आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, June 3, 2016

सचिब ज्यू, यी आमाहरुले नागरिकता र बृद्धभत्ता कहिले पाउछन ?

मेगराज खड्का
पहिलो यार्सागुम्वा महोत्सवको रिपोटिङका क्रममा म लगायत जिल्ला स्थित अन्य पत्रकार, राजनैतिक दल तथा सरकारी कर्मचारी र संघसंस्थाहरुको एक टोली सदरमुकाम खलंगाबाट हिड्यौ । केहि गाडिमा र केहि हिडेर पहिलो दिनको यात्रा कोल गाविसको पद्मीमा पुगियो । जिल्ला स्थित सरकारी तथा गैरसरकारी कर्मचारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, राजनैतिक दल तथा पत्रकारहरुको टोली देखेपछि त्यहाँका स्थानीयलाई लागेछ की यो टोलीलाई हाम्रो बिद्यालय देखाउने हो भने केहि सहयोग गर्छनकी भनेर । त्यसपछि बिद्यालयको सरहरुले हाम्रो टिमलाई बिद्यालयमा बोलाउनुभयो र सानोतिनो कार्यक्रमको समेत आयोजना गर्नुभयो । आसपासका स्थानीयहरु पनि आए र जिल्लाबाट त्यहाँ पुगेको टोलीलाई बिद्यालयको समस्याबारे बताउदै थिए । म पनि त्यहि टिममा थिए । 

छेउमा बस्नुभएका एकजना बुवाले मलाई भन्नुभयो बाबु मेरो नागरिकता छैन, बनाउनुपर्ने, बनाईदिनुप¥यो । बुवाले सोच्नुभयो छ की यो टिम जिल्लाबाट नागरिकता बनाउन आएको शिबिर टिम हो । तर मैले भने यो नागरिकता बनाउन आएको टोली होईन बुवा, हामी त यार्सा महोत्सबमा जान लागेको, म पत्रकार हो । बाटोमा स्कुल पर्दो रहेछ र यसो कस्तो छ भनेर टोलीले हेर्न र समस्या बुझ्न थालेको हो । के तपाईको पनि नागरिकता छैन र आजसम्म भनेर मैले प्रश्न गरे । उहाँले भन्दैहुनुहुन्थ्यो नागरिकता त बनाएको बाबु कता हराएको धेरै भयो फेरी बनाउनुपर्ने थियो । खलंगा जान सकिदैन क्यारउ त त्यासोभए । बुवाले म संग कुरा गर्दै गर्दा अर्को आमाले भन्नुभयो, बाबु मैले बृद्धभत्ता पनि पाएको छैन, कहिले देखि पाउँछु । मैले भने कति बर्षको हुनुभयो र आमा । उहाँले भन्नुभयो ७४ बर्षकी । ओहो, ७४  बर्ष पुग्दा पनि पाउनुभएको छैन त बृद्धभत्ता । ७० बर्ष पुगेपछि नै पाईन्छ त, गाविसमा गएर सचिबलाई भन्नुप्यो आमा मैले भने । उहाँले भन्नुभयो मलाई त यो बारेमा केहि थाह छैन बाबु, सचिब पनि यतातिर आउछैनन् खलंगातिरै बस्छन होला । उहाँ हुनुहुन्थ्यो कोल ६, पद्मीकी चन्द्रमाया बुढा । 

मलाई लाग्यो यतातिर नागरिकता बनाउने देखि बृद्धभत्ता नपाउने धेरै छन की क्या हो । अनी छेउकी अर्की आमालाई सोधे तपाईले बृद्धभत्ता पाउनुहुन्छ त आमा । उहाँले पनि भन्नुभयो अह ७२ बर्ष पुगे, पाएकी छैन अली पछि तिर पाईन्छ होला । उहाँ हुनुहुन्थ्यो नपुरा बुढा । अनी मैले फेरी सोधे आमा यहाँ बृद्धभत्ता नपाउने आमाहरु धेरै होलान है भनेको त बृद्धभत्ता त के यहाँ नागरिकता सम्म नबनाएका साथीनीहरु पनि छन । उहाँहरुले मलाई केहि तल लिनुभयो तर सिकाउनुभयो, यी यीनले त ६१ बर्ष पुग्दासम्म नागरिकता नै बनेको छैन । उहाँ हुनुहुने रैछ राखिमाया बुढा । गाउँमा यस्तै यस्तै धेरै महिलाहरु रैछन कोलमा । सरकारले बृद्धबृद्धाहरुको सुरक्षा भत्ता बढाएर लोकप्रियता पाईरहेको बेला गाउँमा भने पुरानै भत्ता पनि पाएको अवस्था देखिएन । अनी मलाई प्रश्न गर्न मन लाग्यो सचिब ज्यू, यी आमाहरुले केहिले नागरिकता र बृद्धभत्ता पाउछन । 

यस सम्बन्धी बिस्तृत समाचार तलका लिंकहरु क्लिक गरेर पढ्न सक्नुहुन्छ । बृद्धभत्ता नपाएका आमाहरुको समाचार पढ्न यहाँ वा तलको लिंकमा क्लिक गर्नुहोस । 

सरकारले भत्ता बढाएर के गर्नु, ७० बर्ष काटेपनि बृद्धाभत्ता पाईएन! 

६१ बर्षको हुँदा सम्म नागरिकता नबनाएकी आमाको समाचार  पढ्न यहाँ वा तलको लिंकमा क्लिक गर्नुहोस । 




0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |