मेगराज खड्का
रुकुम
रुकुम आठबिसडाँडागाउँ १ का महिलाहरुलाई च्याउको बिउ प्रदान गरिएको छ । सामुहिक च्याउ खेती गर्न बिउ माग भएअनुसार गाबिसको रुपान्तरण महिला सशक्तिकरण केन्द्रमा आवद्ध महिलाहरुलाई बिउ प्रदान गरिएको हो ।
गाउँमा भएको एक कार्यक्रमका बिच नेपाल जनजागरण मञ्च रुकुमका अध्यक्ष रमेश खड्का र युएमएन रुकुमका टिम लिडर ताराहाङ तावाले महिलाहरुलाई च्याउको बिउ प्रदान गरेका हुन । खाद्य सुरक्षित उत्थानशिल परियोजना मार्फत बितरण गरिएको च्याउको बिउ ५० पोका रहेको छ । संस्थाबाट प्राप्त च्याउको बिउ केन्द्रमा आवद्ध महिलाहरु दुई समुहमा बाँढिएर खेती गर्ने सचेतना केन्द्रकी अध्यक्ष भावना शर्माले बताईन । उनका अनुसार केन्द्रमा ३० जना महिलाहरु अवद्ध रहेकोमा १५/१५ जनाको दुई समुह बनाएर छुट्टाछुट्टै ठाउँमा च्याउ खेती गरि व्यवसायिकताको शुरुवात समेत गरिने छ ।
गाउँको नजिकै राडि बजार रहेका कारण च्याउ उत्पादन गरेका बिक्रिबितरणका लागि राम्रो संभावना रहेको छ । पहिले पहिले घरायसी परम्परागत कामकाजमा मात्र ब्यस्त हुने महिलाहरु पहिल्लो समय व्यवसायिक कृषिखेतीतिर पनि ध्यान दिन थालेका छन । गाउँका महिलाहरुले व्यवसायिक रुपमा च्याउ खेती गर्न थालेको यो पहिलो पटक हो । पहिले बर्षातको बेला जंगलमा च्याउ खोजेर खाने महिलाहरु आफैले घरमा च्याउको खेती गर्न पाईने भएपछि खुसि भएका छन ।
0 comments:
Post a Comment