आहा सञ्चार संबाददाता
रुकुम १४, पुस ः यसबर्षको क्षेत्रिय शिक्षा पत्रकारिता पुरस्कार मध्यपश्चिमबाट आजको शिक्षा साप्ताहिकका रुकुम संबाददाता लक्ष्मण केसीलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । नेपाल पत्रकार महासंघ रुकुमका कोषाध्यक्ष समेत रहेका केसीले यसअघि शिक्षा लेखनबृत्ति पनि पाएका थिए ।
यसैबिच राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले ७५ हजार रुपैयाँ राशीको यो पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारहरू पुस १९ गते महासंघ केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा वितरण गरिने महासंघका महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


4:43:00 AM
www.aahasanchar.com






0 comments:
Post a Comment