मेगराज खड्का
एउटा ब्यस्त बजार, त्यसमा पनि एउटा कुनै ब्यक्तिले बजार छेउमा आफ्नो मोटरसाईकल रोकेर कुनै काममा गएको छ । अनी अरु कुनै मान्छेले उसको मोटरसाईकल माथी महंगो ट्याबलेट बसाली छोडेर गयो भने के भेटिएला त ? कुनै समान चोरी गरेर त मान्छे पैदलमा नै कुलेलाम ठोक्छन भने आफै छोडेको अनी त्यो पनि मोटरसाईकल माथी । सामान्य अवस्थामा तपाई हामी सबैलाई पनि बिश्वास नै लाग्दैन त्यो ट्याबलेट भेटिएका भनेर ? तर सुर्खेत बिरेन्द्रनगर बजारमा मेरै साथी गोपाल रेग्मीको यस्तै घटना घट्यो तर उक्त ट्याबलेट भने जस्ताको तस्तै फिर्ता दिईयो । सडक छेउमा रोकिएको मोटरसाईकलमा अढेस लागेर साथी रेग्मी केहि समय रेष्ट गर्दा त्यो साधान छुटेको थियो । सगै यात्रामा रहेका साथी रेग्मीले ओहो, मेरो ट्याबलेट त त्यहि रेष्ट गरेको निर मोटरसाईकलमा बसालेको छुटेछ भनेपछि उहाँ त्यसतर्फ फर्कनुभयो तर मलै भने खै यस्तो बजारमा अब भेटिएका जस्तो लाग्दैन ? आफ्नो मोटरसाईकलमा छोडेर गएको उक्त ट्याबलेट मोटरसाईकल घुईकाएर भागी लिन पनि सक्थ्ये तर स्थानीय रबी नेपाली त्यसो गरेनन् बरु खोजी गर्न आउञ्जेल सम्म कुरेर बसिरहे र आएपछि फिर्ता गरे । यो समाजमा कोहि गोजी नै काटेर चोर्ने पकेटमारा पनि हामै समाजमा छन भने कोहि बजारको एउटा मोटरसाईकल माथी छोडेर गएको ट्याबलेट जस्तो महंगो साधन पनि फिर्ता गर्ने रबी जस्तो ईमान्दार नागरिक पनि रैछनन सुर्खेतमा । सम्पुर्ण जानकारीका लागि यो तलको स्टाटस पढ्नुहोस । यो उहाँले समान भेटिएपछि आफ्नो फेसबुकमा राखेको स्टाटस हो ।
ईमान्दारीता नै उत्तम नियम हो भन्ने भनाई सुर्खेत वुद्धचोकका एक युवाले सत्य सावित गरीदिएका छन । प्रदेश नम्वर ६ को संभावित राजधानिको रुपमा लिईने व्यस्त शहर सुर्खेतमा कुनैपनि व्यक्तिको समान हराए पछि पाईने सम्भावना न्युन हुन्छ । त्यो समान चाहे वहुमुल्य मध्यम मुल्य अथवा न्युन मुल्यको किन नहोस पाईने संभावना नै हुदैन । त्यो नि शहरमा पाकेटमार हरुको विगविगी पनि त्यत्तिकै हुन्छ ? चोर डकैति लुटपाट गर्ने समुह पनि गाउँ भन्दा शहरमा वढी हुन्छ । मान्छेका नियत फरक फरक हुन्छन । कोही कसैको आत्मा भित्र पस्न सकेको हुदैन । सुर्खेतको प्रसिद्ध ताल वुलवुले घुम्न जाने योजना वन्यो । दिउसो १ वजे अत्याधिक गर्मि थियो । सहकर्मि साथी मेघराज खडका सुर्खेतकी स्थानिय पत्रकार वहिनी सविता जि.सी र म त्यतैतिर लाग्यौं । नचिनेका व्यक्तिको मोटरसाईकलमा स्यामसुगं ग्यालेक्सिीको टयाव्लेट ३ मोवाईल त्यसमा राखेर छाताको वन्दोवस्तो मिलायौं । अनि गन्तव्य तिर लाग्यौं । करिव १ घण्टा पछि फोन गर्नको लागी मोवाई खोज्दा मोवाईल मिनी व्यागमा घेटीएन । कताहरायो भन्दा मोटरसाईकलमा छुटेको निश्कर्ष निकालियो । त्यतिनै खेर मोवाईल हरायो अव पाउने सम्भावना छैन भन्ने लाग्यो । फेरी सोचे संसारका कतिपय यस्ता राष्टहरु पनि छन । जहाँ कुुनै सामान छुटे वा हराएपनि कसैले टिप्दैन अर्थात लिदैन जुनठाउँमा झरेको थियो त्यहि ठाउँमा हुन्छ । हप्ता या महिनौं सम्म । यदि ईमान्दारले पाए दिन्छ नत्र दिदैन भन्दै म पहिलेकै स्थान तिर लागे मोटरसाईकल पहिलेकै स्थानमा थियो । तर टयावलेट थिएन । मोटरसाईकल आसपासका एक जना लाई सोधे तपाईले अघि यो मोटरसाइृकलमा छुटेको मोवाईल फोन देख्नुभयो ? उता सोध्नुस मलाई आश लाग्यो ? अनि अर्का निलो टिसर्ट लगाउन लाई सोधे हो मसंग छ । म आज दिनभरी कुरेर वस्थे ? तपाईकै लागी अहिले सम्म कुरेको हुँ । मेरो धेरै काम थियो । यदि तपाई नआएको भए प्रहरीको जिम्मा लगाएर म मेरो काममा हिडीहाल्थे रविले भन्नुभयो । र मेरो हातमा मोवाईल थमाए । मैले धन्यवाद दिए । तपाई जस्तै इमान्दार मनका धनि अरुको भलाई चाहाने अरुको समान हराउदा आफनो जस्तै मान्ने सवै सवै व्यक्ति सवै ठाउँमा भैदिए देशले छिटटै काँचुली फेर्नेथियो होला ।भनी अनि फर्किए । करिव २५ हजार वरावरको हराएको मेरो मोवाई सेट फेलापारेर मलाई हस्तान्तरण गरेको फेरी पनि धेरैधेरै धन्यवाद रवि जी लाई तपाईको गुण एक दिन तिर्ने छ । उहाँ वाट हामी सवैले पाठ सिक्नु जरुरी पनि छ ।


1:23:00 AM
www.aahasanchar.com






0 comments:
Post a Comment