आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, July 2, 2016

कर्मचारी मिलन केन्द्र चौरजहारीको अध्यक्षमा गिरी

गोपाल रेग्मी
रुकुम १८, असार
रुकुमको चौरजहारी नगरपालिकामा कर्मचारी मिलन केन्द्रको पुर्नगठन गरिएको छ । पुर्नगठित समितिको अध्यक्षमा चौरजहारी अस्पतालका प्रशाशक डिल वहादुर गिरी चयन भएका छन । जसको उपाध्यक्षमा नगरपालिका प्रतिनिधि दिपलाल कंवर, सचिवमा नेपाल वायु सेवा निगमको तर्फ वाट सुरेन्द्र नेपाली र ग्रामिण विकास वैंकको तर्फ वाट यमुना हमाललाई कोषाध्यक्ष पदमा चयन भएका छन । ११ सदस्य समितिमा शहरी विकास कृषि लगाएतका अन्य कार्यालयका प्रतिनिधी कर्मचारीहरु रहेका छन । चौरजहारी नगरपालिका भित्र रहेका कार्यालयमा कार्यरत कर्मचारीहरु विचको समन्वय, आपसी सदभाव र मैत्रीपुर्ण सम्वन्ध कायम गर्ने उदेश्यले कर्मचारी मिलन केन्द्रको स्थापना गरिएको हो ।
 कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय विचको समन्वय लाई ध्यानमा राखेर २०६८÷६९ मा चौरजहारीमा पहिलो पटक कर्मचारी मिलन केन्द्र गठन गरीएको थियो । २ वर्षे कार्यअवधि रहेको समितिमा यस अघि चौरजहारी नागरिक उडयन प्राधिकरणका श्रीकृष्ण रिजाल लाई अध्यक्षमा चयन गरीएको थियो । रिजालको कार्यअवधि सकिनुका साथै  सरुवा भएपछि समिति पुर्नगठन गरीएको हो । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |