आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, June 14, 2016

जनयुद्ध मात्र होर, रुकुमबाट शुरु भयो अर्को महाअभियान

मेगराज खड्का
हतियारबाट नै सत्ता कब्जा गर्न सकिन्छ भन्ने जनयुद्ध रुकुमबाट शुरु भयो । जसले गर्दा रुकुम जनयुद्धको उद्गम थलोको रुपमा परिचित बन्यो । यस क्रममा हिन्दु धर्मालम्बीहरुले माता भनेर पुज्दै आएको र सरकारको कानुनले पनि रोकेको गाईसमेत काटेर खाईयो । जातीय बिभेद लगायतका धेरै कुसंस्कार हिन्दु धर्म संग सम्बन्धीत रहेका कारण हिन्दु धर्म खासै रुचाईएन भने भण्डाफोर पनि गरियो । १२ बर्षे जनयुद्ध सकिए सगै त्यस्ता गतिबिधीहरु पनि क्रमस कम हुदै गएका छ । अहिले त रुकुममा हिन्दु धर्म बचाउने महाअभियान पनि शुरु गरिएको छ । केहि दिन अघि रुकुममा पहिलो पटक हिन्दु जागरण युवा संघ गठन गरिएको छ । हिन्दुत्व संरक्षण, धर्म परिवर्तन बिरुद्धको महाअभियान र आध्यात्मिक चेतना युक्त समाजको निर्माण गर्ने उदेश्यले रुकुममा हिन्दु जागरण युवा संघ गठन गरिएको हो । धुब्रराज खनाल अध्यक्ष रहेको ४७ सदस्सीय जिल्ला समिति गठन गरिएको हो महासचिब पबिका खड्काले जानकारी दिईन । कुनै बेला भगवान छैनन, मन्दिरको के काम छ भन्दै भत्काउने गरिन्थ्यो । तर क्रान्तिकारी भुमिमा फेरी हिजोआज त हिन्दुधर्म संरक्षण र आध्यात्मिक समाजको निर्माणको महाभियान शुरु भयो त ? रुकुममा शुरु गरिएको यो अभियान तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला । अनी यस सम्बन्धी बिस्तृत समाचार पढ्न यहाँ वा तलको समाचार लिंकमा क्लिक गर्नुहोला । 

रुकुममा पहिलो पटक हिन्दु जागरण युवा संघ गठन


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |