प्रेस सेन्टर नेपाल रुकुमको चौथो जिल्ला सम्मेलनले ७ बुँदे मुसीकोट घोषणा पत्र जारी गरेको छ । पढ्नुहोस यस्तो छ घोषणापत्र ।
प्रेस सेन्टर नेपाल, जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलनबाट पारीत
सात बुँदे मुसीकोट घोषणा पत्र
१– पत्रकारीताको नाममा भैरहेका कतिपय गलत क्रियाकलापको भण्डाफोर गर्ने र त्यसका लागि यो सम्मेलन अन्य पेशागत संगठनसँगको समन्वयलाई जारी राख्ने प्रतिबद्धता गर्दछ ।
२– समग्र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ रुकुममा अघिल्लो कार्यकालदेखि थालिएको सदस्यता शुद्धिकरण अभियानलाई निरन्तरता दिई रुकुमको पत्रकारीतालाई मर्यादित बनाउन र महासंघको संस्थागत विकास गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।
३– प्रगतिशिल पत्रकारहरुको सञ्जाललाई विस्तार गर्न र जनपक्षिय पत्रकारीताको लागि एक गाउँ, एक पत्रकारको अभियानलाई निरन्तरता दिई गाउँ गाउँको सूचनाको अधिकारलाई प्रत्याभूती दिलाउन यो सम्मेलन प्रतिबद्धता गर्दछ ।
४– रुकुम जिल्लाको मुख्य केन्द्र जिल्ला सदरमुकाम खलंगामा यत्रतत्र छरिएको फोहर व्यवस्थापनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पूर्ण सरसफाइयुक्त रुकुम बनाउने अभियानमा पूर्ण सहयोग गर्न यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ ।
५– जिल्लाका ग्रामिण सडकहरु वर्षाका कारण अवरुद्ध भैरहेको र त्यसबाट सर्वसाधारणको दैनिकीमा भैरहेको अफ्ठ्यारोलाई सहज बनाउन सडक मर्मत तथा नियमित सडक सञ्चालन र सुलभ भाडा दर कायम गर्न यो सम्मेलन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ ।
६– केही दिनदेखिको अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षेतीप्रति दुःख व्यक्त गर्दै रुकुममा हुने सम्भावित क्षेतीलाई रोक्न पूर्व तयारीका लागि यो सम्मेलन जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लामा कार्यरत सम्पूर्ण सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछ ।
७– बहुमत जनप्रतिनिधिको सहभागितामा निर्मित नेपालको नयाँ संविधान जारी भै कार्यान्वयनको चरणमा रहेकोले नयाँ संविधानको पूर्ण कार्यान्वयनमा सहयोग गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।
१४, साउन २०७३
मुसीकोट, रुकुम
0 comments:
Post a Comment