आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, August 24, 2016

साततलेका सात तस्बिर (फोटो फिचर)

मेगराज खड्का
रुकुम
राप्ती लोकमार्ग अन्र्तगत दाङ तुल्सीपुलको साततले स्थित सडक माथीबाट सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । सुख्खा पहिरो डोजरहरु प्रयोग गरेर पनि हटाउन नसकिएपछि ३ दिन देखि काठमाण्डौ, नेपालगंज र दाङबाट रुकुम, सल्यानमा यातायात सञ्चालन हुन सकेको छैन । यातायात अवरुद्ध हुँदा सयौ यात्रुहरु बिचबाटोमै अलपत्र परेका छन भने सबैभन्दा सास्ती बिरामीहरुलाइृ भएको छ । हेरौं साततलेका सात केहि कष्टपुर्ण यात्राका तस्बिर । 
सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध हुँदा जोखिमपुर्ण पहिरो खसेको ठाउँबाट एक बिरामीलाई बोकेर लिदै आफन्तहरु ।

पहिरो खसेको सडक माथीबाट बच्चा र समान सहित सल्यान तर्फ आउदै एक महिला ।
माथीबाट ढुङगा खस्ने अवस्था हेरेर बाटो काट्दै यात्रुहरु ।
पैदल हिड्ने बाटो बनाउदै यात्रुहरु
पहिरो खसेको जोखिमपुर्ण बाटोबाट मोटरसाईकल लिदै यात्रुहरु ।
बिचबाटोमै अलपत्र परेका यात्रुहरु 
बिच सडकमा खसेको पहिरो


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |