आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, May 30, 2016

पुर्बी रुकुममा सयुक्त अनुगमन सम्पन्न

आहा सञ्चार
रुकुम
युनाईटेड मिसन टु नेपाल र गरिबी निबारण कोषले पुर्बी रुकुमका  बिभिन्न ठाउँमा साझेदार संस्था मार्फत सञ्चालन गरेको कार्यक्रमहरु सयुक्त रुपमा अनुगमन गरिएको छ । जिल्ला स्थित सरोकारवाला निकायहरुको एक टोली उक्त कार्यक्रमहरुको अनुगमन गरिएको हो । 
जसअनुसार गरिबी निबारण कोष मार्फत नेपाल मगर समाज तथा सूचना केन्द्र मिक नेपाल रुकुमले पहाडी महिला सामुदायिक संस्था काक्रि ८, खाबाङमा सञ्चालन गरेको  गरीबी न्युनिकरणका लागि कायआर्जन कार्यक्रमको अनुगमन गरिएको छ । उक्त संस्थामा ३ लाख ६५ हजार रुपैयाँ बिभिन्न आयआर्जन कार्यक्रमका लगानी गरिएको बताईएको छ । संस्थाकी अध्यक्ष कुमारी पुनले गरिबी निबारण कोष मार्फत पशुपालन तथा अन्य व्यवसायका लागि कार्यक्रम सञ्चालन भएपश्चात बिगतको भन्दा आयआर्जनमा बृद्धि भएको जानकारी दिईन । त्यस्तै युनाईटेड मिसन टु नेपालको सहयोगमा मिक नेपाल मार्फत जिल्लाको त्रिबेणी माबि काँक्रिमा सञ्चालिन बहुभाषा शिक्षा कार्याक्रमको पनि अनुगमन गरिएको छ । कक्षा ३ सम्म उक्त बिद्यालयमा बहुभाषा कार्यक्रम सञ्चालन रहेको छ । बहुभाषा कार्यक्रम सञ्चालन पश्चात बिद्यार्थीहरुको शैक्षिण गुणस्तर सगै बिद्यार्थी संस्था समेत बढेको पाईएको छ । यस संस्था मार्फत सञ्चालित डिजिटल साक्षर शिक्षा कार्यक्रमको समेत अनुगमन गरिएको छ ।
 जिल्लाको त्रिबेणी माबि काँक्रि र पर्बत उमाबि कोलमा उक्त कार्यक्रम सञ्चालनमा छ । त्यस्तै युनाईटेड मिसन टु नेपाल रुकुमको सहयोगमा नेपाल जनजागरण मञ्च रुकुमले रुकुमको तकसेरा स्थित स्वास्थ्य चौकीमा प्रदान गरिएका सामाग्रीहरुको समेत अनुगमन गरिएको छ । मञ्चले उक्त स्वास्थ्य चौकीमा बिभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुका साथै स्वास्थ्य चौकीमा सुत्केरी हुने तथा नियमित चेकजाँच गर्ने महिलाहरु बढाउने सम्बन्धी सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरेको छ । अनुगमनमा युनाईटेड मिसन टु नेपाल रुकुमका टिम लिडर तारा हाङ तावा, शिक्षा अधिकृत कुलबहादुर चौधरी, मिक नेपाल रुकुमका अध्यक्ष भिउमान घर्ति, कार्यक्रम संयोजक अबिनास बुढामगर, नेपाल जनजारण मञ्चका टेक बहादुर कुसारी, बिद्यालय निरिक्षण बल बहादुर शाही, जिल्ला शिक्षा समितिका सदस्य नन्दराम देवकोटा, नेकपा एमाले रुकुमका अध्यक्ष बिमल पुन, एमोबादी रुकुममा सचिब रामसुर बुढामगर लगायतका जिल्ला स्थित अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |