मेगराज खड्का
रुकुम
खलंगा बजारमा हिड्दै थिए हल्काफुल्का चिनजान भएका एक जना मान्छेले भने, पत्रकार भाई साच्चै बिप्लव पनि बैद्यको पार्टीमा आएका हुन र ? कता कता त्यस्तै देख््छु/सुन्छु त ? मैले जिल्लाको कुनै सोच नगरेर भने कहाँ हुनु त्यो हावा कुरा हो । फेरी उनले भने पत्रकार भएर पनि त्यति थाह छैन साँच्चै हो, मैले बिज्ञप्तीमा देखेकै हो । त्यति भनेपनि मलाई पनि दिउसो भएको पत्रकार सम्मेलनको कुरा हाेला भन्ने ठाने र बिज्ञप्ती हेरे । साँच्चै रैछ । आईतबार दिउसो बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओबादी रुकुमले नयाँ जिल्ला समिति सार्बजनिक गरेको थियो ।
पार्टीबाट बादल नेतृत्वको एक टिम नेकपा माओबादी केन्द्रमा एकता गरेपछि जिल्लामा पनि नयाँ समिति बनाएर पत्रकार सम्मेलनको आयोजना गरि सार्बजनिक गरेको हो । प्रेस बिज्ञप्ती जारी गर्दै सार्बजनिक गरिएको समितिमा बिप्लवको नाम पनि छ । बिप्लव भनेको नेपालको राजनीतिमा नेत्रबिक्रम चन्दलाई नै चिनिन्छ तर बैद्य नेतृत्वको माओबादीमा पनि बिप्लवको नाम राखिएपछि फेरी बिप्लव पनि बैद्यको पार्टीमा आएकी भनेर सर्बसाधरणहरुमा अन्यौल भएको रहेछ । तर उनी नेत्रबिक्रम चन्द बिप्लव नभई रुकुमका नयाँ बिप्लव रहेछन ।
0 comments:
Post a Comment