आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, July 25, 2016

ब्लडक्यान्सर पीडित पत्रकार महरालाई सहयोग गर्ने क्रम जारी

दाङ । ब्लडक्यान्सर पीडित पत्रकार अर्जुन महराको उपचारका लागि सहयोग गर्ने क्रम जारी छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार अर्जुन महरा बचाउ अभियान शुरु गरेसँगै विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन हुन थालेको हो ।
यसै क्रममा दाङ घर भई हाल अमेरिकामा रहनुभएका होताराम अधिकारीबाट ११ हजार पाँच सय ८५ रुपैयाँ, नयाँ युगबोध दैनिकबाट पाँच हजार, एभरेष्ट बैंक लमही शाखा प्रबन्धक दीपा बुढाथोकीबाट पाँच हजार, कर्पोरेट सेक्युरिटी सर्भिस गोग्ली दाङका प्रोप्राइटर कृष्णप्रसाद पाण्डेबाट ५ हजार रुपैयाँ प्राप्त भएको महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी पीडित पत्रकार महराको उपचारका लागि नौलो जनउभार साप्ताहिकले दुई हजार, अधिवक्ता गोमा महराले दुई हजार, घोराहीस्थित ओम जोशीले १ हजार १ सय, पत्रकार सविन प्रियासनले एक हजार, गंगाराम आचार्यले एक हजार, पत्रकार प्रेमबहादुर राम्जामगरले एक हजार, पत्रकार रीता लामाले पाँच सय र पत्रकार बालाराम खड्काले पाँच सय रुपैयाँ सहयोग गरेको आचार्यले जानकारी दिनुभयो ।
बोनम्यारोमा क्यान्सर देखिएका पत्रकार महरा हाल काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार गराइरहेका छन् । न्यून पारिवारिक आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई भएकाले नेपाल पत्रकार महासंघ दाङल पत्रकार अर्जुन महरा बचाऊ अभियान सञ्चालन गरेको हो । 
यसैबीच पत्रकार महराको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिदिन नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यले सबैलाई आग्रह गर्नुभएको छ । सहयोगका लागि कार्यालय समयमा नेपाल पत्रकार महासंघ दाङ शाखाको फोन नं. ०८२–५६१४९७ वा कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको फोन नं. ९८५७८३०३६३ मा सम्पर्क गर्न सकिने महासंघले जनाएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |