आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, January 18, 2017

सांस्कृतिक प्रवद्र्धनका लागि धार्मिक सप्ताह हुदै

मेगराज खड्का
रुकुम ५, माघ

रुकुमको बाँफिकोट स्थित बुरालबाबा मन्दिर परिसरमा धार्मिक सप्ताह हुने गएको छ । हाम्रो धर्म हाम्रो संस्कृति, यसैमा रमाउँछ रुकुमको प्रकृति भन्ने मुल नाराका साथ बुढुमष्ट क्षेत्र विकास कोषद्वारा आयोजित संस्कृति प्रवर्धन मेला तथा धार्मिक सप्ताह यही माघ १९ देखि २५ गतेसम्म बाँफीकोट, बाँफीकाँडा, रुकुमस्थित मस्टदेवताहरुको जमघट स्थल तथा ऐतिहासिक प्रसिद्ध धार्मिक तीर्थस्थल बुरालमस्ट मन्दिर परिसरमा हुने भएको हो । धार्मिक सप्ताह स्थानीय संस्कृति प्रबद्र्धनका लागि आयोजना गरिएको बुढुमष्ट क्षेत्र विकास कोषका अध्यक्ष     शेरबहादुर केसीले जानकारी दिए । 

उनका अनुसार सप्ताहमा विहान वायोगाड, सिस्ने लगायत १०८ स्थानको कञ्चन जल राखेका १०८ कलशमा (कन्याहरु), पञ्चेवाजा झाँकी सहित कलशयात्रा र उच्च ओहदाका व्यक्तिद्धारा समुद्घाटन, दैनिक रुपमा श्रीमद्भागवत (ज्ञानमहायज्ञ) कथावाचन,भजनकृतन, महात्म्य कथावाचन तथा आरति र दैनिक रुपमा रुकुम लगायत अन्य चर्चित स्थानका धार्मिक सांस्कृतिक एवम् प्राकृतिक महत्वका स्थानहरुको भिडियो डकुमेन्ट्री तथा फोटा प्रदर्शनी गरिने छ । त्यस्तै रुकुम लगायत अन्य विभिन्न स्थानमा रहेका धर्म, सांस्कृतिहरुको एकै ठाउँमा जमघट तथा एक अर्काबिच अनुभव, इतिहास, चालचलन सम्वन्धीका ज्ञानहरु साटासाट, सप्ताह अवधि भर मण्डपमा सत्यनारायण पूजा, रुद्री, विवाह ब्रतवन्ध तुलादान, चौरासी पूजा, लक्ष्यदीप प्रज्वलन लगायतका शुभ कार्य  गर्न सकिने छ । 

मष्टदेवताहरुको प्रसिद्धजमघट स्थल वुरालमष्ट मन्दिर लगायत कालिका, शिवजी ब्रह्माजीको दर्शण गरी धन,जन र जीवनयात्रा सफलताका लागी आशिर्वाद लिन सकिने सगै स्यार्पूतालको कञ्चनजल भ्यूटावरवाट अध्ययन अवलोकन तथा विभिन्न झरणा, खोला, स्यार्पू सिस्ने टेूेकिङ रुढ, जलाधार क्षेत्र, गारकटेरी, ध्वजाहाल्ने, झार्लेगोठ का साथै सिस्नेको  दृश्यावलोकन गर्न सकिने छ ।
आफन्तजन, तथा मिल्दा साथी सँगीहरु मिलेर धार्मिक सांस्कृतिक मेला एवम् सप्ताहमा सजिलै निशुल्क रुपमा प्रवेश गर्न, सकिने छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |