![]() |
घाईतेलाई जिल्ला अस्पताल सल्ले रुकुममा उपचार गरिदै । तस्बिर पत्रकार गणेश बिकको फेसबुकबाट । |
रुकुम २२, साउन ः रुकुमको मुसीकोट नगरपालिका ८, डाँरीगाउँमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा घाईते भएका ६ जना मध्य २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मुसीकोट नगरपालिका ११ का टेक बहादुर बिक र मुसीकोट नगरपालिका १० का तिर्थ बहादुर पुन रहेका छन ।
बिकको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो भने पुनको उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा सल्यानको जलेखर्कमा मृत्यु भएको हो । सदरमुकाम मुसीकोट खलंगाबाट साँख घोरखानीका लागी छुटेको लु १ ज २६८३ नम्बरको जिप हिजो दुर्घटना भएको थियो । घाइते हुनेमा जिप चालक मुसीकोट नगरपालिका ११ का मान बहादुर बिक, मुसीकोट नगरपालिका ९ की प्रमिला कवँर, मुसीकोट नगरपालिका १० की तुलसा कवँर र मुसीकोट नगरपालिका ११ की कल्पना घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
घाइते मध्ये १ जनाको अबस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा जिप चालक मुसीकोट नगरपालिका ११ का मान बहादुर बिक रहेका छन । घाइतेलाई उपचारका लागी नेपालगञ्ज रिफर गरीएको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । वर्षाका कारण सडक हिलाम्य भएको र सडक केही भाँसिएका कारण जीप दुर्घटना भएको बताईएको छ ।
0 comments:
Post a Comment