गोपाल रेग्मी
रुकुम १३, भदौं ः सर्पको डसाईवाट रुकुमको चौरजहारी नगरपालिकामा एक महिला घाईते भएकी छिन । बारीमा घाँस काट्ने क्रममा चौरजहारी नगरपालिका ६ मनकोटकी ५० वर्षिया मन्सरा भण्डारी सर्पको डसाईवाट घाईते भएकी हुन । भण्डारीको बाँया हातको नाडिमा सर्पले डसेको छ । शर्पले डसे लगत्तै स्थानीयको सहयोगमा भण्डारीलाई चौरजहारी अस्पतालमा पु¥याएर उपचार भैरहेको छ ।
अस्पतालमा प्रयाप्त मात्रमा एन्टि स्नेक भेनम औषधी नभएको अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिए । औषधिको लागी जिल्ला अस्पताल सल्ले मार्फत स्वास्थ्य सेवा विभागमा पहल थालिएको भएपनि औषधि लामो समय सम्म अस्पतालमा पुग्न नसकेको बतार्ईएको छ ।
0 comments:
Post a Comment