बुवा विनाराम खत्री र आमा वेलमता खत्रीबाट वि.सं. २०५८ साल जेठ ०८ गते आईतबारका दिन रुकुम जिल्ला मुसिकोट नगरपालिका वडा नं. २ मा जन्मेका भुवन खत्रीले २०७२ सालमा सरकारी विद्यालयबाट (ए) ग्रेडमा एस.एल.सी. पास गरेका हुन । सानै उमेरदेखि पढाईमा औधी रुची राख्ने भुवन चौतर्फी ज्ञानबाट पूर्ण छन् । समाजमा अरुको निम्ती सेवा गर्नुपर्छ भन्ने सोच बोकेका खत्री अहिले काठमाडौँमा सिभिल ओभरसियर अध्ययन गरिरहेका छन् । जीवनमा पढेर केही गर्छु भन्नेहरुका लागि उदाहरण बन्न सक्ने उनै भुवन खत्रीसँग आहा सञ्चार साप्ताहिकका लागि राम वि शाम (साधक) ले गरेको कुराकानी ।
कसरी चल्दैछ जीवन ?
सिभिल ओभरसियर पढ्दै छु त्यसो त पढाईमा व्यस्त रहेर चल्दैछ जीवन ।
सरकारी विद्यालयमा पढेको मान्छे, एक्कासी अंग्रेजी माध्यममा पढ्नुपर्दा कत्तिको अप्ठेरो महशुस गरिरहनु भएको छ ?
अलिकति अप्ठेरो त हुँदो रहेछ तर ग¥यो भने सकिदो रहेछ ।
सिभिल ओभरसियर नै पढ्नुको कारण ?
मलाई ईन्जिनियर कोर्ष मन पर्छ, त्यसमा सिभिल ओभरसियर उचित लाग्यो ।
जीवनलाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ?
सार्थक ।
आफूलाई जन्म दिएकोमा आमाबुवा प्रति केही गुनासो छ की ?
मलाई यो धर्तीमा पाईला टेकाएकोमा आमाबुवा प्रति अत्यन्तै कृतज्ञ छु ।
फिल्म कत्तिको हेर्ने गर्नुहुन्छ ?
समय मिलेसम्म हेर्ने गर्छु ।
२४ घण्टामा मोबाईललाई कति घण्टा समय दिनुहुन्छ ?
औसतमा एक घण्टा जति ।
लभ पार्ने उपाय सिकाईदिनु न ?
लभ गर्ने उपाय मलाई थाहा छैन, तपाई सिकाईदिनु न ।
एकदिनमा कत्ति रुपैँया खर्च गर्नुहुन्छ ?
औसतमा चालिस पचास रुपैँया जति हुन्छ होला ।
नारी र पुरुषमा के फरक देख्नुहुन्छ ?
शारिरीक संरचना ।
अन्त्यमा जीवन के हो ?
जीवन एउटा मौसम हो । जो बद्लीरहन्छ ।
0 comments:
Post a Comment