मेगराज खड्का
रुकुम
रुकुम सदरमुकाम मुसिकोट खलंगाको बालमन्दिर हलमा रुकुम तेस्रो नृत्य आईडल जारी रहेको छ । साताव्यापी सञ्चालित उक्त आईडल भोली आईतबार सम्पन्न हुनेछ । यसक्रममा २२ जना सहभागिहरुले नृत्य आईडलमा प्रतिस्प्रधाका लागी भाग लिएका छन । शनिबार सम्म करिब १४ जना बिभिन्न चरणहरु पार गरेर छनोटमा परेको आयोजक सिस्ने साँस्कृतिक मञ्चले जानकारी दिएको छ । आईडलमा नेपाली लोकगित, फिल्मीगित देखि लिएर हिन्दी गितमा समेत सहभागिहरु नाचेका छन ।
कार्यक्रममा सहभागि प्रतियोगिहरुको सगै अन्य बिभिन्न ईच्छुक कलाकारहरुको शो नृत्य तथा प्रस्तुतीहरु पनि देखाउने गरिएको छ । आईडल उद्घाटनका दिन सबैमा लागि निशुल्क हेर्न पाउने खुल्ला गरिएको भएपनि उक्त दिनको कार्यक्रम अव्यवस्थित दर्शकहरुको कारण भद्रगोल भएको भन्दै आयोजकले त्यसको भोलीपल्टबाट १ सय रुपैया तिरेर मात्र आईडल हेर्न सक्ने व्यवस्था मिलाएको छ । आईडलमा उत्कृष्ट हुनेले ५० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन । हेर्नुहोस केहि यस्ता दृष्य जसले दर्शकहरुको मन अनी आँखा केहि न केहि पक्षबाट तानीरहेको थियो ।
0 comments:
Post a Comment