आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

पत्रिकाको पहिलो अंक प्रकाशकीय पढ्नुहोस

पुरानै काम,नयाँ संकल्प
सर्बप्रथम त तपाईहरु माँझ नियमित प्रकाशनका साथ आउन पाउदा हामी निकै खुसि भएका छौ । रुकुममा छापा सञ्चारको आबश्यकता र महत्व महसुस गरी हामीले करिब ५ महिना अघिदेखि यो काम थालेका थियौ । बिधिबत रुपमा ६९ पुस २५ गते जिल्ला प्रशासन कार्यालय रुकुममा दर्ता गरी अगाडि थालीएको यस कार्य हामीले केहि समय अघि नै प्रकाशन गर्ने तयारी पुरा भएको भएपनि अहिले मात्र तपाईहरु माँझ आएका छौ ।
 खासगरी बैशाख १ गतेदेखि हामी नियमित प्रकाशनका लागि प्रकासन गर्ने तयारीका साथ काम थालेको र उक्त मितिका हामीले प्रकासनका लागि आबश्यक सम्पुर्ण तयारी पुरा गरेका थियौ । तर उक्त प्रकाशनको पहिलो अंक हामीले बन्द गरेर नमुना अंकको रुपमा मात्र अनलाईन मार्फत सार्बजनिक गरियो । किनकी त्यो तपाईहरुको सल्लाह र सुझाबका आधारमा गरेका थियौ । रुकुमका पत्रिका नयाँ बर्षको शुरुमा मात्र निस्कने र पछि बन्द हुने संस्कार पुरानै र त्यो संस्कार राम्रो नभएको भनेर तपाईहरुले हामीलाई सुझाब दिएपछि हामीले सम्पुर्ण तयारी पुरा भएको पत्रिका प्रकाशन रोकेका थियौ । तपाईहरुको सल्लाह अनुसार जेठको पहिलो साताको मंगलबार नियमित प्रकासनका साथ हामी आएका छौ ।
यस अघि पनि हामीले बिभिन्न मध्यायमबाट तपाईहरुलाई आहा सञ्चारको खुराक चखाईरहेका थियौ । जस्तोकी हामी बिगत ४ बर्षदेखि बिभिन्न नामको ब्लगबाट तपाईहरुलाई समाचार तथा बिचार दिईरहेको भएपनि ६९ पुसदेखि आफुसंग उपलब्ध सा्रेत आहा सञ्चार नामको ब्लगबाट जिल्लामै पहिलो ब्लग अनलाईन पत्रकारिता शुरु गरेका थियौ र  गरिरहने पनि छौ । रुकुममा एक दर्जन बढी पत्रिका दर्ता भएपनि अहिले कुनै पनि समाचार प्रधान पत्रिका नियमित प्रकाशनमा छैनन् । जुन संख्यामा आहा सञ्चार पनि थपिएको छ । रुकुम जस्तो सानो बजार तथा अन्य बिबिध प्राबिधिक समस्याका बिच हामी पनि यो समस्याबाट अछुतो त छैनौ तर निरन्तरता माथी संघर्ष गर्ने आँट र साहास हामीले जुटाउने प्रयास गरेका छौ ।
निरन्तरताको लागि सुझाब सल्लाह दिने तपाई पाठक तथा आर्थिक रुपमा सहयोग गर्ने तपाई बिज्ञापनदाताहरुको ठुलो भुमिका रहेको छ । जसका लागि हामीले रुकुमेली छापा सञ्चार माध्यामलाई जोगाउँदै नयाँ सिराबाट समाचार पस्काउने कर्तब्य बोकाछौ छौ भने तपाईहरुको पस्केका सामाम्री लिर्दै आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने कर्तब्य हुन आउछ । रुकुममा आहा सञ्चार प्रकासन थाल्नु अनौठोे कुरा स्वयम हामीलाई पनि लाग्दैन । रुकुमको सन्दर्भमा त पत्रिका निकाल्नु भन्दा टिकाउनु अनौठो कुरा हो जस्तो लाग्छ । त्यसकारण नयाँ जोस र जाँगरका साथ प्रकासनको यात्रा थालेको आहा सञ्चारलाई तपाईहरुको सानो सहयोग र सदिक्षा आबश्यक छ । जनसुकै ब्यक्ति तथा निकायलाई पनि सञ्चारको आबयश्कता खट्कीन्छनै,  त्यसरीनै हामीलाई पनि तपाईहरुकै आर्शिबाद खट्किन्छ । मिडिया देखि कोहि डराउने र कोहि सामान्य ठान्नु दुबै कमजोरी हो ।
 मिडिया न त कसैलाई धम्क्याउने साधन नत सामान्य कुरा  । मिडिया त केवल      जनसरकोरका बिषयबस्तुलाई महत्व दिने तपाईहरुकै बिश्वब्यापी शक्ति हो । मिडियालाई सकारात्मक वा नकारात्मक तवरबाट कसरी लिने भन्ने त्यो तपाई हामीको समझदारी र सहकार्यमा भरपर्ने कुरा हो । हामीले हाम्रो मुल नारा पनि तय गरेका छौ (समाचार र बिचारमा आहा) यसरीनै हामी तपाईहरु माँझ आहा समाचार र आहा बिचार लगायतका अन्य सामाग्री दिन चाहान्छौ । त्यसकारण तपाईहरले हाम्रो प्रकाशनको        सकारात्मक सदुपयोग गरी हाम्रो पुरानै काम तर नयाँ संकल्प पुरा गर्न सहयोग गर्न सबै निकायहरुसंग सहयोगको अपेक्षा राखेका छौ । धन्यबाद । २०७० जेठ ७ गते मंगलबार

................
मेगराज खड्का
प्रकाशक/सम्पादक

1 comments:

Unknown said...

aaha

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |