आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, February 20, 2017

पत्रकार महासंघ रुकुममा कसले मार्ला बाजी ?

आहा सञ्चार
रुकुम
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले तोके अनुसार रुकुम सहित मध्यपश्चिममा यहि फागुन १२ गते एकैसाथ पत्रकार महासंघका शाखाहरुको अधिबेशन हुदै छ । जस अनुसार रुकुममा पनि पत्रकार संगठन र पत्रकारहरु बिच जिल्ला अधिबेशनको माहोल तातिरहेको छ । अध्यक्ष आफ्नो पोल्टामा पार्न बिभिन्न पेशागत संघसंगठनहरुले बिभिन्न पक्षसंग छलफल, बार्ता र अन्य दौडधुप गरिरहेका छन । यसपटक पत्रकार महासंघ रुकुमको अध्यक्षको लागि तिन जनाको नाम चर्चामा छ । जसमा हालका अध्यक्ष गणेश चिन्तनले पुनः अध्यक्षका लागि लड्ने तयारी गरेका छन भने पत्रकार धनबिर दाहाल र डिलबहादुर शाही पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी रहेका छन । पत्रकार महासंघको निर्बाचन कार्यबिधीले साधारण सदस्य बनेको ७ बर्ष पुगेको अवस्थामा मात्र अध्यक्षको लागि उम्मेदबार बन्न सक्ने प्रावधान राखेका कारण पनि सहमतिय वातावरण बाहेक अन्य अवस्थामा जिल्लामा यी तिन जना नै अध्यक्षको उम्मेदवार योग्य छन ।
यस्तो छ यी ३ को संभावना र चनौति
पत्रकार महासंघ रुकुममा आवद्ध १ सय बढी साधारण सदस्यहरु छन । जसमा सबैभन्दा बढी साधारण सदस्यहरु क्रमस प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन र प्रेस सोसाईटि संग आवद्ध छन । जसमा गाणेश चिन्तन प्रेस सोसाईटि, धनबिर दाहाल प्रेस चौतारी र डिल बहादुर शाही प्रेस युनियनसंग आवद्ध पत्रकारहरु हुन । गणेश चिन्तन हालका अध्यक्ष समेत रहेका कारण उनको पनि पत्रकारहरु संगको सम्बन्ध राम्रै नै छ भने ठुला पत्रकार संघसंगठनहरुले एक अर्कालाई नस्वीकारेको अवस्थामा प्रेस सोसाईटिको तर्फबाट पुनः अध्यक्षमा बाजी मार्ने संभावना बलियो छ । उनी आफु सबै संघसंगठनहरु बिचको सर्बसम्मत निर्णयबाट पुनः अध्यक्षमा निर्बाचित हुने दाबी गर्दछन । त्यस्तै अर्का पत्रकार धनबिर दाहाल पनि अध्यक्षको उम्मेदवार बन्ने चर्चामा छन । अघिल्लो चुनाबमा नै अध्यक्षको उम्मेदबार बन्ने तयारी गरेका दाहाल पत्रकार संघसंगठनहरु बिच सहमतिय रुपमा गणेश चिन्तनलाई अध्यक्ष बनाउने निर्णय गरेपछि पछि हटेका थिए । त्यसकारण पनि आफ्नो जुनसुकै शक्ति लगाएर भएपनि यसपटक अध्यक्ष बनेरै छाड्ने प्रयासमा छन । पार्टी, संगठन र क्रियासिल पत्रकारको रुपबाट पनि दबाब दिईरहेका दाहाल पत्रकार महासंघ रुकुमको उपाध्यक्ष समेत भैईसकेका छन । तर उनको संगठन प्रेस चौतारीले कसको नेतृत्वमा महासंघमा जाने भनेर हाल सम्म खुल्ला रुपमा औपचापरिक कुनै घोषणा गरेको छैन । चौतारीले दाहाललाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेमा उनको पनि अध्यक्ष उम्मेदवारी बलियो हुने देखिन्छ । उनी अन्य दुई भन्दा क्रियासिल पत्रकार पनि हुन । तर पनि आन्तरिक किचलो र गुटउपगुटका कारण चौतारीले दाहाल बाहेकको अन्य कुनै पात्रलाई महासंघमा नेतृत्व गरेर पठाउने कसरत गरेको स्रोतको दाबी छ । त्यस्तै डिल बहादुर शाहि जिल्लाको सन्दर्भमा पुराना पत्रकार हुन । उनले साताअघि नै आफु पत्रकार महासंघ रुकुमको अध्यक्षमा लड्ने तयारी गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्बजनिक गरिसकेका छन । अध्यक्षको उम्मेदवार बन्ने घोषणा सगै उनले के गरौं ? भनेर सबैसंग सुझाब पनि मागेका छन । शाहीलाई प्रेस युनियनमा निर्बाचन मापदण्ड पुगेका एक्ला पत्रकार भएपनि उनकै संगठनले उनलाई अध्यक्षको उम्मेदवारी बनाउछ या बनाउदैन औपचापरिक कुनै घोषणा नगरेका कारण अहिले नै केहि भन्न सकिने अवस्था छैन । तर उनी पत्रकारिता सगै सरकारी जागिरे पनि भएका कारण उनलाई अध्यक्षको उम्मेदवार बनाउन नसकिने संगठनमा आवाज ठुलै छ । 
कसले मार्ला त अध्यक्षको बाजी ?
पत्रकार महासंघ रुकुममा हाल सम्म पनि निर्बाचन नभएर सहमतिय आधारमा नेतृत्व छनोट भैरहेको छ । पत्रकार संघसंगठनहरुले भागबण्डा गर्दै आईरहेका छन । यसपटक पनि सहमतिय आधारमा नै अध्यक्ष सहितको कार्यसमिति चयन हुने संभावना नै देखिन्छ । यदि चुनाब हुने अवस्था आएमा कुनै पनि दुई संगठनहरु मिल्नु पर्छ तर हाल सम्म पनि कुनै पनि संगठनहरु एक आपसमा चुनाबी सहकार्य गर्ने भनेर औपचारिक घोषणा नगरेका कारण सहमतिय आधारमा अध्यक्ष हुने संभावना देखिन्छ । कुनै दुई संगठनहरु बिच सहकार्य भएर चुनाब भएमा एउटा संगठनको महांसंघमा प्रतिनिधित्व हुने संभावना नहुने भएका कारण सहमतिय रटान भैरहेको छ । अघिल्लो चुनाबमा प्रेस युनियन र प्रेस सेन्टर बिच सहकार्य हुँदा चौतारी समस्यामा परेपछि सहमतिय आधारमा प्रेस सेन्टरको तर्फबाट गणेश चिन्तन अध्यक्ष बनेका थिए भने अन्य पदहरु भागबन्डा गरिएको थियो ।  त्यसकारण पनि माथी उल्लेखित ३ जना मध्य गणेश चिन्तनले पुनः अध्यक्षमा बाजी मार्ने संभावना बलियो छ । त्यस्तै चौतारी ठुलो संगठन रहेका कारण र धनबिर दाहाललाई उम्मेदवार बनाएमा पनि उनको पनि संभावना नजिक छ । तर अधिबेशन आउने केहि दिन अझै बाँकी रहेका कारण यसबिचमा हुने निर्णायक छलफलमा पनि भर हुने छ । 

1 comments:

Unknown said...

डिल

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |