आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, August 19, 2016

रुकुमको जिशिअ खनाल की खड्का

मनिष खड्का 
रुकुम ३, भदौं

सरुवा भएको १ वर्ष सम्म पनि रुकुमका जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल नै रहेका छन् । अघिल्लो वर्षको असोज महिनामा रुकुमबाट सरुवा भएका जिल्ला शिक्षा अधिकारी खनाल अहिले सम्मपनि रुकुमकै जिल्ला शिक्षा अधिकारी रहेको जिल्ला शिक्षा कार्यालय रुकुमको आधिकारीक वेवसाईटले देखाउँछ । खनाल पछि रुकुममा २ व्यक्ति जिल्ला शिक्षा अधिकारीको रुपमा आईसकेका छन् । तर कार्यालयको वेवसाईटमा अझै सम्म पनि खनालनै शिक्षा अधिकारी रहेको उल्लेख छ । खनाल गुल्मी जिल्लाको शिक्षा कार्यालयको जिम्मेवारी सम्हाल्ने गरी २०७२ साल असोज १ गते सरुवा भएपछि रुकुममा नयाँ जिल्ला शिक्षा अधिकारीको रुपमा निर्मल कुमार घिमिरे आए । उनी २०७२ साल असोज १० गते रुकुमको जिल्ला शिक्षा कार्यालयमा हाजिर भएका हुन् । घिमिरेले धेरै लामो समय रुकुममा विताएनन् । उनि रुकुम हाजिर भएको करिब ५ महिना पछि ०७२ साल फागुन १३ गते विदाई भए । हाल उनि खोटाङ जिल्लामा शिक्षा अधिकारीका रुपमा कार्यरत छन् । घिमिरे पछि अहिले जिल्ला शिक्षा कार्यालयको बागडोर रामलाल खड्काले सम्हालिरहेका छन् । उनले यो जिम्वेवारी सम्हालेको ०७२ फागुन १३ गतेबाट हो ।

अन्य कुरापनि नयाँ अपडेट छैनन्
अहिलेको युगलाई इमेल, इन्टरनेट, कम्प्युटर र विज्ञान प्रविधिको युगको रुपमा लिईन्छ । संसारको जुनसुकै कुनाको कुरापनि मिनेटमै थाहा पाउन सकिन्छ । त्यसलाई सम्भव वनाएको हो अहिलेको प्रविधिले । त्यसमा महत्वपुर्ण मानिन्छ ईमेल, इन्टरनेट । कुनै पनि कार्यालय वा कुनैपनि ठाउँका बारेमा विस्तृत जानकारी दिने उद्ेश्यले वेवसाईटहरु बनाउने गरिन्छ । ति साईट मार्फत कार्यालयबाट प्रवाह गरिने सेवा देखि त्यो कार्यालयका कर्मचारी लगाएत अन्य धेरै कुराको जानकारी दिन सकिन्छ । तर रुकुमको जिल्ला शिक्षा कार्यालयले भने करिब २ वर्ष देखी आफ्नो वेवसाईट अपडेट (नयाँ कुरा थप–घट गर्ने) नगरेको पाईएको छ । कर्मचारी विवरण सहित कहि तथ्याङक पुरानै रहेको छ । वेवसाईटमा उल्लेखित सवै कर्मचारी अहिले कार्यालयमा कार्यरत छैनन् । प्रवेशिका परिक्षा (एसएलसी) २०७० सालको परिक्षाफल राखिएपछि वेवसाईट अपडेट भएको छैन् ।

सुचना भन्दा भ्रमको स्रोत बन्दै वेवसाईट 
पछिल्लो समय प्राय सबै कार्यालयहरुले वेवसाईट बनाउने चलननै बनेको छ । तर हजारौं रकम खर्च गरेर बनाइएका वेवसाईटहरु भने प्राय अपडेट भएका पाईदैनन् । नागरिकको सुचनाको स्रोतका लागी भन्दै बनाईएका वेवसाईटहरु झुटको स्रोत बन्न थालेका छन् । तपाईहरु अनुमान लगाउनुहोस त रुकुमको जिल्ला शिक्षा अधिकारी को भनेर कसैले कार्यालयको वेवसाईट हे¥यो भने उसले कति सहि सुचना पाउँला ? 

सदुपयोग गर्न जाने फाईदै, फाईदा
विभिन्न उद्ेश्यले निर्माण गरिएका वेवसाईटहरु सेवाग्राहीको सुचनाको श्रोत नै हुन् । विश्वका जुनसुकै ठाउँमा निर्माण गरिएका वेवसाईटहरु इन्टरनेटको पहुँचमा भएका जुनसुकैले पनि हेर्न सक्छन । मान्छेहरु कम दुःखमा आफ्नो काम होस भन्ने चाहन्छन् । यस्तो अवस्थामा कुनै कामका लागी के के कागजात आवश्यक पर्छ, काम सम्पन्न हुन कति समय वा शुल्क लाग्छ भन्ने लगाएतका सुचना वेवसाईट मार्फत दिन सके कार्यालय सम्मै पुग्नुपर्ने र केहि कागजात नपुगेर फर्कनुपर्ने बाध्यताको अन्त्य हुनेछ । यहाँ क्लिक गरेर कार्यालयको साईट हेर्नुहोस । 
     

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |