आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, May 25, 2016

अग्रजको लागि प्रगति र खुशी माग्छु

बुवा भागन्त शेर्पाली र आमा बासनी शेर्पालीको कोखबाट २०५५ साल श्रावण २० गते रुकुम जिल्ला आठविसडाँडागाऊँ गाविस वडा नं. ५ गोईरीमा जन्मिएकी गायिका जमुना शेर्पाली २०७१ सालदेखी कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताउँछिन । आफू गायिका बन्नुको सबै श्रेय संङ्गितकार तथा गायक अमितबाबू रोकायलाई ठान्ने जमुना रुकुम जिल्लाबाट गायिकाको नेतृत्व गर्ने गतिलो क्षमता भएकी गायिका हुन । शंकरप्रिय केसीको शब्द, भद्र नकालको संगित रहेको देखिने छायाँ मेटाई देऊ भन्ने बोलको गीत शुरुवाती गित हो ।  गायिका जमूना शेर्पालीले २०७२ सालमा यो साल पनि नबसे, आँखा भरी आँशु, कर्मै खोटि, झल्को आयो फेरि, नजाउ बाबू, जल्यो जीवन, माफ गर है सानू, मेरो मन थियौ, रुकुमकोट बजार, फुलको बिचमा काँडा, सानू मेरो नाम, तिम्रै यादमा ए बाबू , राप्तीमा फुल बगाम्ला र २०७३ सालमा परदेशीको माया जस्ता थुप्रै गीतहरुमा स्वर दिई सकेकी छिन । रुकुम जिल्लाकै सान बन्न सफल भएकी जमूनालाई लगातार गितसंगितमा व्यस्त छिन । उनै गायिका जमूना सेर्पालीसँग राम वि शाम (साधक) ले गरेको आहा टक । 

आजभोलीका दिनहरु कसरी ढलिरहेका छन ?
आजभोलीका दिनहरु गीतसंगितमै वितिरहेका छन भन्नुपर्छ । 

गीत गाएर दुई छाक टार्न पुग्छ त ?
जे होस खान बस्न सम्म पुगेकै छ भनम् । 

गित गाउनु पर्छ, यसमै जीवन विताउनुपर्छ भन्ने भूत कहाँबाट चढ्यो ?
यो त मेरो बच्चैदेखिको रहर र लक्ष्य हो । 

सरकारी जागिर खान तिर लाग्नु पर्छ नी ? यस्तो गीतसित पनि गाउने हो त । यसरी पनि जीवन चल्छ त ?
पहिलेदेखि नै यो क्षेत्रमा लागिसकेँ अब यो क्षेत्र छाडेर कहिँ जादिँन । 

तपाई प्रति तपाईको आमाबुवा खुशी हुनुहुन्न रे नी हो ?
मेरो बाबा त हुनुहुन्न तर पनि मेरो आमा एक्दमै खुशी हुनुहुन्छ । 

प्रेम भन्ने चिजसँग कति नजिक हुनुहुन्छ ?
जे होस म यो माया प्रेम भन्ने के हो अलिकति थाहा पाए जस्तो लाग्छ । यो माया प्रेम भन्ने खासै    राम्रो त हैन तर पनि किन हो किन यो मान्छेको जुनि भएसी भई हाल्दो रहेछ । 

महल भित्र बस्न पाए हुन्थ्यो, चौरासी व्यञ्जन खान पाए हुन्थ्यो भन्ने सपना देख्नुहुन्छ की नाई ?
नाइ नाइ त्यो सपना त म कहिले पनि देख्दिन किनकि म साधारण परिवारमा जन्मेकी मान्छे हुँ ।  म जे छु यसमा खुशी छु । 

साक्षात भगवान प्रकट भएर दुई चिज माग भनेपछि के के माग्नुहुन्छ ?
मलाई यो क्षेत्रमा प्रवेश गराउनु हुने अग्रजको लागि प्रगति र खुशी माग्छु । 

रुकुम जिल्ला भित्रका नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु ?
अमित बाबु रोकाय, भद्र नकाल, कामना विष्ट, डिल्ली परियार र कमला वि.क.। 

अन्तमा जीवन के हो ?
जीवन संघर्ष हो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |