रुकुम मुरु घर भई हाल रुकुम सदमुकाम खलंगामा कानून व्यवसाय गरिरहेका रत्नबहादुर खड्कासँग आहा सञ्चार साप्ताहिकका लागि राम वि शाम (साधक) ले गरेको कुराकानी ।
आजभोलीका दिनहरु कसरी वितिरहेका छन ?
अध्ययन, अध्यापन तथा कानून व्यवसाय सञ्चालन गरेर वितिरहेका छन ।
अध्यापन र कानून व्यवसायी पेशा एकैसाथ अंगाल्नुको अर्थ धेरै पैँसा कमाउनलाई हो ?
आफूले आर्जन गरेको ज्ञानलाई व्यवहारिक रुपमा लागु गरौँ भनेर ।
आमाबुवाले नमानेर यो पेशामा लाग्नु भाको हो रे नी हो ?
होईन । आमाबुवाकै माया,ममता तथा योगदानले यहाँसम्म आएको छु ।
कत्तिको पर्ने गर्छ ? दाजुभाई वीच खटपट ।
पर्दैन । पहिलेदेखि हालसम्म राम्रो सम्बन्ध छ ।
जताततै सबैले विहे गर्ने गरेका देख्छौँ । खासमा मान्छेले विहे किन गर्छन होला ?
विहे आवश्यकता हो र अधिकांशको हकमा अनिवार्यता पनि हो, त्यसैले ।
छोरीलाई अंश दिनुहुन्छ त ?
दिन्छु । छोराछोरी दुवै बराबरी ।
कालो कोट लाउने मान्छे (वकिल) त नोटमा विक्रि हुन्छन रे नी ? पैँसामा बिकेर कतिलाई अन्याय गर्नुभएको छ ?
कानून व्यवसायी पेशा भनेको सबैलाई न्याय दिलाउनका लागि हो । हामी सँधै अन्यायको विरुद्धमा लड्छौँ । पैँसामा बिक्ने कुकाम आजसम्म मबाट भएको छैन र हुँदैन पनि ।
शिक्षकबाट कुटाई खाँदा र विद्यार्थीलाई कुटाई दिँदा कति फरक हुँदो रै छ ?
कुटाई पनि खाईएन र कुटाई पनि दिने गरेको छैन । स्कूल पढ्ने समयमा मेहनत गरेर पढ्थेँ त्यसैले कुटाई खाईएन । अहिले विद्यार्थीको रुची, चाहाना र समस्यालाई बुझेर पढाउने गरेको छु, कुटेर होईन । विद्यार्थीलाई कुटेर घोकाउनु शिक्षकको आचारण भित्र पर्दैन ।
अमेरिकाले सित्तैमा ग्रिनकार्ड उपलब्ध गरायो भने सबै पेशा छोडेर अमेरिका जानुहुन्छ ?
म जे छु ठीक छु । जतिसुकै पसिना बगाउनु परेपनि मेरै देशमा बगाउँछु, मेरै समाजमा बगाउँछु, म यही गर्छु, यसमै रमाउँछु । म अर्काको देशमा जान्न ।
२१ वर्षको उमेरमा गरेका एकएक वटा राम्रा र नराम्रा काम सम्झनु पर्दा ।
राम्रो पक्ष, त्यो उमेरमा म प्राविधिक सहायक भएर काम गरेँ र नराम्रो पक्ष, अलि म जिद्दी स्वभावको थिएँ ।
डिग्रे शाईकुमारी मन्दिरमा गएर वरदान माग्नु भएको छ की छैन ?
मैले नराम्रो नगरौँ, कसैको अहित हुने काम नगरौँ, जीउ ज्यानको सुरक्षा होस, सँधै अरुको भलो सकियोस आदि यस्तै वरदान माग्ने गरेको छु ।
जीन्दगीमा तपाई भित्री मनदेखि हुन चाहेको ।
देश, गाउँ समाजको हितको निम्ति नेतृत्व दायि भुमिकामा पुग्नु ।
सन्तुष्टि कहाँ पाईन्छ होला ?
सन्तुष्टि आफैभित्र पाईन्छ । बाहिर खोजेर पाईने कुरा होईन ।
रुकुम जिल्ला भित्रका नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु ।
गोपाल जीजङ शाह, कृष्णबहादुर रोकाय, मीनबहादुर पून, डिल्ली रमण खड्का र वीरबहादुर खड्का । तपाईको नजरमा जीवन के हो ?
संघर्षशिल ।
अन्त्यमा मैले सोध्न छुटाएको र तपाईले भन्न मन लागेको कुरा ।
असल व्यक्तिले आफ्नो आवश्यकताको लागि केही त गर्नेपर्छ । तर आफ्नो भन्दा अरुको हितको निम्ती योगदान दिनुपर्छ ।
0 comments:
Post a Comment