आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 26, 2017

समाचारको प्रभाव पर्दा सबैभन्दा बढी खुसि हुन्छु

रुकुम चौरजहारी नगरपालिका १०, कोटजहारीमा २०४४ साल मंसिर १६ गते जन्मिएका गोपाल प्रसाद रेग्मी रुकुमका सक्रिय पत्रकार हुन । एक दशक देखि पत्रकारितामा क्रियासिल रेग्मी हाल काठमाण्डौ स्थित पोलिगन कलेजमा आम सञ्चार तथा पत्रकारिता बिषय लिएर स्नाकोत्तर दोस्रो सेमेस्टरमा अध्ययन गरिरहेका छन । समाज सेवामा रुची राख्ने रेग्मी संग आहा सञ्चार साप्ताहिक रुकुमको नियमित स्तम्भ आहा टकका लागि उनको जीवन, प्रेम र दैनिकीसंग केन्द्रित रहेर गरिएको आहा कुराकानी

तपाईको बिचारमा प्रेम के हो ?
प्राकृतिक शक्ति हो । 
लभ गर्न थालेको कति समय पछि तपाईले बिहे गर्नुभएको थियो ?
१ वर्ष पछि मेरो प्रेम संगसंगै मागी विहे भएको थियो । 
तपाई आफ्नो मान्छे बन्नु भन्दा अघि म्याडमले राखेको एउटा प्रस्ताब ?
हाहाहा प्रश्न गम्भीर उठाउनु भयो । विहे गर्नुभनेको  जिम्मेवारी वोध गर्नु हो । घर र माईती लाई मिलाएर लिन सक्नु पर्छ । भन्ने प्रस्ताव थियो । यस लाई मैले महशुस गरे समाजमा हुने अधिकांस घटना पारिवारीक कलह सासु र    वुहारी विचमा हुने गरेका छन । मेरो घरको हकमा आमा नै वुवा हो । त्यो भएर यो प्रस्ताव मैले स्वीकार गरे । विहे गरेको करिव ३ वर्ष पुगेर ४ वर्ष हुन थाल्यो सासु वुहारीको विचमा कुनै पनि तिक्तता छैन ।
मागी बिबाह, भागि बिबाह र प्रेम बिबाह मध्य तपाईलाई कुन मन पर्छ र किन ? 
नेपालको हकमा हर्ने हो भने प्राय जसो मागी विहे नै हुने     गरेका छन । पछिल्लो समयमा आएर सुचना र प्रविधिको     कारण प्रेम विवाह हुने गरेको छ । यो संससंगै भागी विवाह चोरी विवाह जारिके विवाह पनि भैरहेका छन । जिन्दगी जिउने भनेको केटा केटीले हो नि ? त्यो निर्णय गर्न पाउने अधिकार उनीहरु संग हुन्छ । प्रेम विवाह नै राम्रो हो । जसको कारण कसै लाई पनि दोषारोपन गर्न पाईएन नि ? 
हिजोआज गाउँघरदेखि सहर सम्म फेसबुकको चर्चा छ, तपाई कतिको चलाउनुहुन्छ र किन ?
ठिक तपाईले भने जस्तै सामाजिक संजाल फेसवुक गाउँ देखि शहर सम्म अधिकांस सवैले चलाउनु हुन्छ । जसको कारण व्रामण्ड पनि एउटा गाउँ जस्तै भएको छ । सेकेन्डमै विश्वका कुनै पनि देशमा वसोवास गर्ने साथीहरुको वारेमा जान्न सकिन्छ । सूचना ज्ञान विज्ञान र साथीहरु संग फेसवुक मार्फत कुराकानी गर्न दैनिक क्रियाकलाप शेयर गर्न सकिन्छ । यो राम्रो कुरा हो । तर फेसवुक लाई जान्न नसकेर कतिपय ठाउँमा घटनाहरु पनि घटेका छन । यसको सदुपयोग गर्न आवाश्यक छ । फुर्सद भएमा फेसवुकमा अपडेट हुन्छ । यो वाहेक टुईटर, भाईवर, वाटसयाप र स्क्याप पनि चलाउछु  ।
तपाई एउटा व्यवसायिक पत्रकार पनि हुनुहुन्छ । अहिले कुन काममा ब्यस्त हुनुहुन्छ ?
मास्टर्श ईन आर्टसको दोस्रो सेमिष्टको आन्तरिक परिक्षा      चलिरहेको छ । यो संगसंगै फाईनल परिक्षाको तयारीमा छु । भने उता  गएको पौष २७ गते देखि जिल्लाको चौरजहारी नगरपालिकामा चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित सामुदायिक     रेडियो आफनो एप.एम.९० थोप्लो ४ मेघाहर्ज परिक्षण   प्रसारणमा छ । त्यसको आवाश्यक काम पनि गर्दै छु ।
तपाईको हालसम्मकै सम्झना लायक भ्रमण ? 
धेरै पटक काठमाडौं आउने जाने हुन्थ्यो । ०६२,०६३ देखि त्यो क्रम चलेको हो । गत वैशाख १२ गते  १ जना विदेशी सहित ३ जना हामी सानो भ्यान लगेर नयाँ वसपार्क जाँदै थियौं । गाडी चालक स्टाफ विनोद भण्डारीले चलाउनु भएको थियो । वनस्थलि नजिकै पुगेका थियौं । ११ वजेर ५६ मिनेटमा आएको भुकम्पमा परियो । पहिले थाहा भएन । गाडी हल्लियो हामी सवार अगाडीको पछाडी र अगाडी गाडीको लस्कर थियो । डाईभरकै सिट नजिकै म वसेको थिए । डाईभर लाई मैले व्रेक हान्नुस गाडी ठोकिन सक्छ भने तर त्यसोनभएर भुकम्प आएको रहेछ । गाडी वाट निस्केर वाहिरी सडकमा उभियौ । भुकम्पको धक्कका रोकियो भैसेपाटी जानेक्रममा श्यम्भु कलंकी वल्खु सातदोवाटोमा घरहरु भत्केका मान्छेहरु रोएकाराएका रक्ताम्य भएको दुखद क्षण देख्नु परयो यो भ्रमण मेरो लागी अविस्मरणीय दुखद संझना लायक क्षण बनेको छ ।
भाग्य र कर्म मध्य तपाईको बिश्वास कुनमा ?
संसारमा आस्तिक संगसंगै नास्तिकहरु पनि छन । कतिपयले सवै कुरा भाग्यमा भर पर्छ भन्छन । तर म कर्ममा विश्वास गर्छु । यो भन्दै गर्दा भाग्य लाई निस्तेज गर्न खोजेको होईन है । 
जीवन कसरी सफल बनाउन सकिन्छ ?
ईमान्दारीता विश्वसनियता जिम्मेवारीको वोध कर्तव्यनिस्ठ संगै समय र परिस्थिति अनुसार चल्न सकेमा जीवन सफल वनाउन सकिन्छ । 
तपाईं कहिले र कहाँ सबैभन्दा बढी खुशी हुनुभयो ?
सुख हुने वित्तिकै खुसि भैहाल्ने ? र दुख हुने वित्तिकै आत्ति हाल्ने वानी छैन । गरिव तथा असाय व्यक्तिहरुको समस्या समाधन तथा समाचारको प्रभाब पर्दा सबैभन्दा बढी खुसि लाग्छ । चौरजहारी पेरिफेरीमा फिडन्ते जीवन विताईरहेका २ वालकहरुको विषयमा सामाचार लेख्दा उनीहरुको प्रहरीले उदार गर्यो र अहिले न्यु मुनलाईट वोडिंगं स्कुल खलंगामा अध्ययनरत छन । त्यसैगरी चौरजहारी नगरपालिका सल्यानको कालागाउँ र जाजरकोटमा वसोवास गर्ने अपांगता भएका व्यक्तिहरुलाई सिविआर मार्फत ह्वील चियर वितरण भयो । उनीहरुले घर वाहिरको संसार देख्न पाए । उनीहरु खुसि छन । र मलाई पनि खुसि लाग्छ । यस्तै अन्य धेरै कामहरु पनि भएका छन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |