नारायण ओली
सिम्ली
गरायलाको बेल्टापु मेलाको आयोजना गरिएको गाविस स्तरीय भलिवलको उपाधि आठविसकोट गाविसले हात परेको छ । शनिबार सम्पन्न खेलमा आठविसकोट ३–१ ले पराजित गरी उपाधि हात पार्न सफल भएको हो ।
आठविसकोटले प्रथम भए संगै नगद पचास हजार एक सय रुपैयाँ र प्रमाण पत्र हात पार्न सफल भएको हो । प्रतियोगितामा पूर्तिमकाँडा गाविस. दोस्रो र दुली गाविस. तेस्रो स्थान प्राप्त गर्न सफल भए । दोस्रोलाई तीस हजार एक सय, तेस्रोलाई बीस हजार एक सय रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै महिला भलिबलमा पूर्तिमकाँडा प्रथम, गरायला (सी) दोस्रो र गरायला (ए) तेस्रो भएका हुन । प्रथमलाई पन्ध्र हजार, दोस्रोलाई दश हजार र तेस्रोलाई पाँच हजार रुपैयाँ नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै पौडिमा सिम्लीका भाइराम भण्डारी बिजेता भई नगद दुई हजार रुपैयाँ प्राप्त गर्नु भयो ।
गत कार्तिक ३० गते बाट सुरुभएको खेलकुद कार्यक्रमको समापन मंसिर चार गते एक कार्यक्रका साथ समापन गरिएको हो । मौराखारा युवा क्लव र गरायला गाविसको आयोजनामा भएको मेलामा विभिन्न सांस्कृतिक झाँकिहरु पनि प्रस्तुत गरिएको स्थानीय सिंगारु नाच, मयुर नाच समेत देखाइएको थियो । मयुर नाँच संरक्षण गरेको भन्दै झुला गाविसको मयुर नाँचलाई प्रोत्साहन स्वरुप आयोजकले नगद पाँच हजार रुपैयाँ प्रदान गरेको हो ।
0 comments:
Post a Comment