Tuesday, June 7, 2016

पानी नै नभएको खोलामा पक्की पुल, उत्तरगंगा नदि त्यसै

मेगराज खड्का
रुकुम 
रुकुमको पुर्बी गाविस तकसेरा स्थित पानी नै नभएको चेबाङ खोलामा पक्की पुल बनिरहेको फेला परेको छ । तर उक्त पक्की पुल बन्नुपर्ने अतिआवश्यक उत्तरगंगा नदिमा भने सवारीका साधानहरु नदिबाटै जोखिमपुर्ण तरीकाले आवतजावत गरिरहेका छन । आवश्यकता रहेको उत्तरगंगा नदिमा पक्की पुल नबरेर अर्को पानी नै नभएको चेबाङ खोलमा पुल बन्न थालेपछि स्थानीयहरु समेत चकित परेका छन । सदरमुकाम खलंगा देखि तकसेरा सम्म अहिले साना सवारीका साधानहरु सञ्चालन छन । सदरमुकाम खलंगाबाट तकसेरा गाउँ जानुभन्दा पहिले उत्तरगंगा नदि पर्छ भने चेबाङ खोलामा बन्न लागेको पुल गाउँदेखि केहि छेउमा पर्छ ।  बर्षात शुरु भएसगै उत्तरगंगा नदि बढ्ने भएका कारण यातायात बर्षात अवधीभर अवरुद्ध हुने गरेको छ । कोल–तकसरा–हुकाम–मैकोट सडकखण्ड अन्र्तगत पर्ने उक्त पुल सडक डिभिजन कार्यालय चौरजहारी रुकुमको सहयोगमा निर्माण भैरहेको हो । 

शैलुङ कन्ट्रक्शन प्रालि मार्फत निर्माण कार्य भैरहेको छ । निर्माण कार्यमा खटिएका कम्पनीका प्रतिनिधी पतिराम रोकाका अनुसार करिब २ करोड ४६ लाखको लागतका निर्माण भैरहेको उक्त पक्की पुल तिब्र गतिमा निर्माण भैरहेको र डेढदुई महिनाभित्रै निर्माण कार्य सम्पन्न हुने छ । ‘यहाँ पुल त निर्माण भैरहेको छ, हामी त जहाँ भएपनि निर्माणको जिम्मा मात्र पाएका मान्छे न प¥यौ’ उनले भने, ‘साँच्चीकै भन्ने हो भने त यो पानी नै नभएको खोलामा बनाउनु भन्दा त्यत्रो ठुलो उत्तरगंगा नदिमा बनाएको भए धेरै राम्रो हुथ्यो नी ।’ उनका अनुसार कम्पनी मार्फत पुल निर्माण थालेदेखि स्थानीयहरुले यो पुल यहाँ कसरी प¥यो भनेर सोधिरहेको भएपनि आफुहरु निर्माणको मात्र जिम्मा पाएका कारण थाहा नभएको जानकारी दिदै आएको बताए । ‘पुलको योजना यहाँ के कसरी आयो त्यो त स्थानीय राजनैतिक दल, जिल्ला स्थित सरोकारवाला निकायहरुले सोच्ने कुरा हो’ उनले थपे, ‘हाम्रो त निर्माण गर्ने ठेक्का हो, काम तिब्र गतिमा भैरहेको छ अवको एकडेढ महिनामै सक्काईदिन्छौ ।’ उक्त पक्की पुल ११ मिटर चौडा, २५ लम्बाई र १२ मिटर उचाईको छ ।

स्थानीय नै चकित

पानी नै नभएको चेबाङ खोलामा पुल बन्न थालेपछि त्यहाँका स्थानीय नै चकित मात्र परेका छैनन स्थानीयहरुको आबश्यकता बेगर कसरी उक्त खोलामा पुलको योजना बन्यो भनेर अन्योलमा सकेत परेका छन । स्थानीयका अनुसार चेबाङ खोलामा बर्षातको बेला केहि पानी आउने गरेको भएपनि अन्य समयमा एउटा सानो कुलो जति पनि पानी आउदैन । स्थानीय रामचन्द्र बुढामगर पानी नै नभएको खोलामा पक्की पुल बनिरहेको देख्दा आफु चकित परेको बताए । ‘हामीले पनि यो पानी नभएको खोलामा किन पुल बन्यो भनेर जिज्ञासा राख्दा निर्माण कम्पनीले हामीलाई कहाँबाट आयो, कसरी आयो थाहा छैन, हाम्रो बनाउने जिम्मा हो बनाईरहेका छौ भन्छन’ उनले भने, ‘अरु गाउँघरका साथीभाईलाई सोध्दापनि हामीलाई पनि थाहा छैन, माथीबाटै यहि ठाउँमा बन्नका लागि आएको हो रे भन्छन ।’  उनी मात्र होईन स्थानीय जयधन घर्ति पनि बुक्लो खोलामा पुल बनेको देख्दा अचम्ममा परेका छन ।

 बर्षभरी बगिरहने उत्तरगंगा नदिमा नबनी पानी नै नभएको खोलामा कसरी पुल बन्यो भनेर जान्न गाउँका धेरैलाई सोधिसकेका छन तर त्यसको उत्तर अझै पनि प्राप्त गर्न सकिरहेका छैनन । ‘हाम्रो चाँहि सबैभन्दा आबश्यक पर्ने र पुल बन्नु पर्ने उत्तरगंगा नदिमा नै हो, यो चेबाङ खोलामा योजना कहाँबाट प¥यो अचम्म लागिरहेको छ’ उनले भने, ‘केन्द्रिय स्तरबाटै नेताहरुको सार्थका लागि गरिएको राजनीति र मिलोमतोका कारण यस्तो भएको हुनसक्छ ।’ उनका अनुसार राज्यको लाप्रबाहीका कारण पुलको आबश्यकता नभएको ठाउँमा पुल बनेको भएपनि तत्काल उत्तरगंगा नदिमा पनि अर्को पक्की पुलको योजना आउनुपर्छ । 

योजनाबारे सडक डिभिजन कार्यालय नै बेखबर

तकसेरामा स्थित बनीरहेको उक्त पुलको बारेमा सडक डिभिजन कार्यालय समेत बेखबर जस्तै छ । उक्त कार्यालयले उक्त योजना कसले प्रस्ताब ग¥यो र कसरी स्वीकृत भयो कार्यालयलाई केहि थाहा नभएको प्रतिक्रिया दिएको छ । अतिआवश्यक उत्तरगंगा खोलमा पुल नबनेर उल्टै पानी नै नभएको चेवाङ खोलामा कसरी पुल बन्न लागेको भनी सडक डिभिजन कार्यालय चौरजहारीका ईन्जिनियर धनबहादुर बुढालाई प्रश्न गर्दा उनले समेत यसबारे अनबिज्ञता प्रकट गरे । 

‘हो, तपाईले भनेझै आवश्यकता नै नभएको ठाउँमा सडकको पक्की पुल बनीरहेको छ, त्यो योजना कसले र के स्वार्थका लागि राखेको हो हामीलाई पनि थाहा छैन भने म अचम्ममा पनि छु’ ईन्जिनियर बुढाले भने, ‘रातो किताबमा वडा नम्बर र ठाउँ उल्लेख गरेर चेबाङखोलामा पुल बनाउने भनी योजना परेको रैछ, अनी हामीले पनि रातो किताबमा परेको योजना कार्यन्वयन नगरेर के गर्ने ।’ जिल्ला स्थित तथा केन्द्रका राजनैतिक दलका नेताहरुले नै त्यो योजना राखेको हुनसक्ने उनको भनाई छ । ‘हाम्रो कार्यालयबाट योजना पार्ने भन्ने हुदैन, हाम्रो योजना पार्ने कुरामा केहि लाग्दैन माथी बाट जे पास भएर आउछ त्यसको कार्यन्वयन गर्ने कुरा मात्र हो’ माथीबाट योजना जहाँ परेपछि अतिआवश्यक ठाउँमा फेर्न सकिदैन्थयो भन्ने अर्को प्रश्नमा उनले थपे, ‘रातो कितामा आईसकेको कुरालमाई त स्थानीय हुन या प्रधानमन्त्री, मन्त्री हुन जस्ले जे भनेपनि फेर्न सकिदैन, नाम नै किटान गरेर आएको योजना फेर्ने हो भने त हामीलाई नै कारबार्ही भैहाल्छ नी ।’ 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |