आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, September 8, 2016

दुई जना प्रहरी द्धारा ७३ बर्षिय बृद्धमाथी कुटपिट

मेगराज खड्का
रुकुम २४, भदौं
नेपाल प्रहरीले देशभर मुस्कान सहितको सेवा र प्रहरी मेरो साथी भन्ने अभियान चलाईरहेको भएपनि रुकुममा भने तिनै अभियान चलाउने प्रहरीबाटै एक बृद्ध कुटिएका छन । अस्थायी प्रहरी चौकी मुसीकोट नगरपालिका १ बागबजारका दुई जना प्रहरी जवानले विहिवार साँझ स्थानीय एक बृद्धलाई कुटपिट गरेका छन् । 
उनीहरुले स्थानीय ७३ वर्षिया सुकराम विकलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाईबाट  बिकको मुख र शरिरका अन्य भागमा भोट लागेको उनकी बुहारी भिमा बिकले बताईन । कुटपिटबाट घाईते भएका बिकलाई जिल्ला अस्पताल सल्लेमा उपचार गरिएको छ । मदिरा सेवन गरी बिकले अदालतका कर्मचारीलाई दुर्व्यवहार गरेको जानकारी आएपछि प्रहरी जवान उनकै घरमा गएर कुटेको बताईएको छ । प्रहरी पोष्ट बागबजारका ईन्चार्ज भुपेन्द्र खत्रीले प्रहरी जवानहरुले बृद्धमाथी हातपात गरेर गल्ती गरेको स्वीकार्दै उनको उपचार र गल्ती गरेका प्रहरी जवानलाई माफी माग्न लगाएर समस्या समाधान गर्नुपर्ने बताए । तर कुटपिट गर्नमा कुन कुन प्रहरी जवान संलग्न थिए भन्ने नाम बताउन भने उनले चाहेनन् । साधा पोशाकमा गएका कारण स्थानीयहरुले पनि पहिचान गर्न नसकेको बताईएको छ । 
उनका आफन्तजनहरु सामुहिक रुपमा केहिबेर प्रहरी पोष्टमा आएर दोषी प्रहरीलाई कारबाहीको माग समेत गरेका थिए । प्रहरी पोष्टमा नै रहेका कुटपिटबाट घाईते भएका बृद्धलाई छलफलकै क्रममा प्रहरीले आफ्नो गाडिमा अन्य आफन्तहरु कसैलाई पनि जान नदिई बृद्धलाई चेकजाँचका लागि भन्दै जिल्ला अस्पताल सल्लेमा लगेको थियो । ‘ससुराले खाएको बेला केहि बोल्नु भयो होला तर के बोल्दैमा प्रहरीले घरमै गएर कुट्न पाईन्छर ?’ उनकी बुहारी भिमाले भनिन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |