मेगराज खड्का
रुकुम सदरमुकाम मुसिकोट खलंगा बजार स्थित घरघरका भित्ताभित्तामा देखि सार्बजनिक ठाउँहरुमा पनि सूचना टाँसेको तपाईले देखिसक्नु भयो होला सायद । नदेखेको भए यहाँ तल हेर्नुहोस । रुकुमको एक होटलले रक्सीखानेहरुको लागि ठुलै अवसर दिएको त त्यो पनि सार्बजनिक ठाउँमा सूचना टाँसेर । ब्लू डायमण्ड नामको उक्त रक्सी २ वटा खरिदमा एउटा उपहारको अवसर भोली शुक्रबार रे । जमाना यस्तो आईसक्यो की रक्सी छुटबारे पनि सूचना बजारमा आउन थाल्यो । मलाई चाँहि अचम्म लागेर फोटो खिचेर ब्लगमा पोष्ट गर्न मन लाग्यो तपाईलाई कस्तो लाग्यो कुन्नी ? यसरी रक्सीबारे सार्बजनकि ठाउँमा प्रचार गर्नु कति उपयुक्त हो सरोकारवाला निकायहरुले नै जानुन अनी तपाई धुम्रपान र जाँडरक्सी सेवनले स्वास्थ्यका लागि हानीकारक छ भनेर छुट नलीने की ज्यानलाई जोखिममा पारेर मौकाको फाईदा उठाउने हो आफै सोचबिचार गर्नुहोला ।
0 comments:
Post a Comment