आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, December 1, 2016

रुकुमकोटमा पहिलो पटक प्रभु बैंकको शाखा

मेगराज खड्का
रुकुम
रुकुम सदरमुकाम मुसिकोट खलंगामा आधा दर्जन बढी बिभिन्न नीजि बैंकहरुका शाखा सञ्चालनमा आएपनि रुकुमको पुर्बी गाविस रुकुमकोटमा भने पहिलो पटक प्रभु बैंकको शाखा सञ्चालनमा आउने भएको छ । 
सदरमुकाम बाहिर राष्ट्रिय बैंकहरुले शाखा बिस्तार गरेको चौरजहारी पछि रुकुमकोट दोस्रो ब्यापारिक केन्द्र हो । बैंकको शाखा आज दिउसो (शुक्रबार ) उद्घाटन हुने प्रभु बैंकका अध्यक्ष देबी प्रकाश भट्टचनले जानकारी दिए । उनका अनुसार बैंक शाखाको पुर्ब आपुर्ति मन्त्री तथा सांसद गणेशमान पुनले उद्घाटन गर्ने कार्यक्रम छ । रुकुमकोटमा बैंक शाखा बिस्तार भएमा पुर्बी रुकुमका स्थानीय बासिन्दाहरु बैंकिङ कामको लागि सदरमुकाम आउनुपर्ने बाध्यता टर्ने छ । 
हाल त्यस क्षेत्रमा कुनै पनि बैंक शाखा नहुँदा सरकारी तथा अन्य नीजि बैंकको कामकाजका देखि रेमिट्यान्सको लागि समेत त्यहाँका स्थानीयहरु सदरमुकाम मुसिकोट आउने गरेका थिए । आफ्नै गाउँठाउँमा राष्ट्रिय स्तरको बैंक शाखा खुल्न लागेको जानकारी पाउँदा स्थानीयहरु खुसि भएका छन । रुकुमकोट बजार जिल्लाको पुर्बी १६ भन्दा बढी गाविसको पायक पर्ने गरेको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |