आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, July 24, 2016

११ बर्षिय बालिकालाई नै जबरजस्ती करणी

मेगराज खड्का
रुकुम
रुकुमका एक ब्यक्ति बिरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता गरिएको छ । रुकुम स्यालापाखा ३ का ४० बर्षिय दल बहादुर दमाईलाई एक बालिका माथी जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिए । 
उनका अनुसार साता अघि पश्चिम रुकुमकी ११ बर्षिय एक बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय रुकुम बाट खटी गएको प्रहरी टोलीले दमाईलाई  पक्राउ गरी जबरजस्ती करणी शिर्षकमा मु्द्दा दर्ता गरिएको हो ।  घटनाबारे थप अनुसन्धान प्रकृया अगाडी बढाईएको समेत प्रहरीले जानकारी दिएको छ । जबरजस्ती करणी गरेको ठहरिएमा ८ वर्ष देखी १२ वर्ष सम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |