आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, November 28, 2016

कर्मचारी युनियन संघ परित्याग गरि नेराकसमा प्रबेश

आहा सञ्चार संबाददाता
रुकुम
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती रुकुमको बैठक सदरमुकाम खलंगामा सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष तेजबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य रामशुर बुढा विरताको प्रमुख तथा धनवीर ओलीको विशेष आतिथ्यता रहेको थियो । बैठकले निजामती कर्मचारी युनियन संघ परित्याग गरेर आएका युनियन संघ रुकुमका सह–सचिव तोषराज केसीलाई स्वागत गरेको छ । 

त्यस्तै जिल्लाबाट विदाइ भएर जाने तथा जिल्लामा आउने संगठनसँग आवद्ध कर्मचारीको विदाई तथा स्वागत गरेको छ । संगठनका सह सचिव जनक खड्काले दिएको जानकारी अनुसार संगठनका जिल्ला सल्लाहकार तथा जिल्ला कृषि विकास कार्यालयका बागवाणी विकास अधिकृत शम्भु नाथलाई विदाई गरिएको छ भने सडक डिभिजन कार्यालय चौरजहारीका सुवास केसी र जिल्ला कृषि विकास कार्यालयका भरतबहादुर बस्नेतलाई स्वागत गरिएको छ । बैठकको सञ्चालन स्वास्थ्यकर्मी संगठन रुकुमका उपाध्यक्ष डिल्लीराज बोहराले गर्नुभएको बताईएको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |