मेगराज खड्का
नेकपा माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुमको अध्यक्षमा शेरबिर दाहाल चयन भएका छन । सदरमुकाम खलंगामा भएको दशौं जिल्ला सम्मेलनबाट दाहाल अध्यक्षमा चयन भएका हुन । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो । पछि ८ जना थप्ने गरी गठन गरिएको ४१ सदस्सिय जिल्ला समितिको उपाध्यक्षमा शशिराम बिक र मोहन कुमार रोका, सचिबमा डिल्ली बहादुर मल्ल, सहसचिबमा ऋषिकेश आचार्य र अमर चन्द र कोषाध्यक्षमा भिमबहादुर ओली रहेका छन । नयाँ समितिले रुकुमको शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन नयाँ योजनाका साथ अघि बढ्ने बताएको छ । थप जान्न हेर्नुहोस बिज्ञप्ती, को को छन जिल्ला समितिमा ।


2:11:00 AM
www.aahasanchar.com






0 comments:
Post a Comment