आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, September 12, 2016

पत्रकार महासंघको आसन्न पाँचौ जिल्ला अधिबेशन आफ्नै भवनमा हुन्छ

नेपाल पत्रकार महासंघ रुकुम शाखाको स्थापना भएको एक दशक बढी भएको छ । रुकुम शाखा भन्दा पछिल्लो पटक स्थापना भएका अन्य जिल्लाहरुले समेत राम्रो संस्थागत विकास गरिसकेका छन । तर रुकुम शाखाले भने सोचेअनुसारको विकास गर्न सकिरहेका छैन । भवन निर्माणको शिलन्यास गरेको दशक बित्दा बल्ल भवन निर्माणको शुरुवात गरिदैछ । पत्रकार र मिडिया हाउसहरुको संख्यात्मक विकास भएपनि गुणात्मक विकास हुन सकिरहेको छैन । रुकुममा पत्रकार महासंघ स्थापना हुदाँखेरीका एक संस्थापक गणेश बिक ‘चिन्तन’ रुकुम शाखाको हाल अध्यक्ष छन । रुकुम शाखा स्थापना हुँदा देखिएका सपना दशक बित्दा पनि किन पुरा हुन सकेनन्, भर्खर थालिएको महासंघको भवन निर्माण कार्य कहिले सम्म सम्पन्न हुन्छ र रुकुमको पत्रकारितालाई अझै व्यवस्थित बनाउन के कस्तो योजना हुदैछ यी र यस्तै बिषयमा आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्काले अध्यक्ष चिन्तन संग गरेको कुराकानी । 

नेपाल पत्रकार महासघं रुकुमले हिजो आज के कस्ता गतिविधी गरिरहेको छ ?
समय समयमा पत्रकारहरुको क्षमता अभिबृद्धि सम्बन्धी विभिन्न तालिम गोष्ठीहरु, पत्रकारहरुकै विचमा अन्र्तक्रिया, अनुभव आदानप्रदान   गरिरहेको छ । विभिन्न सरकारवाला निकायहरुको विचमा र जिल्ला स्तरमा हुने सरकारी तथा गैरसरकारी निकायहरुले सञ्चालन गरेको गतिविधीहरुका सञ्चारकर्मीहरुलाई परिचालन गरिरहेको छ । मुख्यत पत्रकारहरुको पेशागत संरक्षण र क्षमाता अभिबृद्धि गतिविधीहरु सञ्चालन  गरिरहेको छ । 
तपाई अध्यक्षमा निर्वाचित हुने वेला पत्रकार महासघंमा जस्तो जोस र जाँगर तपाईमा केहि कमी भएको हो ?
म अध्यक्ष निर्वाचन हुने बेला अथवा तपाई सबैले मलाई सर्वसम्मत अध्यक्ष बनाएको दिन देखि आज सम्म मैले कहि कतै आफ्नो जोस जाँगरलाई घटाएको  छैन तर बढाएको छु जस्तो मलाई अनुभुती हुन्छ । त्यती मैले गरेका प्िरतबद्धता अनुरुप मैले आफ्ना कदमहरुलाई खास गरी पत्रकारीतामा पछिल्लो समयमा देखिएका कतिपय असंगतिहरुलाई संगतिमा ल्याउन मैले धेरै ठुलो मेहनत गरेको छु । पत्रकारीतामा देखिएका ठुलो विसंगति र पेशागत मर्यादाप्रती भए गरेका र  भैरहेका कयौँ नकारात्मक पक्षलाई निरुत्साहित बनाउने र पेशागत मर्यादालाई अझ व्यवस्थित र सुसंगठित गर्न मैले धेरै मेहनत पनि गरिरहेको छु । त्यसको साथसाथै पत्रकारीतालाई साँच्चै     राज्यको चौथो अङ्ग हो है भन्ने अनुभुती दिलाउन मैले हिजो भन्दा आज झन धेरै सकारात्मक प्रयासहरु गरेको छु । पत्रकारीतमा एक खालको स्वाछन्दता, आराजकता, आडम्बरिता र घमन्ड प्रदर्शित हुने कयौं प्रकृतिहरुलाई मैले निरुत्साहित र राम्रो पत्रकारीतालाई जोड गर्न प्रेरित र प्रोत्सान पनि गरिरहेको छु । पत्रकारीतालाई जनपक्षिय बनाउन पेशालाई पर्यादित र सम्मानित गराउन देश निर्माणको लागी पत्रकारीता क्षेत्रबाट कसरी योगदान गर्न सकिन्छ, अस्वस्थ्य र अमर्यादित पत्रकारीतालाई निरुत्साहित गर्न पत्रकारीतका असल अनुभव र अभ्यासलाई  जोड गर्र्न मैले हिजो भन्दा आज झन विशेष जोड र जाँगर लगाएको छु ।
पत्रकार महासघं रुकुम कार्य समिती भित्र वेलावेला किचलो भएको कुरा वाहिर आउछ, खासमा काम के हो ?
कुनै पनि संगठन विपरितहरुको एकत्व हुने भन्ने सार्वभौमी विज्ञानलाई यदि हामीले बुझेका छौ भने कहिले काही हुने कतिपय मतभेदलाई हामीले सामान्य अर्थमा बुझ्नु पर्छ । आफै परिवार भित्र हे¥यौँ भने पनि कतिपय विषयहरु मिल्दैनन्, वावु अनी छोरा छोरीको, श्रीमान श्रीमतीको पनि त मिल्दैनन् अनी यो त झन संगठन हो ।  हरेक व्यक्तिका आआफ्नो विचार दृष्टिकोण कार्यशैली एवं स्वच्छ छन् । तथापी संस्थाभित्र संगठन भित्र कहिले काही अक्कल झुक्कल त भैहाल्छनी । अर्को कुरा हामी महासंघ भित्र रुप पक्षमा केहि नमिलेको जस्तो देखिन आए जस्तो भए पनि विषयहरु माथिको छलफल र निर्णय गर्दा हामि सबै साथीहरु एक मत हुन्छौ र कार्यन्वयनमा पनि हामी संगसंगै हातेमालो गर्छौ । त्यो कुरा कसैले सुनेको र प्रचार गरे जस्तो छैन ।
रुकुमको पत्रकारीतालाई पत्रकार महासंघले कसरी लिएको छ, अझै व्यवस्थित गर्न के गर्नुपर्ला ?
रुकुमको पत्रकारीता साँच्चै उत्साहजनक र मोफसलका जिल्लाहरुको कुरा गर्ने हो भने रुकुम धेरै अगाडि छ । रुकुमलाई कर्म थलो बनाएर काम गर्न क्रियाशिल पत्रकार साथीहरुको राष्ट्रिय स्तरका अथवा मुलधारको पत्रकारीता राम्रो पहुँच विकास भैरहेको छ । म व्यक्तिगत रुपमा ज्यादै खुसी छु । अझै पनि धेरै विकास होस भन्ने चाहान्छु । तथापी आज जुन ढंगले हाम्रा सम्बन्धहरु अथवा जसररी जुन स्प्रीटमा हामी क्रियाशिल छौ  यति मात्र प्रर्याप्त हो वा छ भन्ने मेरो मुल्याङ्कन होइन । अझ धेरै कोशिस र मेहनत गर्नु पर्छ । मात्र के हो भने रुकुमको पत्रकारीतालाई हेर्दा आज धेरै ठुलो फड्को मारेको छ । मात्रात्मक र गुणत्मक  दुवै दृष्टिकोणले रुकुमको पत्रकारीता  राम्रो विकास भैरहेको छ । महासंघ त पत्रकारीता क्षेत्रको अग्रणी र अभिभावक संस्था भएकोले खुशि नमान्ने कुरै भएन । अर्को कुरा रुकुमको  पत्रकारीता व्यवस्थित गर्न पत्रकारीतालाई मर्यादित र जिम्मेवार बनाउन एवं राष्ट्रको चौथो पहरेदारको रुपमा पत्रकारीतालाई स्थापित गर्न पत्रकार महासंघ रुकुम र त्यसको मुलनेतृत्व आजको दिन सम्म म भएकोले म त्यसको व्यवस्थापन गर्न म लागी परेको छु । त्यसको लागी फेरी पनि भन्छु तालिम, गोष्ठि, अन्तरक्रिया, भ्रमण, शिकाई आदान प्रदान जस्ता ससाना कामहरुलाई पनि अगाडि बढाउछु ।
रुकुमको पत्रकारीतालाई थप मर्यादित र व्यावस्थित बनाउन गर्नु पर्ने अनी पत्रकारिताको लागि थप आवश्यक तालिम लगाएतका दायित्वबाट पत्रकार महासघं नै पन्छिएको आरोप बाहिर आउछ नी ?
यो आरोप निराधार र आरोपको लागि आरोप मात्र हो भन्ने लाग्छ । कतिपय आफु स्वयं पनि काम नगर्ने र अरुले राम्रो काम गरेको (अझ मैले) नदेख्ने पुर्वग्रही सोचका मान्छेहरुलाई त्यो लाग्नु स्वाभाविक हो । सवैभन्दा व्यवस्थित, सर्वत्र सम्पर्क समन्वय मेरै पालामा बढि भएको छ । त्यो त अरु राम्रो मान्छेहरुले देख्न सक्छन् । सवभन्दा बढि अग्रुसर उत्तरदायित्व त मेरै नेतृत्वमा बनेको महासघं छ यो म दावाका साथ भन्न सक्छु । पत्रकारलाई परिचालन र उनीहरुको व्यवस्थापन एवं क्षमता अभिबृद्धिका गतिविधी लिएर मर्यादित बनाउन पे्रस काउन्सील नेपाल र सुचना विभाग बाट पत्रकारहरुलाई प्रेसपास यहि जिल्लामै पाउने व्यावस्था गरेको छु । यस हिसाबले खुम्चिएको होइन बरु फैलिएको छ ।
पत्रकार महासघंको भवन निर्माण गर्ने चर्चा पहिले देखि नै हो अहिले आएर सुरु भयो, कहिले सम्म बस्न लायक भवन हुन्छ ?
नेपाल पत्रकार महासघं रुकुम शाखाको विधिवध स्थापना २०६० मा भए लगतै कार्यकारी समितीको निर्वाचन २०६२ मा भएको प्रथम जिल्ला अधिवेशनबाट सभापति नारायण कुमार शाह र म उपसाभापति निर्वाचित भए पछि अलि बढि जोडबल र मेहनत अध्याक्षको हैसितले नारायण कुमार शाह र उपसभापतिको हैसियतले मेलै शाखाको भवन निर्माणको लागि जग्गाको खोजी र जग्गाको ठोस गर्ने काम गरेका थियौ । अलि बढी घनिष्ठ सहकार्य पनि अरु भन्दा हामी दुई जनाको बढी थियो । जग्गाको लागि बढी मेहनत त नारायण शाह सरले नै गर्नुभएको हो । हाल मुसिकोट नगरपालिका १ चन्दननाथ टोल निवासी श्री मिश्री प्रसाद शर्मा (हाल दिवंगत हुनुहन्छ ) ले नै १०० वर्ग मिटर जग्गा नेपाल पत्रकार महासघं रुकुम शाखाको नाममा भवन निर्माणको लागि दान दिनु भएको थियो । तसर्थ त्यो समयमा भवन निर्माणको कार्य आर्थिक कठिनाई लगाएत विविध कारणले गर्दा सकेनौ र २०६४ मा नेपाल पत्रकार महासघं केन्द्रिय समितीका तत्कालिन महासचिव तथा बर्तमान अध्यक्ष श्री डा.महेन्द्र बिष्ट ज्यू ले भवन निर्माणको लागि शिलन्यास गर्नु भएको थियो । त्यसको झन्डै १० वर्ष पछि मैले मेरै कार्यकाल भित्र भवन निर्माण गर्ने स्प्रीट सहित अगाडी बढाएको छु । कडा चट्टनयुक्त ठाउँमा भएका कारण केहि अप्ठेरो असजिलो बावजुद पनि घडेरी बनाउने काम सम्पन्न भएको छ । घडेरीको आकार अनुरुप घरको (भवन)  नक्सा बनाउन जिल्ला विकास रुकुमको प्राविधिक टिम संग बसेर कुरा भैसकेको छ । मलार्ई लाग्छ दशै आगावै भवन निर्माणको सम्पुर्ण कार्य अगाडि बढ्छ र बढिमा माघ महिना सम्म महासघंको आधारभुत संरचना खडा गरि आसन्न पाँचौ जिल्ला अधिवेशन आफ्नै भवनमा गर्ने गरी काम काजलाई अगाडी बढाएको छु । यसका लागि मुख्य आर्थिक श्रोतदाता र महासंघको सवैभन्दा प्रिय सहयोगी निकाय जिल्ला विकास समिति रुकुम र त्यसको मुुख्य नेतृत्व स्थानीय विकास अधिकारी श्री भरतकुमार शर्मा ज्यू लाई म विशेष आभार व्यक्त गर्दछु । उहाँको सक्षम सहयोग, सदभाव र जसरी पनि तपाईले आफ्नो कार्यकाल भित्र बनाउनु पर्छ भन्ने सल्लाह सुझाव बाट म अझ उत्साहित र प्रेरित बनेको छु ।
जिल्ला स्थित क्रियाशिल पत्रकारहरुले अरुलाई सिकाउने महासंघ नै आफै अपादर्शी छ भनिरहेको सुनिन्छ, बार्षिक साधारण सभा गर्ने चर्चा पनि थियो केहि समय अघि अहिले त्यो कुरा कता हरायो ?
मैले माथि पनि के कुरा उल्लेख गरेको छु भने आफु पनि नगर्ने र अरुले गरेको पनि देख्न नसक्ने अर्थात अर्को अर्थमा बाँदरे प्रबृति यदाकदा हामी भित्र पनि छ । आफुले गरेको सव ठिक अरुले गरेको बेठिक भन्ने प्रबृति पनि छ । त्यस्ता प्रबृति भएका व्यक्तिहरु संग वा त्यो प्रबृति छ मेरो सधै संघर्ष हुन्छ र हुदै पनि आएको छ । मैले त्यो प्रबृतिलाई प्रयास गर्दै आएको छु । कतिपय घटना र सन्दर्भहरुमा त्यस्ता गलत मनसाय र प्रबृति बोकेका व्यक्तिहरुले आफुले दिशा गर्ने र हामीले लगाएको पाईन्टमा दिशा लगाई दिने कार्य म नेतृत्वमा आएदेखि गरिरहेका छन । मलाई लाग्छ अपादर्शी भन्नु उनीहरुले गर्न लगाउने नियमित आरोप हो । त्यसमा कुनै सत्यता छैन । बरु जस्ले अपादर्शीता कुरा गरेका छन तिनीहरु नै अति अपारदर्शी छन । जो आवश्यक प¥यो भने तथ्यहरु दिन सकिन्छ । अर्को कुरा साधारण सभाको जो प्रशंग छ त्यो जति बेला पनि गर्न सकिन्छ त्यो नहुँदा हाम्रा केहि कामहरु रोकिदैनन् । बुझ्ने कुरो यहि हो ।
तपाई क्रान्तिकारी पत्रकार सघं (हाल प्रेस सेन्टर नेपाल)को तर्फबाट अध्यक्षको रुपमा महासंघमा जानु भएको हो ।  पछिल्लो समय तपाईको गतिविधी प्रति असन्तुष्ट जनाउदै सघंले तपाई देखि टाढा गएको देखिन्छ । अव कसरी अगाडि बढ्नु हुन्छ ?
म त्यतिबेला क्रान्तिकारी पत्रकार संघंले अगाडी सारेको अध्यक्षको उम्मेदारी थिए र अध्यक्ष निर्वाचित पनि भए । त्यसका लागि म सघंलाई बिशेष धन्यावाद र आभार पनि प्रकट गर्छु । सँग सँगै पत्रकार महासघंको सदस्यता देखि लिएर पत्रकार महासघंमा क्रान्तिकारी पत्रकारहरुको पुर्ण सहभागीताको लागी मैले गरेको त्यागहरु सामान्य छैनन् । स्मरण गर्न पनि म अनुरोध गर्दछु । जहाँ सम्म गतिविधी प्रति असतुष्टिको कुरा छ त्यो स्वाभाविक हो । आज म त्यो संगठनमा छैन मैले वैचारीक एवं राजनैतिक दृष्ठिकोणले समेत मलाई अलग बनाएर म आज अर्को संगठनमा आवद्ध छु । नयाँ शक्ति नेपालको शुभेच्छक संगठन पे्रस सोसाइटी नेपालको केन्द्रिय कार्यालयको टिम छु र यसलाई कसैले अन्यथा मान्नु पनि हुदैन । तर मैले यो जिम्मेवारीमा बसेर साझा भुमिका दिनु पर्छ भन्ने विस्वास र प्रतिबद्धता जाहेर गर्छु, र हामी सबै पत्रकारहरु अलि बढी पार्टी कार्यकर्ता बनेका छौ यसलाई तोड्न जरुरी छ । मलाई लाग्छ प्रेस सोसाइटी भर्खर स्थापना भएको कान्छो संगठन हो । यसलाई पनि परिपक्क, निर्णायक र  नेतृत्वदायी संगठन बनाउन पनि मेरो भुमिका सशक्त हुन्छ । तर आजको दिन सम्म त मैले महासघंलाई पनि बढि सशक्त बनाउने हो । सबै पत्रकार र संघ संगठनको वीचमा साझा भुमिकामा काम गर्ने हो ।
पत्रकार महासंघ रुकुमलाई अझै व्यवस्थित र क्रियाशिल बनाउन तपाईको आगामी योजना के छ ?
पत्रकार महासंघ रुकुम शाखालाई सफल, कामकाजी बनाउन सवै पत्रकार एवं पत्रकार संघ संगठनहरुको साझा र अभिभावक सस्था बनाउन पत्रकारहरुको पेशागत क्षमता अभिबृद्धी गर्न पेशाको संरक्षण गर्न न्यूनतम पारिश्रमिकताको अवस्थालाई हेर्न, पत्रकारीतामा देखिने कतिपय स्वच्छचारीतापन, अराजकता, अमर्यादित विसंगति र विकृतिहरुलाई हटाउन एवं स्वच्छ निश्पक्ष पत्रकारीतामा जोड गर्न महासंघको संस्थागत पाटोलाई अझ सवल र सक्षम तुल्याउन मुलभुत रुपमा तालिम, गोष्ठि, र नयाँ विषयबस्तुमा    आधारीत खोज पत्रकारीतालाई जोड गर्न, महिला, दलित र जनजातिलाई पत्रकारीतामा जोड्नका लागि विशेष तालिमहरु सञ्चालन गर्ने योजना बनाएको छ ।
पत्रकार महासंघको नयाँ साधारण सदस्यता बितरण र सुद्धिकरण कार्य कसरी अघि बढिरहेको छ  ?
पत्रकार महासंघ रुकुम शाखाले नयाँ साधारण सदस्याताका लागि पनि धरै समय अघि देखि नै औपचारीक र अनौपचारीक निर्णयहरु सार्वजनिक र अझ विशेषत नयाँ सदस्याता वितरण र पुराना सदस्यहरुको सदस्याता नविकरण गर्ने सन्दर्भमा महासंघले रुकुम जिल्लामा क्रियाशिल मुख्य संगठनहरुलाई पत्रचार पनि गरीसकेको छौ । तर त्यसको सकारात्मक पहल कुनै पनि संघ संगठनहरुले पनि गर्न सकिरहेका छैनन् । म अनुरोध गर्छु  यसै भदौ पहिना भित्र नयाँ सदस्याता वितरण्का लागि यथाशक्य जुटौ । सदस्यता भएकाले नवीकरण सम्बन्धी दायित्व पुरा गरौ र अर्को महत्वापुर्ण पक्ष पत्रकार हो होईन भन्ने हामीलाई राम्रो संग थाहा छ । शुद्धिकरण प्रत्येक संगठनहरुले आजै देखि थालनी गरौँ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |