आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, August 21, 2016

बैशाख दोस्रो हप्ता यार्सा सिजन खुला गर्ने पाठ सिकाएको छ

रुकुमको पुर्बी गाविस रन्मामैकोट स्थित हान्पालेखमा नेपालमै पहिलो पटक यार्सा महोत्सवको आयोजना गरियो । गएको २०७३ जेष्ठ ९ गते भएको यार्सा महोत्सव रुकुमको पुर्बी पर्यटनको विकास, प्रवद्र्धन र यार्सा बजारीकरण सगै बिश्व समुदायको ध्यान तान्ने मुख्य उदेश्य रहेको थियो । पहिलो पटक आयोजना गरिएको महोत्सले के उदेश्य प्राप्तीको दिशातिर उन्मुख भयो ? महोत्सव आयोजनाले पारेको सकारात्मक प्रभाव र चुनौतिहरु के कस्ता देखिए यसबारे महोत्सव मुल आयोजक समितिका सचिव भरत कुमार पुन संग आहा सञ्चारका लागि सहकर्मी कर्मसहि घर्ती मगरले लिएको अन्तरवार्ता । 

गएको यार्सा सिजनले के सन्देश दियो ?       
गएको यार्सा सिजन अर्थात २०७३ सालको यार्सा सिजनले मुलभूत रूपमा २ वटा सन्देश प्रवाह गरेको छ । एउटा यार्सा कारोबारको लागि लगानीमैत्री उदार नीति अवलम्बन गर्नु र पुरानो संरचनामा दिईदै आएको स्थानीय सुरक्षा व्यबस्थामा आमुल परिवर्तन सहितको रणनीति अपनाउनु पर्ने तड्कारो आवश्यकता देखिन्छ भने अर्को बढ्दो जलवायु परिवर्तनका कारण हिउँदमा अत्याधिक पानी पर्दा जेठको पहिलो देखि दोस्रो साता भित्रमा यार्सा फुकुवा गर्नु पर्ने देखिन्छ । 
हिउँदमा पानी नपरी खडेरी भएमा वैसाख महिनाको दोस्रो हप्ता यार्सा सिजनको फुकुवा गर्नु पर्ने पाठ सिकाएको छ । यसको अलावा यार्सा क्षेत्रको दिर्घकालीन संरक्षणका लागि तत्काल ठोस योजना सहितको कार्यक्रम चाल्नु पर्ने दवाब सिर्जना भएको छ । 

यार्सा महोत्सबको सफलता र चुनौतिहरु के कसरी देखा परे, बताईदिनु हुन्छ कि ?
लगभग नेपालकै इतिहासमा यार्सा सम्बन्धि ४२०० मिटरको उचाईमा भएको पहिलो भव्य कार्यक्रम थियो यार्सा महोत्सव २०७३ । सरकारका महत्वपूर्ण व्यक्तित्वहरूको र सम्बन्धित क्षेत्रका विज्ञहरूको उपस्थितिले मैकोटको इतिहासमा एउटा स्वर्णिम अध्याय थपिएको छ । कारण अहिलेसम्म केन्द्र सरकारले त के जिल्ला सरकारको रूपमा परिचित जिबिस कार्यालय र जिल्ला स्थित दलीय अगुवाहरूको नजरमा नपरेको उपेक्षित र अवहेलित गाविस रन्मामैकोटमा यति ठूलो कार्यक्रमको आयोजना गर्नु चानचुने बिषय होइन । त्यो पनि स्थानीय पहल त सक्रियतामा । यहि हो पहिलो सफलता । दोस्रो यहाँको हरेक संभावना र समस्याका बारेमा केन्द्र सरकारलाई अवगत गराउन पाउनु अर्को उपलब्धि हो । तेस्रो मैकोटको समृद्धि र उज्वल भविष्यको     बारेमा कसको भूमिका सकात्मक वा कसको नकारात्मक रहेछ भनेर जनताले स्थानीय नेतृत्वको व्यवहार प्रष्ट रूपले जाँच्न पाउँनु अर्को ठूलो उपलब्धि हो किनभने यार्सा महोत्सवले नेतृत्वको गहन दंगले पहिचान गर्ने अवसर जुराएको छ । चौथो यार्सा महोत्सवको नाममा स्थानीय पूर्वाधार निर्माण हुनु, मैकोट देखि जङ्ला भञ्ज्याङ्ग सम्मको नयाँ गोरेटो बाटो निर्माण हुनु र गाउँघर सरसफाईका कारण पर्यटन मैत्रिका रूपले विकास हुनु । पाचौँ विभिन्न पक्षहरुको उपस्थिति गराउनुका साथै        राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको बाक्लो उपस्थिति गराई यहाँको तथ्य, सत्य, संभावना र समस्या बाहिर ल्याउनु यी यावत दवालमा यार्सा महोत्सव २०७३ सफल रह्यो । जहाँसम्म कमजोरीको सवाल छ, कुनै पनि काम गर्दा केही कमिकमजोरी अवश्य हुन्छन् । यार्सा महोत्सवको केही सानातिना कमीकमजोरी पाटा मात्र रहेको मेरो मुल्याङ्ककन छ । महोत्सवको परिकल्पना गर्दाताका बृहत् योजनाका साथ अघि बढ्ने भनेर ७ वटा विभाग वनाएर ३५ जना सदस्य रहने गरि मुल आयोजक समितिको गठन गरिएको थियो । बडो सुन्दर र       दुरगामी महत्वको थियो महोत्सवको लक्ष्य र उध्देश्यहरु तर बुझाईमा एक रूपता नआउदा र सबै जिम्मेवार साथीहरु बीच अनाआवश्यक शंका उपशंका सिर्जना हुँदा कामै नगर्ने प्रवृति हावी भयो । व्यक्तिगत समस्यालाई लिएर कामै नगर्ने भए पछि कार्यक्रमको स्थिति कसरी अगाडि बढ्न सक्छ । जुन उदेश्य प्राप्तिको लागि काम गर्नु पर्ने थियो सोहि काम नै नगर्ने अनि उदेश्य प्राप्त किन भएन भनेर निउ खोज्न त पाईँदैन । 
यद्देपि  महोत्सवको दीर्घकालीन फाईदाहरू कसरी प्राप्त हुँदैजान्छन् पर्खनु पर्नेछ । अर्को कुरा गत सालको यार्सा     कारोवारमा आएको गिरावटले गर्दा र लामो खडेरीका कारण वाह्य यार्सा संकलकहरू पहिले भन्दा निकै कम आए । जसको    कारण आर्थिक संकलनमा केही गिरावट  आएको भने पक्कै हो । त्यो नै महोत्सवलाई असर गर्ने कमजोरी पक्ष भने अवश्य होइन । समग्रमा परिस्थितिवश महोत्सवको तत्कालिन लक्ष्य र उध्येश्य प्राप्त गर्न नसक्नु यसको केही कमजोरी पक्ष रहन गयो । 

यार्सा महोत्सवमा नेतृत्वदायी भूमिका कमजोरी भएको लिन सकिन्छ ? 
यसमा मेरो बिमति छ किनभने नेतृत्वले समय सापेक्ष योजना र कार्यक्रम दिनुमा अग्रसर हुने हो । यसमा केही कमजोरी भए होलान् । त्यो पक्ष आफ्नो ठाउँमा छ तर नेतृत्वलाई घच्घच्याउने काम कसको हो ? सदस्यहरूको होइन ? सबैले आआफ्नो विभागको काम कर्तव्य के कति गरेका छौँ  त्यतातिर फर्किनु जरूरी छ, अनि जवाफ पाईन्छ । फेरि नेतृत्वको कारण सरकारका महत्वपूर्ण व्यक्तित्वहरू सहभागिता गराउन र विभिन्न सहयोगी निकायहरूसंग प्रस्ताब पेश गरि धेरैथोर सहयोग बटुल्ने काम भएको छ । प्रष्ट रूपमा भन्नु पर्दा यार्सा महोत्सव सफल पार्न मैकोटी जनत र आयोजक समिति अन्तर्गत समन्वय विभाग बाहेक अरू कसैको पनि दह्रो भूमिका रहेन । 

यार्सा महोत्सवमा विज्ञहरूको सुझाब के छ ? 
यार्सा जडिबुटी प्रजातिको भएको कारणले यो वनसंग सम्बन्धित हुने भयो । त्यसैले यार्सा महोत्सवमा भूसंरक्षण तथा वन मन्त्रालयको सह सचिव लगायत इसिमोड, क्षेत्रिय र जिल्लाका वन सम्बन्धि विज्ञ र कर्मचारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय संचारकर्मीको धारणा मैकोटको जडिबुटी क्षेत्र र पर्यटन क्षेत्रको भविष्य निक्कै उज्ज्वल रहेको र यसकका लागि न्यूनतम पूर्वाधार र संरक्षणमा जोड दिनु पर्ने सुझाव दिए । 

यार्सा महोत्सवको पछि किन कुनै समिक्षा र छलफल कार्यक्रम भएन ? 
हो, महोत्सबको समापन भैसकेको छ । जहँसम्म किन समिक्षा कार्यक्रम भन्ने सवाल छ यसमा तत्काल हाम्रा अध्यक्ष र कोषाध्यक्ष दातृ निकाय बाट आउने धेरथोर आर्थिक सहयोग जुटाउन तिर लाग्नुभएको छ । उहाँहरू फर्किने बित्तिकै समिक्षा कार्यक्रम वृहत रूपमा हुने छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |