आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, August 14, 2016

१ सय बर्षको अवसरमा १ सय बिरुवा रोपियो

मेगराज खड्का
रुकुम 
लाईन्स ईन्टरनेशनल आफ्नो स्थापनाकालको १ सय बर्षमा प्रबेश गरेको अवसरमा लाईन्स क्लब अफ मुसिकोट (३२५ बिटु नेपाल) ले रुकुम मुसिकोटमा बृक्षारोपन गरेको छ । मुसिकोट नपा १, मुसिकोटडाँडामा उक्त अवसरमा १ सय ओटा बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको लाईन्स क्लब अफ मुसिकोटका अध्यक्ष नबिन खड्काले जानकारी दिए । 
उनका अनुसार लाईन्स ईन्टरनेशनल १ सय बर्ष प्रबेश गरेको अवसरमा १ सय ओटा नै बिरुवा रोपिएको हो । बिरुवा जिल्ला भुसंरक्षण कार्यालय रुकुमले निशुल्क रुपमा सहयोग गरेको हो । बृक्षारोपन कार्यक्रममा लाईन्स क्लब अफ मुसिकोटका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो । 



0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |