुण र सम्बन्धहरूको बोध हुनु नै ज्ञान हो । मानवीय चेतनाभन्दा बाहिर स्वतन्त्र रूपले अस्तित्वमा रहेका भौतिक वस्तु र घटनाहरूको बिम्ब ज्ञानेन्द्रीयहरूमा पुग्छ र चेतनाले वस्तु वा घटनाको अस्तित्व, गुण सम्बन्धको बोध गर्दछ, त्यही नै ज्ञान हो । त्यसैले ज्ञानलाई मानव मस्तिष्कमा वस्तुगत जगत्को प्रतिबिम्ब भनिन्छ जुन प्रतिबिम्ब यान्त्रिक वा निष्क्रिय नभई रचनात्मक र क्रियाशील हुन्छ । मानव मस्तिष्क भौतिक पदार्थको अत्यन्त उन्नत किसिमको सुसङ्गठित रूप हो जसमा बाह्य जगतलाई परिवर्तन गर्न सक्ने विशेष गुण हुन्छ ।
मानिसले ज्ञानेन्द्रियहरू मार्फत बाह्य जगत्का बस्तु तथा घटनाहरूको बारेमा प्राप्त गर्ने पहिलो अनुभूति हो– ऐन्द्रिक ज्ञान । अनुभूतिलाई लेनिनले वस्तुगत जगत्को मनोगत चित्र भन्नुभएको छ । ऐन्द्रिक ज्ञानले वस्तुहरूको आन्तरिक स्वभाव, तिनको सारतत्व र तिनका विकासका नियमहरूको उद्घाटन गर्न सक्दैन ।
ज्ञान प्राप्तिको विकासमा ऐन्द्रिक ज्ञानभन्दा उच्चस्तरीय चरण हो– तार्किक ज्ञान । तार्किक चिन्तनको मुख्य रूप अवधारणा हो । अवधारणाले वस्तुहरूको गौण लक्षणहरूलाई महŒव नदिई प्रमुख र आम पक्षहरूलाई मात्र प्रतिबिम्ब गर्दछ । व्यवहार नै अवधारणाको उत्पत्तिको आधार हो । ऐन्द्रिक ज्ञानबाट तार्किक ज्ञानतिर सङ्क्रमण भन्नु ज्ञान प्राप्तिको प्रक्रियामा द्वन्द्वात्मक फड्को हो । यस्तो फड्को व्यवहारको आधारमा मात्र सम्पन्न गर्न सकिन्छ ।
ज्ञान कुनै तम्तयार वा अपरिवर्तनीय विषय होइन । प्रत्यक्ष बोध वा अनुभूति ज्ञान प्राप्तिको पहिलो खुड्किलो हो । अज्ञानबाट ज्ञान प्राप्त हुन्छ र अल्प ज्ञानबाट अधिक ज्ञान प्राप्त हुँदै जान्छ । यो प्रक्रिया निरिन्तर जारी रहन्छ । खण्ड–खण्ड गरेर निरन्तरताको निश्चित सीमाहरू हुँदै अनन्तताको, विशिष्ट वा ठोस हुँदै आम वा सामान्यको र सापेक्ष सत्य हुँदै निरपेक्ष सत्यको ज्ञान हुन्छ । ज्ञानको स्रोतको रूपमा रहेको वस्तुगत जगत् निरन्तर गतिशील एवम् विकासशील भएको हुनाले ज्ञान प्राप्तिको प्रक्रिया पनि निरन्तर गतिशील र विकासशील हुन्छ । यो द्वन्द्वात्मक ढङ्गले अगाडि बढिरहन्छ । ज्ञान वृद्धि हुँदै जाँदा कहिलेकाहीँ पुराना मान्यताहरू विस्थापित भएर नयाँ मान्यताहरू स्थापित हुन समेत पुग्दछन् ।
ज्ञान प्राप्तिमा निष्कर्षको ठुलो महत्व हुन्छ । निष्कर्ष भनेको चिन्तनको त्यो रूप हो, जसले कुनै कुराको पुष्टि वा नकार गर्दछ । निष्कर्षभित्र निश्चित अवधारणाहरू पर्दछन् । अवधारणा र निष्कर्षहरू अन्योन्याश्रित हुन्छन् । निश्चित निष्कर्षहरूको आधारमा प्राप्त गरिने नयाँ निष्कर्षलाई अनुमान भन्दछन् । अनुमानको सहायताद्वारा नै विद्यमान ज्ञानबाट नयाँ ज्ञान प्राप्त गर्न सकिन्छ । अवधारणा, निष्कर्ष र अनुमान यी सबैको जटिलतम समुच्चय एवम् एकत्वद्वारा नै परिकल्पना र सिद्धान्त निर्मित हुन्छन् । परिकल्पना भने घटना र नियमहरूको बारेमा पूर्व अनुमान गर्नु हो ।
सत्य ज्ञान प्राप्तिको प्रमुख तत्व हो । सत्य भन्नाले वस्तु सम्बन्धी त्यस्तो ज्ञान हो, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्नुको साथै त्यस अनुरूप हुन्छ । सत्य सदा वस्तुपरक हुन्छ । सत्य सधैँँ यथार्थ हुन्छ । यथार्थ नै सत्य हो । कुनै ज्ञान पूर्णतः र निरपेक्ष रूपमा वास्तविक अनुरूप छ भने त्यसलाई निरपेक्ष सत्य भनिन्छ । कुनै ज्ञान आंशिक रूपमा मात्र वास्तविकता अनुरूप छ भने त्यस्तालाई सापेक्ष सत्य भनिन्छ ।
सत्य जहिले पनि मूर्त हुन्छ, भावनात्मक हुँदैन । सत्यका बारेमा कार्ल माक्र्सले लेख्नुभएको छ– “मानव चिन्तनले वस्तुगत सत्यताको अभिव्यक्ति गर्छ कि गर्दैन भन्ने प्रश्न सैद्धान्तिक प्रश्न होइन । यो व्यावहारिक प्रश्न हो । व्यवहार नै मानिसले सत्यता अर्थात् आफ्नो चिन्तनको इहलौकिकत, वास्तविकता र क्षमता प्रमाणित गर्नुपर्दछ” (काल्र्स माक्र्स–फ्रेडरिक एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह खण्ड ३ पृ. १) । अतः व्यवहार नै सत्यको एक मात्र कसौटी हो र यो नै ज्ञान प्राप्तिको प्रमुख आधार हो ।
वैज्ञानिक ज्ञानको विधि र पद्धतिबारे
भौतिकवादी दर्शनले मानिसले प्राप्त गर्दै आएको ज्ञानको बारेमा वैज्ञानिक रूपमा विविध विधि र पद्धतिका माध्यमबाट सटिक विश्लेषण गरेको छ । मानिसको इच्छाशक्तिदेखि स्वतन्त्र रहेको भौतिक जगत्, मानिसले लगाएको श्रम र व्यवहारद्वारा मानिसका ज्ञानेन्द्रीयका माध्यमले मस्तिष्कमा प्रतिबिम्बित भएको जगत् र जीवनलाई ज्ञान भनिन्छ । अर्को शब्दमा ज्ञान पदार्थको सबभन्दा सुसङ्गठित र सुन्दर उपज हो । ज्ञान व्यवहारबाट बिम्ब निस्कन्छ र पुनः व्यवहारमा जान र अघि बढ्न यसले बाटो देखाउँछ अर्थात्् वस्तुगत जगत्का नियमको सक्रिय तथा उद्देश्यमूलक मानसिक प्रतिबिम्बलाई ज्ञान भनिन्छ भने वस्तुगत जगत्का वास्तविकताहरूलाई आफ्नो पक्षमा ल्याउनको निम्ति गरिने उद्देश्यमूलक भौतिक र मानसिक क्रियाकलापलाई व्यवहार भनिन्छ । ज्ञानको स्रोत मानिसको चारैतिरको जगत्मा उसको व्यवहार हो र त्यसप्रतिको क्रियाकलाप र व्यवहारबाट उसले ज्ञान प्राप्त गर्दछ ।
ब्रह्माण्डमा रहेका वस्तुहरू र घटनाहरूको आन्तरिक स्वभाव तथा सारतत्व तिनको कार्य तथा विकासका नियमहरू पत्ता लगाउनु नै वैज्ञानिक ज्ञान प्राप्तिको लक्ष्य हो । वस्तुगत जगत्मा घट्ने कुनै पनि घटनाहरूको नियमको सारतत्व सतहमा देखापर्दैनन् । तिनलाई पत्ता लगाउनको निम्ति विज्ञान तथा व्यवहारको दीर्घकालीन र जटिलतम विकासको प्रक्रियामा वैज्ञानिक अनुसन्धानका अनेकौँ विधि र पद्धतिहरू तयार पारिएका छन् । यी वैज्ञानिक विधि तथा पद्धतिहरूको हरक्षेत्रमा महत्व हुन्छ । वास्तविक जगत्का विभिन्न घटनाहरूको अनुसन्धान गर्दा जुनसुकै विज्ञानमा पनि ती विधि र पद्धतिको उपयोग गरिन्छ । वैज्ञानिक ज्ञान प्राप्तिको एउटा ज्यादै नै प्रचलित विधि हो– वैज्ञानिक निरीक्षण एवम्् अनुसन्धान । जगत्का वस्तुहरू र घटनाक्रमहरूलाई उनीहरूको स्वाभाविक रूपमा अर्थात्् प्रत्यक्ष वास्तविकतामा ती जस्ता छन् त्यस्तै रूपमा गम्भीररूपले ध्यान दिएर हेर्नु र बोध गर्नु नै वैज्ञानिक निरीक्षण हो । यो विशेष गरी प्राकृतिक विज्ञानहरूमा उपयुक्त हुन्छ । ज्ञान प्राप्तिको एउटा अति महत्वपूर्ण पद्धति हो– प्रयोग । प्राकृतिक विज्ञानमा त्यसको व्यापक रूपले उपयोग गरिन्छ । सामाजिक विज्ञानहरूमा पनि त्यसको महत्व उल्लेखनीय रहन्छ । विज्ञानको क्षेत्रमा प्रयोगशालामा गरिने सानातिना प्रयोगहरूदेखि लिएर ठुल्ठुला उत्पादन सम्बन्धी प्रयोगहरूसम्म प्रयोगहरूको चरित्र ज्यादै महत्वपूर्ण हुन्छ । आजको युगमा जुनबेला विज्ञान प्रत्यक्ष उत्पादन शक्तिमा परिणत भएको छ स्वयम् उत्पादन नै एक विशाल प्रयोग क्षेत्र बन्न गएको छ । जहाँ वैज्ञानिक आविष्कारहरू नवीनतम प्रविधि र प्राद्योगिकी, श्रमको सङ्गठन र सञ्चालन सम्बन्धी नयाँ वैज्ञानिक तरिकाहरूको कठोर तथा सर्वतोमुखी परीक्षण हुन्छ ।
वैज्ञानिक ज्ञान प्राप्तिमा उपकरणहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । निरीक्षण तथा प्रयोग कार्य मानिसहरूले विशेष गरी अनुसन्धानकर्ताहरूले मुख्यतया ज्ञानेन्द्रीयहरूको सहायताबाट गर्दैछन् तर ज्ञानेन्द्रीयहरूको क्षमता सीमित हुन्छ । मान्छेको आँखाले मिलिमिटरको चालीसौँ खण्डभन्दा सानो आकार नभएको वस्तुलाई मात्र देख्न सक्छ । उपकरणहरूको सहायताले ज्ञानेन्द्रीयहरूको सीमिततालाई हटाउन सकिन्छ । उपकरणबिना विज्ञान खास गरिकन आधुनिक विज्ञानको कल्पनासम्म गर्न गाह्रो हुन्छ । जस्तो आधुनिक इलेक्ट्रोनिक सुक्ष्मदर्शक यन्त्रले वस्तुको आकारलाई दसौँ लाख गुणासम्म वृद्धि गर्छ । विज्ञानमा उपयोगमा ल्याइने यन्त्र र उपकरणहरू विभिन्न प्रकारका हुन्छन् । नाप लिने र निरीक्षण गर्ने साधनहरू, समयसूचक यन्त्र, दूरविक्षण यन्त्र, सुक्ष्मदर्शक यन्त्र, भोल्टामिटर, एमिटर, विश्लेषणात्मक तराजु, भूकम्पमापक यन्त्र आदि । त्यसपछि अङ्कन गर्ने उपकरणहरू– फोटो सम्बन्धी यन्त्र, माइक्रो फिल्म, स्मरण शक्ति भएको टेप, समय जाँच्ने घडी इत्यादि उल्लेखनीय छन् । साथै सञ्चारका साधनहरू– टेलिग्राफ, टेलिफोन, रेडियो, टेलिभिजन, रेडियोलोकेटर, फोटोसेल, डिकटाफोन, सङ्केत उपकरण इत्यादि । त्यस्तै सङ्गणना उपकरणहरू– गणना गर्ने यन्त्रहरू जस्तै क्यालकुलेटर, स्लाइड रुल, कम्प्यूटर, गणितीय तालिका इत्यादिको उल्लेख गर्नु अत्यावश्यक हुन्छ । आधुनिक विज्ञानमा सङ्गणना प्रविधिको भूमिका निकै महत्वपूर्ण हुन्छ । यसले मानिसको बौद्धिक सामथ्र्यलाई ठुलो स्तरसम्म विस्तृत गराइदिन्छ । उपकरणहरू सुक्ष्म प्रक्रियाहरू अनुसन्धानका महत्वपूर्ण साधन हुन् ।
विश्लेषण र संश्लेषणको पनि वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा अत्यन्त महत्वपूर्ण स्थान छ । कुनै पनि वस्तु विभिन्न अङ्गहरू, पक्षहरू र स्वभावहरूको एकमुष्ठ प्रणाली हो । जुन तत्वहरू र पक्षहरू मिलेर वस्तु बनेको हुन्छ तिनको स्थान बुझ्न तीमध्ये सारगर्वित तथा प्रमुख कुरा छुट्याउनको लागि वस्तुको विभाजन गर्नु भनेकै विश्लेषण हो । यस विषयमा लेनिनले लेख्नुभएको छ– ‘विश्लेषण भनेको कुनै निश्चित घटनालाई खण्ड–खण्ड पारेर हेर्नु वा विभिन्न भागहरूमा विभाजित गर्नु हो ।’ अतः विश्लेषण निर्जीव पनि हुन सक्तछ र तार्किक वा भावनात्मक पनि हुन सक्तछ । निर्जीव विश्लेषण प्रकृतिको अनुसन्धानमा प्रयोग गरिन्छ भने कुनै कारणले गर्दा वस्तुलाई खण्ड–खण्डमा विभाजित गर्न सकिएन भने तार्किक विश्लेषणको उपयोग गरिन्छ । जैविक अङ्गहरू तथा सामाजिक प्रणालीहरूको अनुसन्धानमा विशेषरूपले तार्किक विश्लेषणको प्रयोग गरेको पाइन्छ ।
वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा विश्लेषणको विपरीत संश्लेषण भनेको वस्तुका विभिन्न खण्ड र पक्षहरूको निर्जीव अथवा तार्किक संयोजन हो । यस पद्धतिबाट वस्तुको आन्तरिक, अत्यावश्यक सम्बन्धहरू पत्ता लगाउन सकिन्छ र यसैका आधारमा वस्तुको निम्ति स्वाभाविक नियमको उद्घाटन गरिन्छ । व्यवहारकै आधारमा मानिसको विश्लेषणात्मक तथा संश्लेषणात्मक ज्ञान प्राप्तिको क्षमता देखापरेको थियो भन्ने वैज्ञानिकहरूको दावी छ । विश्लेषण र संश्लेषणको आपसी एकता हुन्छ किनभने वस्तु र यसका अङ्गहरू तथा पक्षहरूको पनि एकत्व हुन्छ । वैज्ञानिक ज्ञान प्राप्तिका क्षेत्रमा ऐतिहासिक तथा तार्किक पद्धतिहरू, अमूर्त र मूर्त, गणितीय पद्धतिहरूको पनि त्यत्तिकै महत्व हुन्छ ।
माक्र्सवादी ज्ञान सिद्धान्तको महत्व
माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो, दर्शन मानिसको सामान्य दृष्टिकोण हो र यो दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादले लेनिनवाद–माओवादमा विकास गरिसकेको छ र माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारावर्गको मुक्तिको मार्गदर्शक तथा पथप्रदर्शक सिद्धान्त हो ।
दर्शन भनेको एउटा विश्वदृष्टिकोण हो अर्थात् विश्वलाई हेर्ने एउटा दृष्टिकोण हो र त्यो विज्ञानको यस्तो शाखा हो, जसले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका नियमहरूको अध्ययन गर्दछ । हरेक वस्तुहरूको आ–आफ्नै परिभाषा हुन्छ । माक्र्सवादी परिभाषा अनुसार दर्शन भनेको सैद्धान्तिक ज्ञानको त्यो रूप हो, जसले विश्वदृष्टिकोणसित प्रकृति र समाजलाई हेर्ने दृष्टिकोणसित सम्बन्धित सामान्य सवालहरूको विश्लेषण र व्याख्या । प्रस्तुत गर्दछ । प्रकृति र समाजको विकास कुन ढङ्गबाट हुनेगर्छ, ऐतिहासिक विकासका मूल कारण र प्रेरक शक्तिहरू के हुन् ? हाम्रो यस संसारलाई कुन रूपमा बुझ्ने र फेर्न सकिन्छ ? यी र यस्ता प्रकारको सामथ्र्य माक्र्सवादी दर्शनले मात्र राख्दछ ।
अतः दर्शनको अध्ययनले मानिसमा युक्तिसङ्गत ढङ्गले सोच्ने क्षमताको विकास गराउँदछ । व्यक्तिको सैद्धान्तिक चिन्तनले दर्शनमा आफ्नो तरिका र सारतत्व भेटाउँछ भन्ने दर्शनले सैद्धान्तिक चिन्तनलाई रूप र ढाँचा प्रदान गर्दछ, व्यक्तिको चिन्तनधारालाई निर्देशित गर्दछ । त्यसैले माक्र्सवाद विश्वसर्वहारावर्गको आफ्नो दृष्टिकोण हो ।
माक्र्सवादमा ज्ञानका अनेक शाखाहरू छन् ः माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र, माक्र्सवादी समाजशास्त्र, अर्थात् वर्गसङ्घर्ष सम्बन्धी सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यही कुरालाई मनन गरिएन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन् र हामी चिजलाई स्पष्ट नपारीकन यताउतितर्फ गरिरहने छौँ, द्वन्द्वात्मक भौतिकवादलाई बुझेपछि धेरै दुःखबाट बचिनेछ र धेरै गल्तीहरू हट्नेछन् भन्ने माओको गहन संश्लेषणबाट हामी के कुरा प्राप्त गर्दैछौँ भने संसारलाई बदल्न र फेर्न चाहने जो कोहीले पनि माक्र्सवादको अध्ययन गर्न र ज्ञान प्राप्त गर्न जरूरी छ किनकि माक्र्सवाद ज्ञानको विशाल भण्डार हो । सर्वहारावर्गको आफ्नो विश्वदृष्टिकोण हो । एउटा सही भनाइ के छ भने दृष्टिकोण नभएको मानिस जरा नभएको रूख जस्तै हो । क्रान्तिकारी दृष्टिकोण नभइकन सच्चा क्रान्तिकारी बन्न सकिँदैन । समाजमा आमूल परिवर्तन ल्याउने सङ्घर्षमा योग्य र समर्थवाण जोधाहा बन्ने हो भने प्रत्येक क्रान्तिकारीले आफ्नो दिमागलाई क्रान्तिकारीकरण गर्नैपर्छ अर्थात् उसले क्रान्तिकारी दृष्टिकोण ग्रहण गर्न सक्नुपर्दछ । यस्तो दृष्टिकोणले मात्र उसको निम्ति प्रस्ट दिशा र दूरदर्शन प्रदान गर्दछ । यहाँ उल्लेख गरिएको दृष्टिकोणको तात्पर्य माक्र्सवादी दृष्टिकोण हो । यो ज्ञान माक्र्सवादी ज्ञान–सिद्धान्तसित अन्तर्सम्बन्धित रहेको छ । यो र यसै प्रकारका तमाम ज्ञानहरू माक्र्सवादी ज्ञान सिद्धान्तले प्रदान गर्ने भएकोले एउटा क्रान्तिकारी माक्र्सवादीका लागि माक्र्सवादी ज्ञान–सिद्धान्तको बढी महत्व छ ।
निष्कर्ष
ज्ञान प्राप्तिका धेरै शाखाहरू छन्, जसमध्ये माक्र्सवादी ज्ञान–सिद्धान्त ज्ञान प्राप्तिको सबैभन्दा वैज्ञानिक शाखा हो । माक्र्सवादले माक्र्सवादका प्रवर्तक कार्ल–माक्र्सकै शब्दमा ‘संसारको व्याख्या त सबैले गरेका छन् तर मुख्य कुरा त्यसलाई बदल्नु हो’ भने झैं संसारलाई बुझ्न मात्र होइन त्यसलाई बदल्नको निम्ति माक्र्सवाद मात्रै एक वैज्ञानिक अस्त्रको रूपमा प्रमाणित हुन पुगेको छ । संसारलाई बुझ्न र बदल्न तथा नयाँ संसार निर्माण गर्न चाहने हामी माक्र्सवादी–लेनिनवादी–माओवादी क्रान्तिकारीहरूले माक्र्सवादका सबै दार्शनिक तथा सैद्धान्तिक मान्यताहरूप्रति गहिरो ज्ञान प्राप्ति नगरिकन हामी संसारलाई बदल्न सक्दैनौँ र सुन्दर संसार निर्माण गर्ने हाम्रा सपनाहरू कल्पनामै सीमित रहेर मनोगतवादमा गएर टुङ्गिनेछन् । त्यसो भएर हामी क्रान्तिकारी कम्युनिस्टहरूले माक्र्सवादका विविध पक्षहरूमा गहिरो ज्ञान प्राप्त गर्नको निम्ति माक्र्सवादी ज्ञान–सिद्धान्तले महत्वपूर्ण मदत गर्दछ किनभने ज्ञान प्राप्तिको सन्दर्भमा हामी कुन निष्कर्षमा पुग्छौँ भने हरेक वस्तुको विकास छिप्छिपेबाट गहिराइतिर सरलबाट जटिलतातिर सानोबाट ठुलोतिर, सजिलोबाट अप्ठ्यारोको बाटोबाट मात्र अगाडि बढ्न सक्दछ । यो नै माक्र्सवादी प्रमुख आधार हो । त्यसैले हाम्रो क्रान्तिकारी जीवनमा माक्र्सवादी ज्ञान–सिद्धान्तको महत्वपूर्ण स्थान रहेको छ किनभने माक्र्सवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसकै आधारमा मात्र हामी संसारलाई बदल्न र वर्गविहीन, राज्यविहीन मानव समाजको निर्माण गर्न सक्षम हुन्छौँ । त्यसैले हामी मालेमावादी क्रान्तिकारीहरूले माक्र्सवादलाई जीवनदर्शनको रूपमा आत्मसात गर्न जरूरी छ ।
सन्दर्भ सामग्रीहरू
१. कार्ल माक्र्स, पुँजी खण्ड १ र २
२. फ्रेडरिक एङ्गेल्स, ड्युहरिङ्ग मतखण्डन
३. माक्र्स–एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह ः भाग १, २, ३, ८, १०, २०, ३२, ४२, ४३
४. लेनिन सङ्कलित रचना सङ्ग्रह, भाग– ५, १८, १९, २४, ३८
५. माओत्सेतुङ् चुनिएका रचनाहरू, भाग– १, २, ३, ५, ८
६. लेनिन ः एक पाइला अगाडि दुई पाइला पछाडि
७. महान््् रूसी अक्टुबर क्रान्तिको इतिहास
८. चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास
९. महान््् बहस
१०. हो चि मिन्ह, क्रान्तिकारी नैतिकता
११. कम्युनिस्ट नैतिकता
१२. स्टालिन–लेनिनवादका आधारहरू
१३. प्लेखानोभ, चुनिएका दार्शनिक कृतिहरू ः भाग १ र २
१४. लेनिन, माक्र्स–एङ्गेल्स–माक्र्सवाद
१७. मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन
१८. कृष्णदास श्रेष्ठ, कार्ल माक्र्स ः व्यक्तित्व र कृतित्व
१९. हस्तबहादुर केसी, माक्र्सवादी दर्शनशास्त्रका रूपरेखा
२०. हस्तबहादुर केसी, माक्र्सवादी दर्शनशास्त्रका सिद्धान्तहरू

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |