पत्रकारिता पेशा निकै संबेदनशिल पेशा हो तर सरोकारवाला निकायहरुले जसरी संबेदनशिल रुपमा लिनुपर्ने हो त्यस रुपमा भने पक्कै पनि नलिएको पाईन्छ । जसको दोषी स्वयम पत्रकार देखि अन्य बिभिन्न दृष्य र अदृष्य पात्रहरु छन । नेपालको राजनैतिक अस्थिरताका कारण यो पेशा बेलाबेला झनै चुपुवा र संकटमा पर्दै आईरहेको छ । जनताको सूचना अधिकारका लागि काम गर्ने पत्रकार र सकेसम्म सूचना लुकाउने बिभिन्न अन्य निकाय बिचमा हुने क्रियाकलाप नै पत्रकारीता क्षेत्र माथीको संबेदनशिलता नबुझ्नु नै हो ।
पत्रकारहरु जहिलै गैरजीम्मेवार रुपमा प्रस्तुत हुन्छन र सरकारी कर्मचारी जहिलै पनि जीम्मेवार हुन्छन भन्ने जो असन्तुलन पुर्ण दृष्टिकोण र सोचाई छ त्यसले पनि बेलाबेला यस्तो असमझदारी र समस्याहरु निम्तीने गरेका छन । कुनै एक ब्यक्तिको ब्यक्तिगत आचारणका कारण कुनै उच्च पदमा रहेको ब्यक्ति पनि गैरजीम्मेबार बन्न सक्छ र कुनै पदमा नरहेनेको एक सर्बसाधरण अन्य उच्च पदमा रहेको ब्यक्ति भन्दा पनि जीम्मेबार बन्नसक्छ त्यो फरक कुरा हो । नत्र सबै आआफ्नो ठाउँमा जीम्मेवार छन र जीम्मेवारी छ । हामी त्यहि निकायमा छौ जो जीम्मेवारीभन्दा बाहिर जान्छ त्यस्तो कार्यलाई सचेत बनाउने । यस अर्थमा पत्रकारिता क्षेत्र गल्ती बिहीन क्षेत्र हो भनेको चाँहि होईन । पत्रकारिता क्षेत्रमा पनि केहि गलत मानसिकताहरु छन त्यसलाई क्षमायाचना र सुधार गरेर अगाडि बढ्नुपर्छ ।
यसै सन्दर्भमा साता अघि रुकुम जिल्ला अस्पतालमा रिपोटिङ क्रममा गएका पत्रकारहरु पनि प्रहरीले अवरोध सगै सूचना माग्ने पत्रकार र अवरोध गर्न खोज्ने प्रहरी बिचमा जुहारी नै चल्यो । यस बिचमा बिभिन्न प्रचारबाजी र छलफल पनि भयो तर अन्त्यमा जिल्ला प्रशासन कार्यालय रुकुममा भएको छलफल पछि केहि रुपमा भएपनि एउटा समान समझदारी बनाएर समस्या समाधान भयो तर सूचना पाउने जनताको अधिकार र जनताको सूचना अधिकारमा रातदिन नभनी खटेर स्वयमसेवक पत्रकारमाथीको संबेदनशिलता आगामी दिनहरुमा बुझिन्छ या बुझिदैन त्यो भबिश्यले नै देखाउला । तर एउटा सत्य के हो भने सरकार र सरकारद्धारा परिचालित बिभिन्न निकाय पत्रकारलाई सरकारको प्रतिनीधि भन्दा पनि राज्यको प्रतिनीतिको रुपमा लिन आवश्यक छ । संबिधानमा उल्लेख भएको बाहेक अन्य कुराहरुमा पत्रकार कुनै ब्यक्ति वा निकायले यो लेख र त्यो नलेख अनी यहाँ जा र त्यहा नजा भन्ने कुनै आफ्नो मातहतको कर्मचारी होईन । बिश्वको सर्बमान्य मान्यता भनेकै पत्रकारिता क्षेत्र राज्यको चौथो अंग हो ।
यो अंग राज्यका अन्य तिन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा भईरहेको राम्रा कुराहरुको देखि त्यहाँ भएका नराम्रा कुराहरुको आलोचना गरि सुधार गर्न प्रेरित गर्ने अंग हो । यो अर्थमा पत्रकारिता क्षेत्रमा जे पनि गर्न मिल्छ भन्ने छैन तर पत्रकारिता क्षेत्रले के गर्न मिल्छ के गर्न मिल्दैन भन्ने हेर्ने प्रेस काउन्सील पत्रकारको छुट्टै निकाय छ । त्यसकारण पत्रकारिता क्षेत्र कुनै सरकार वा कुनै निकाय वा कुनै ब्यक्तिको स्वार्थ पुर्तिका लागि भन्दा पनि समग्र राज्यको सर्बोतम हितमा काम गर्ने चौथो अंग हो र त्यसलाई बिश्वको सर्बमान्य मान्यता अनुसार चौथो अंगको रुपमा नै स्वतन्त्र र सुरक्षित भएर काम गर्ने वातावरण सृजना गर्नु सबैको दायित्व हुन आउछ ।
0 comments:
Post a Comment