बुवा बलविर खड्का र आमा सुशिला खड्काको कोखबाट वि.स. २०४९ साल चैत्र ३ गते सुर्खेत जिल्ला, मेहेलकुना गाविस वडा नं. ६ मा जन्मेका मानसिं खड्का बाल्यकालदेखि नै सांगीतिक फाँटमा रुचि भएतापनि औपचारीक तरिकाले २०६९ सालदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताउँछन । आफू गायक बन्नुको सबै श्रेय आफ्नै दिदी इन्दु अनि दादा मंगल लगागत बागिना समूह सूर्खेत र दिदि मनुमन्दिरलाई ठान्ने मानसिंह अहिलेका लोक तथा दोहोरीका चर्चित युवा गायकका रुपमा परिचित छन् । रामु खड्काको लय अनि सन्तोष बानियाको शब्दमा शंका लाउन थाल्यो भन्ने बोलको गीतमा स्वर दिएर कलाकारिताको श्रीगणेश गरेका खड्काले २०७० साल तिम्रो जस्तो जोवानी, ढाक्यो बादलुले जुनलाई, माया बस्छ फेरी, नाँची देउन घुमेर, तरुनी तन्नेरी, हेर्दा हेदै पराईकी भयौ, मात्र तिम्रो कारण त्यस्तै २०७१ मा भाग्य फुटी गयो, जीवन साथी, चुल्वुल चुल्वुल मन, परदेशीको पिडा लगायतका थुपै्र गीतहरुमा स्वर दिई सकेका छन् । सँगसँगै हातेमालो गर्ने प्रिय साथी निर्मल केसी लगायत भद्र नकाल, छविलाल विष्ट, तारा सोमै, युवराज गुरुङ, सन्तोष अर्याल, गोपाल ओली, भगत खड्का राजकुमार शर्मा रोहित बुढा, कृष्ण बस्नेतहरुको साथ सपोट कहिल्यै बिर्सन नसक्ने उल्लेख गर्छन । जन्मजातै मिठो स्वरका धनी खड्का व्यवहारिक रुपमा पनि उत्तिकै ईमान्दार, मिलनसार, सहनशिल, लगनशिल, कर्मठ व्यक्ति हुन् । उनै गायक मानसिंह खड्कासँग राम वि शाम (साधक) ले गरेको कुराकानी ।
जीन्दगी किन जीईरहनुभएको छ ?
आफ्नो लक्ष्य पूरा गर्न र अमर रहनका लागि ।
कहिलेकसो जीन्दगी देखि दिक्क लाग्दा आत्महत्या गरौँ जस्तो लाग्दैन ?
जीवनको यो घडिसम्म दिक्कको आभास त भएको छैन तर त्यस्तो दिन आईहाल्यो भनेपनि म आत्महत्या गर्दिन किनकी त्यसको विकल्प यो होईन ।
जागिरसागिरको चक्करतिर नलागेर किन कलाकारिता क्षेत्रमा लाग्नु भाको त ?
जीवन जीउनका लागि कुनै न कुनै पेशा त अंगाल्नु त पर्छ नै । जसमा आफ्नो अन्तरआत्माले के चाहान्छ त्यसको पछाडि लागिन्छ त्यसो त मैले मेरो जीवन संगितमा समर्पण गरेँ त्यसैले एकैचोटी दुईओटा पेशा अंगाल्न सकिन ।
तपाई गायक बनेदेखि घरपरिवारको मन दुःखेको छ भन्ने कुरा सुन्नमा आएको छ त । के यो कुरा साँचो हो ?
यो सब झुठ हो । परिवारकै साथ, प्रोत्साहनले त म गायक बनेको हुँ । यसमा परिवारको भरपूर साथ छ ।
प्रेम गरेर वीचमा धोका दिन त खुब सिपालु हुनु हुन्छ रे नी ? आजसम्म धोका खानेहरुमा कति जना पर्छन ?
म यो प्रेम भन्ने चिजबाट अलि टाढा नै छु । अहिलेसम्म कसैको प्रेमको बन्धनमा परेको छैन र कसैलाई प्रेमको बन्धनमा पारेको पनि छैन ।
आजसम्म कति पटक जानुभएको छ अदालतमा ? वयान गर्नका लागि ।
अहिलेसम्म त्यस्तो दुर्भाग्य आई लागेको छैन र म चाहान्छु त्यस्तो दिन पनि नआओस् ।
तपाईको त डक्टर भन्दापनि धामीझाँक्रिसँग बढि चिनजान छ रे नी ?
हा हा हा....... होईन होईन । धामीझाँक्रि भन्दा डक्टरसँग बढि चिनजान छ र डक्टरलाई नै विश्वास गर्छु, धामीझाँक्रिलाई होईन ।
तपाईले दुईओटा मृगौला दिएर दुईजना मान्छेको ज्यान बच्छ र दिनुभएन भने दुईजनाकै ज्यान जान्छ । अब भन्नुहोस त्यतिबेला के गर्नुहुन्छ ?
म सहयोगी मान्छे हुँ तर सहयोग गर्छु भन्दैमा ज्यानै जाने सहयोग गर्न सक्दिन । म एउटा मृगौला दिएर एकजनालाई बचाउँछु र एउटा मृगौलाले आफ्नो लागि बाँच्छु अनि अर्को व्यक्तिलाई बचाउन फेरी अर्को मान्छेसँग अनुरोध गर्छु र दुवैजनालाई बचाउने कोशिस गर्छ ।
सुर्खेत जिल्ला भित्रका नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु ?
प्रेमदेव गिरी, मनु मन्दिर, टिका पून, शिव संगित र ज्ञानबहादुर नेपाली
तपाई भाग्यले हो की परिश्रमले हो गायक बनेको ?
भाग्य र परिश्रम दुवैको बराबर ।
सन्तुष्टि कहाँ पाईन्छ होला ? तपाईलाई थाहा छ की ?
जहाँ परिश्रमको कदर हुन्छ त्यहाँ पाईन्छ सन्तुष्टि ।
नायिका रेखा थापाले सेक्सको प्रस्ताव राखिन भने ?
माफ गर्नुहोला यस्तो म बाट हुन सक्दैन ।
अन्त्यमा जीवन के हो ?
जीवन रङ्गहिन पानी हो । जसमा रातो रङ हाले रातै हुन्छ, हरियो रङ हाले हरियो हुन्छ । सम्रगमा जस्तो बनायो त्यस्तै हुन्छ । हरेक परिस्थितीको सामाना गर्नुपर्ने संघर्र्ष हो जीवन ।
0 comments:
Post a Comment