आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, July 26, 2016

रुकुममा बजेट आएन जस्तो लाग्छ, २४ करोड त यहि साल खर्च हुन सकेन नी ?

मेगराज खड्का
रुकुम 

जिल्लाको विकास निर्माण गर्न आवश्यक बजेट नआउदा सोचेजस्तो विकास हुन नसकेको बिभिन्न क्षेत्रबाट भन्ने गरेको पाईन्छ । तर जिल्लामा आउने करोडौं रकम भने बर्षेणी खर्च हुन नसकी फिर्ता हुने गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा रुकुमबाट २४ करोड बढी बजेट फ्रिज भएको छ । जिल्लाको कुल बजेट २ अर्ब ८८ करोड ५७ लाख रुपैयाँ रहेकोमा २ अर्ब ६४ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको हो । जसमा जिल्लाको चालु बजेट तर्फ २ अर्ब ३५ करोड १९ लाख रुपैयाँ रहेकोमा २ अर्ब २१ करोड ४१ लाख मात्र खर्च भएको छ ।
 त्यस्तै पुँजीगत तर्फ ५३ करोड ३८ लाख रुपैयाँ रहेकोमा ४२ करोड ८६ लाख रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुमका कोष नियन्त्रक कर्ण बहादुर बोहराले जानकारी दिए । उनका अनुसार रुकुम जिल्लाको सन्दर्भमा प्राय सबै कार्यालयको सानोतिनो बजेट फिर्ता गएको भएपनि जिल्ला विकास समिति, सिंचाई, प्राबिधिक कार्यालय र खानेपानी कार्यालयको बजेट अरुभन्दा धेरै खर्च हुन नसकी फिर्ता भएको जानकारी दिए । कार्यालयका अनुसार जिल्ला विकास समितिको करिब ३ करोड ७४ लाख रकम फिर्ता भएको छ भने सिचाई कार्यालयको पनि ३ करोड ६८ लाख रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ ।

 त्यस्तै जिल्ला प्राबिधिक कार्यालयको १ करोड २३ लाख र खानेपानी कार्यालयको २३ लाख रुपैयाँ खर्च हुन नसकेको हो । विशेष गरी ढिलो गरेर खर्च निकासा र उपभोक्ता समिति बिचमा हुने किचलोका कारण विकास बजेट फ्रिज हुने गरेको सम्बन्धीत कार्यालयहरुले बताएका छन ।  आर्थिक वर्ष २०७१÷७२ मा रुकुमबाट १५ करोड बढी बजेट फ्रिज भएको थियो । तर आर्थिक वर्ष २०७२/७३ अघिल्लो आर्थिक बर्षको भन्दा करिब दोब्बर रकम फ्रिज भएको हो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |