आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, February 13, 2017

बीमा मानिसको जीवनमा अनिबार्य गर्नुपर्ने कुरा हो


आहा टक
रोल्पा पाछाबाङ ७ मा २७ बर्ष अघि जन्मिएका देउ कुमार वली हाल रुकुम सदरमुकाम खलंगामा बस्छन । प्राइमलाइफ कम्पनी लिमिटेड उपशाखा रुकुमको ईन्चार्जमा कार्यरत वली मान्छेको जीवन जोखिमै जोखिमले जेलिएको अर्थ लगाउदै मानब जीवमा अनिबार्य रुपमा बीमा गर्नुपर्ने कुरामा जोड दिन्छन । धेरै साथीभाईसंग भेटघाट गर्न रुचाउने वलीले प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गरेका छन । उनै वलीसंग आहा सञ्चार साप्ताहिक रुकुमको नियमित स्तम्भ आहा टकका लागि जीवन, प्रेम, व्यवसाय र दैनिकीमा केन्द्रित हरेर गरिएको कुराकानी ।

तपाईको बुझाईमा जीवन के हो ?
दुख र सुखको संगम सगै अनिश्चित जोखिमले घेरिएको परिणाम नै जीवन हो । जीवन भित्रको जोखिम कहिले आन्तरिक त कहिले बाह्य प्रभाबका कारण सृजना हुने गरेको छ । 

तपाईंलाई के कुरासँग बढी डर लाग्छ ?
मलाई कुनै कुरा देखि पनि डर लाग्दैन । 

मान्छे मृत्यु पछि अर्को जन्म गर्छ भन्ने कुरा पत्याउनु हुन्छ ?
पत्याउदैन, किनकी अहिले सम्म कुनै पनि बैज्ञानिक तवरले यसको पुष्टि गर्न सकेको छैन । 
मागी बिबाह, भागि बिबाह र प्रेम बिबाह मध्य तपाईलाई कुन मन पर्छ र किन ? 
यसमा मलाई यी तिन ओटै बिबाह मन पर्छ । किनकी यी सबैको आआफ्नै परिभाषा, सोच, बिचार, संस्कृति र चाहाना छन । 

दैनिक सबैभन्दा बढी रकम के मा खर्च गर्नुहुन्छ ?
मोवाईल फोनमा सबैभन्दा बढी खर्च हुन्छ किनकी धेरै साथीभाईलाई फोन गर्ने बानी छ ।

जीवनको यो समयसम्म आईपुग्दा के कुरा गर्न नपाएर पछुतो लागिरहेको छ ?
हाहा, आजसम्म कुरा भन्दा पनि काम गर्न नपाएर पछुतो लागिरहेको छ । 
तपाईको हालसम्मकै सम्झना लायक भ्रमण ? 
ईन्डोनिसियाको बाली भ्रमण अहिले सम्म भन्दा पनि मेरो जीवन भरी नै यहि हुन्छ जस्तो लाग्छ ।

प्रेम भनेको तपाईको बुझाईमा के हो ?
प्रेमलाई धेरै तरिकाबाट बुझ्न सकिन्छ तर मेरो बुझाईमा जीवनमा जीउने तत्व हो । 

तपाई बीमा कम्पनीमा काम गर्नुहुन्छ, मान्छेले बीमा किन गर्नुपर्ने ?
बीमा मानिसको जीवनमा अनिबार्य गर्नुपर्ने कुरा हो । जीवन बिमाको मुख्य उदेश्य जोखिम     हस्तान्तरण गर्नु हो । बीमाको माध्यमबाट मानब जीवनमा आईपर्ने जोखिमहरुलाई बीमा कम्पनीमा हस्तान्तरण गरि करार अनुसारको क्षतिपुर्ति लिन सकिन्छ । बीमा मानब जीवनमा अतिआवश्यक हुन्छ । 
यदि बीमा गरिएको खण्डमा जसको आम्दानीमा परिवारका सदस्यहरु आश्रीत रहेका छन उहाँको मृत्युपछि पछि परिवारजनहरुले राहत पाउछन । क्षति बिरुद्धको सुरक्षा, बचत, आश्रितको भलाई, परनिर्भरताको उन्मुलन, ब्यक्तिगत आवश्यकताको पुर्ति, बालबच्चाको शिक्षादिक्षा, ऋण भारबाट मुक्ति तथा ऋण लिने सुबिधा, सरकारलाई कोष निर्माणमा सहयोग र कर्मचारीको  प्रेरणाको लागि बीमा आवश्यक छ । 
तपाईं कहिले र कहाँ सबैभन्दा बढी खुशी हुनुभयो ? 
म जुन दिन यस पृथ्बीमा मेरो आमाले पाईला टेकाउनु भयो त्यसै दिन सबैभन्दा बढी खुसि भए । हाहाहा

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |