रुकुम मुसिकोट नगरपालिका ४ पिलनेटामा २०३८ भदौं १४ गते जन्मिएका चन्द्रबहादुर केसी सामाजिक सेवा क्षेत्रमा काम गर्न र अध्ययनमा रुचि राख्छन । त्रिभुवन बिश्वबिद्यालयबाट स्नातक सम्मको शिक्षा लिएका केसी हाल रुकुम सदरमुकाम खलंगा स्थित रिजन ट्रेडर्श मार्फत टायल तथा मार्बलको व्यवसाय गर्दछन । उनै केसी संग आहा सञ्चार साप्ताहिकको नियमित स्तम्भ आहा टकका लागि जीवन, प्रेम र दैनिकिसंग केन्द्रित रहेर सहकर्मी शुसिला गिरीले गरेको कुराकानी ।
सफलता कसरी प्राप्त गर्न सकिन्छ ?
निरन्तर मेहिनत, लगनशिलता र बिश्वासले ।
तपाईलाई के कुरासंग बढी डर लाग्छ ?
झुट अर्थात गलत संग ।
तपाईको पसलबाट समान दिनुहोस, म भोली नै रुपैयाँ दिईहाल्छु भनेर महिनौं नबुझाउने ग्राहक कति आउछन ? अनी उधारो व्यवसायलाई तपाईले कसरी लिनुहुन्छ ?
आउछन । हामी नेपालीहरु बिग्रेको झुट बोल्ने बानीले गर्दा नै हो । नेताहरु त झुट बोल्छन भने सिस्टम नभएको देशमा जसले जे गरेपनि हुन्छ जसले जे बोलेपनि हुन्छ । सित्तैमा पाएमा अलकत्रा खान पनि पछि पर्दैनन् ।
मागी, भागी र प्रेम बिबाह मध्य तपाईलाई कुन मन पर्छ र किन ?
प्रेम किनकी प्रेम बिबाहले एक अर्कालाई बुझ्ने मौका दिन्छ ।
दैनिक सबैभन्दा बढी रकम केमा खर्च गर्नुहुन्छ ?
दैनिकै भन्ने त छैन तर किताबहरु किन्ने कुरामा अली बढि रकम खर्च गर्छु ।
कुन बेला झुट बोल्नुहुन्छ ?
अफ्ठेरो परेको बेला ।
तपाईको हालसम्मकै सम्झनालायक भ्रमण ?
२०५५ साल कार्तिक महिनातिर हो । शुरुमा बस चढेर सल्यान खरिबोट देखि तुल्सीपुर सम्मको यात्रा गर्दाको भ्रमण सझना लायक छ ।
प्रेम भनेको तपाईको बुझाईमा के हो ?
शक्ति हो, जसले गर्दा हरेक काममा सफलता मिल्छ । तर बुझ्नले सकारात्मक तरिकाले बुझ्नु पर्यो ।
तपाईको बिबाह भएको दिनदेखि कति पटक श्रीमतिसंग झगडा भएको छ ?
पटक त थाह भएन तर कहिले काँहि ठाक्कठुक्क त भईहाल्छ । श्रीमान श्रीमति झगडा परालको आगो न हो ।
तपाई कहिले र कहाँ सबैभन्दा खुसि हुनुभयो ?
२०५५ सालमा एसएलसी पास हुँदा सबैभन्दा बढी खुसि भएको थिए ।
1 comments:
बड़ा का कुरा मीठा लागे सिपालु बूढा
Post a Comment