आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, February 22, 2017

व्यवसायमा बढोत्तरीः मध्यपश्चिम रुकुम महोत्सवको मूल उद्देश्य

यही फागुन १२ देखि २१ रुकुम सदरमुकाम खलंगामा मध्यपश्चिम रुकुम महोत्सव २०७३ सञ्चालन हुँदैछ । रुकुम उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको तयारी अन्तिम चरणमा छ । पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवको विभिन्न पक्षमा रुकुम उद्योग वाणिज्य संघका सदस्य, समारोह समिति सदस्य तथा स्वयमसेवक परिचालन समितिका संयोजक धनबहादुर खड्का (बसन्त)संग गरिएको आहा कुराकानीको  सारसंक्षेप । सम्पादक ।

मध्यपश्चिम रुकुम महोत्सव किन ?
जिल्लाको व्यवसायिक विकास, व्यवसायिको व्यवसायमा    बढोत्तरी गर्ने यसको मूल उद्देश्य हो । यसका साथै महोत्सव गरिनु पछाडिको अर्को उद्देश्य पनि के हो भने जिल्ला भित्रका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन र तिनिहरुको विकासमा टेवा पु¥याउनु । कृषि, जडिबुटी र पशु व्यवसायको प्रचार, प्रबद्र्ध नर बजारीकरणको साथै महोत्सवले अर्को उद्देश्य पनि बोकेको छ त्यो हो रुकुम उद्योग वाणिज्य संघको समग्र, संस्थागत, संरचनागत विकास पनि । 

रुकुम मात्रै नभएर मध्यपश्चिम महोत्सव किन त ? 
यो महोत्सव रुकुमममा हुँदैछ तर यो रुकुममा मात्रै सीमित रहदैन अर्थात महोत्सवलाई जति सक्दो बृहत बनाउने उद्देश्य हाम्रो छ । यो महोत्सव मध्पश्चिमका सबै जिल्ला, सहर, ठाउँको हो । त्यहाँबाट पनि दर्शक,पाहुनाहरुको आगमन हुन्छ । महोत्सव स्थल बह्राटाकुरामा हामीले सकेसम्म मध्यपश्चिमका सबै क्षेत्रको प्रतिनिधित्व रहनेगरी स्टल निर्माण गरेका छौं । महोत्सव रुकुममा हुँदैछ तर यो मध्यपश्चिम भरिको हुँदैछ । फेरि के दुविधा नहोस् भने महोत्सव मध्यपश्चिममा मात्रै पनि सीमित हुँदैन यहाँ देश तथा विदेशबाट पनि दर्शक ल्याउने, आउने क्रम सुरु भैसकेको छ । 

ककस्को सहयोगमा यो सञ्चालन हुँदैछ त ?
रुकुम उद्योग वाणिज्य संघ आयोजक हुनुका नाताले सबैभन्दा पहिला त यो महोत्सव व्यापारी, व्यवसायिको सहयोग विना सम्भव थिएन÷छैन । महोत्सव आयोजना गर्ने सवालमा रुकुमका व्यापारी व्यवसायिको त हुने नै भयो यसका अलवाा अन्य सहर, बजार, र जिल्लाका व्यवसायिको पनि यसमा सहयोग भैरहेको छ । महोत्सव सञ्चालन अवधिभर सहयोगको अपेक्षा हामीले गरेको छौं र विश्वस्त पनि छौं उहाँहरु सबैको यस्तै सहयोग रहिरहनेछ । अर्को महत्वपूर्ण सहयोगी निकाय भनेको हामी व्यापारी, व्यवसायिहरुको छाता सगठन नेपाल उद्योग वाणिज्य महासंघ हो । 
उसकै संरक्षनमा हामी यत्रो ठूलो कार्यक्रम आयोजना गरेका हौं । यस्तै प्रकृतिका कार्यक्रम तथा महोत्सवहरु यस अघि अन्य जिल्लाहरुमा पनि भैसकेका छन् । हाम्रो जिल्लामा पहिलो पटक आयोजना गरिएको महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघको साथै जिल्ला विकास समिति, मुसीकोट÷  चौरजहारी नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायत जिल्लामा रहेका सबै व्यापारी, व्यवसायी, सरकारी तथा         गैरसकारी कार्यालय, राजनीतिक दल, पत्रकार सर्वसाधारण सबैको सहयोग भैरहेको छ । यो सहयोग विना महोत्सवको आयोजना आट्न पनि सकिदैन थियो । त्यसैले हाम्रो अपेक्षा अनुसारको सहयोग जारी छ । मनकारी सहयोगिकै कारण हामीले महोत्सवको ९० प्रतिशत बढी काम सकिसकेका छौं । 

महोत्सवमा किन आउनुपर्ने ? 
पहिलो कुरो यस्तो बृहत योजना सहितको महोत्सव रुकुममा पहिलो पटक हुन लागेको छ । यसको अर्थ यस अघि जिल्लाका विभिन्न ठाउँमा भएका महोत्सव पनि कमै महत्वका थिए भन्न खोजेको भने पक्कै होइन । तर १० दिन लामो महोत्सवमा जिल्लाका पर्यटकीय स्थलहरु, कृषि, जडिबुटी तथा व्यवसायिक स्टलहरुको अध्ययन अवलोकनका साथै आफूसँग भएको सामान विक्री तथा आवश्यक वस्तु खरिदको व्यवस्था पनि त्यहाँ हुने छ । एउटा दर्शक महोत्सवमा आउँदा ठूलो सोचका साथ आउन अनुरोध गर्दछु । 
किनभने रुकुमका पर्यटकीय क्षेत्रको बारेमा  जानकारी, कृषि तथा जडिबुटी स्टल, व्यवसायिक स्टलहरु र तिनका बारेमा यथेष्ट जानकारी लिने गरी महोत्सवमा पाल्न म मुल आयोजक समितिका सदस्यको हैसियतले सबैलाई आग्रह गर्दछु । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा दशै दिन फरक÷फरक मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । स्थानीय कला,गलाको सम्मानका लागि प्रतिभा हुनेले आङ्खनो प्रतिभा देखाउने अवसर पनि महोत्सवले जुटाउने छ । यसको साथै जिल्लामै पहिलो पटक नेपाल पुलिस कल्चर क्लवको कार्यक्रम हुँदै छ । यस्तो अवसर दर्शक तथा सर्वसाधारणले गुमाउनुहुन्न भन्ने विश्वासमा म छु । 

तपाइहरुको दावी जस्तै पाँच लाख दर्शक आए भने बह्राटाकुराको सानो मैदानले कसरी थेग्ला ? यस्को व्यवस्थापन सरी सोच्नुभएको छ ? 

पहिलो कुरा महोत्सव १० दिन चल्दैछ । हाम्रो दावी एकै दिन ५ लाख दर्शक आउछन् भन्ने हुँदै होइन । १० दिनको अवधिभर आउने  जानेहरु गरेर ५ लाख पुग्ने अनुमान हाम्रो हो ।  महोत्सवको चुस्त व्यवस्थापनका लागि हामी खटिरहेका छौं । पार्किङ लगायतका कुरालाई व्यवस्थित भैसकेको छ । खानेपानी, अस्थायी शौचालय, स्वास्थ्य क्याम्प लगायतका कुराहरु पनि तयारी हालतमा छन् । यसको व्यवस्थापनमा हामी आफै पनि लागिरहेका छौं, यसको साथै यहाँ प्रशासन प्रहरी, स्वास्थ्य लगायतले हामीलाई सहयोग पु¥याइराख्नु भएको छ । सुरक्षा संवेदशिलतालाई मध्यनजर गर्दै महोत्सव स्थल र त्यसमा      राखिएका स्टल सुरक्षार्थ सेक्युरीटी गार्डहरु तयारी हालतमा    राखिएको छ । 
त्यत्तिकै मात्रामा स्वयसेवकहरु पनि परिचालित छन् । म महोत्सवको व्यवस्थापनमा सहोग पु¥याइरहनु भएका सबैलाई मूल आयोजक समितिको तर्फबाट धन्यबाद पनि दिन चाहन्छु । म के विश्वास दिलाउन चाहन्छु भने महोत्सव ढुक्क तरिकाले आउनुस, रमाउनुस, चाहेको जानकारी लिनुहोस्, अन्य व्यवस्थापनको, सुरक्षाको चिन्ता तपाइले होइन हामीले लिइरहेका छौं । 
अर्को महत्वपूर्ण कुरा के छ भने । महोत्सलाई मात्रै लक्षित गरी नभै बह्राटाकुराको खेल मैदानको विकास स्वरुप प्याराफिट निर्माणको काम जारी छ । यसको लागि माननीय युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीलाई आयोजकको तर्फबााट धन्यवाद दिन चाहन्छौं । यो प्याराफिट निर्माणको कार्यले पनि महोत्सव व्यवस्थापनको लागि सजिलो भएको छ । महोत्सव हुने कुरा थाहा पाएपछि मन्त्री ज्युले आकस्मिक रुपमा काम थाल्न आग्रह गर्नुभएको थियो । प्यापारफिट निर्माणमा कम्तिमा ३० लाख बजेट आउने आश्वासन हामीले पाएका छौं । यति बजेटले बह्राटाकुराको मैदान थप व्यवस्थित हुनेछ । आयोजक समितिले त्यसमा थप बजेटको माग पनि उहाँसग गरेको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |