मेगराज खड्का
रुकुम
मैले त्रिभुवन बिश्यबिद्यालय अन्र्तगतको मुसिकोट बहुमुखि क्याम्पसबाट बिएएड सम्मको शिक्षा पुरा गरे । म अध्ययन सगै जिल्लाबाट पत्रकारिता पनि गरिरहेको छु । शिक्षा संकाय अन्र्तगत स्नातक तहको शिक्षा पुरा गरेपनि स्नाकोत्तरमा मैले पनि पत्रकारिता बिषय नै बढ्ने ईच्छा भयो । जसका लागि पुर्बाञ्चल बिश्वबिद्यालय अन्र्तगको एउटा कजेलमा भर्ना हुने निधो गरे । त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत पनि पत्रकारिता त पढ्न सकिनेरैछ तर त्यसका लागि प्रबिणता प्रमाणपत्र तहबाटै पढ्नुपर्ने तर पुर्बाञ्चल बिश्वबिद्यालय अन्र्तगत तलतिर जुन बिषयमा पढेको भएपनि डिग्रीमा पत्रकारिता बिषयमा भर्ना हुन सकिने रैछ । त्यसका लागि माईग्रेशन प्रमाणपत्र आबश्यक पर्ने भयो । माईग्रेशन प्रमाणपत्र ल्याउन त्रिभुवन बिश्व बिद्यालयको परिक्षा नियन्त्रण कार्यालय बल्खु गए । माईग्रेशन शाखामा गएपछि भर्न र क्याम्पसको सिफारिस ल्याउन एउटा फारम दिईयो । उक्त फारममा नियमितको हकमा सम्बन्धीत क्याम्पसबाट माईग्रेशन लिन सिफारिस ल्याउनुपर्ने उल्लेख गरेको थियो भने प्राईभेट बिद्यार्थीको हकमा श्री ५ को सरकारको शाखा अधिकृत वा सो भन्दा माथीका अधिकृतबाट सिफारिस ल्याउनुपर्ने सर्त राखेको रैछ । जबकी २०६५ बैशाख १५ गते नै नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भैसकेको छ । म त नियमित बिद्यार्थी थिए, क्याम्पसको सिफारिस ल्याए पनि पुग्थ्यो तर मलाई लागेको मात्रै के भने, देशकै राजधानी काठमाण्डौमा कार्यालय रहेको, अनी त्रिभुवन बिश्वबिद्यालय जस्तो निकायमा श्री ५ को सरकारको पालामा छापिएको फारम अझै पनि बितरण गरिने रैछ । फारममा उल्लेखित कुराले काम अवरुद्ध भएको त पक्कै छैन होला । श्री ५ को सरकारको ठाउँमा नेपाल सरकार मानेर काम गर्न सकिन्छ होला र भैरहेको पनि हुनुपर्छ । तर राजधानीकै एक प्रतिष्ठित संस्थामा गणतन्त्र स्थापना भएको दशक पुग्न लाग्दा पनि यस्तो कागजात राख्नु त अचम्मै हो ।
मैले लेखेको नपत्याएको भए रातो घेरामा हेर्नुहोस यो फारमको
पुरा फारम हुर्नुहुन्छ भने तल फोटोमा हेर्नुहोस
0 comments:
Post a Comment