आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, May 13, 2016

बैशाख १२ को भुकम्प र पुनर्निर्माणको विद्यमान अवस्था

आलोक नेपाली
पृष्ठभुमीः 
विपद खबर गरेर आउँदैन भनेपनि विपद अनुमान योग्य छ । सबैलाई थाहा छ कि विपद आउन सक्छ । त्यस्तै भयो २०७२ साल बैशाख १२ गते दिउँसो ११ः५६ मिनेट जाँदा नेपालमा पनि । मेरा आफ्नै व्यक्तिगत अनुभूति भन्नु पर्दा म त्यस समयमा काठमाडौंको किर्तिपुर नजिक त्रिभुवन विश्वविद्यालय छेउमा गाडीमा थिए । त्यसबेलालाई सम्झिने हो भने म मात्र होईन सम्पुर्ण नेपालीहरुको मानसपटलमा यसरी गडेको छ कि कहिल्यै पनि मानिसहरुले विर्सने छैनन् । 
मलाई त त्यो क्षण एक फिल्मको दृश्य जस्तै लागेको थियो । एकै समयमा सम्पुर्ण सञ्चारका माध्यमहरुबाट विभिन्न खालका समाचारहरु आउन थाले कि यसो भयो उसो भयो । उक्त भुकम्पबाट धेरै धनजनको क्षति समेत भयो । यसको प्रकोपबाट झण्डै ९ हजारले ज्यान गुमाउनुपरयो  । कति धेरै घाईते तथा अपांगहरु भए भने त्यत्ति कै मात्रामा घरबास विहिन भए । यसबाट विकासको समग्र क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर परेको छ । जसको यथार्त तथ्यांक तथा वास्तविक नालीबेली सतहमा आउन सकेको छैन त्यसकारण पनि एकातिर पिडितहरु त रनभुल्ल हुने नै भए अर्कोतिर सरकार एवं पुर्ननिर्माणकोे हालत पनि उस्तै छ । 

भुकम्प, पुनर्निर्माण प्राधिकरण  विद्यमान अवस्था 
देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि जनतामा आएको केही विश्वास र केही आशालाई  वैशाख १२ को भूइँचालोपछि ती टुटे । जनताको घरका भग्नावशेषमा पुरिए ती विश्वास र भरोसा । भूइँचालोको एक वर्ष बितेको छ । तर, सत्ता वा प्रतिपक्षमा रहेर राज्य चलाउनेहरुको मानसिकतामा एकरत्ति परिवर्तन आएको छैन । उनीहरुले विपदको त्यो क्षणलाई आफनो स्मृतिबाट हटाइसकेका छन् । नेपाली जनताले ठूला राजनीतिक विपत्तिहरु धेरै बेहोरेका छन् । बाढी पहिरोजस्ता विपत्तिमा उनीहरुको ज्यान सँधै जोखिममा पर्ने गरेको छ । यी विपत्तिहरुका वीच भूइँचालो नेपाली जनताले बेहोर्नु परेको यस्तो प्राकृतिक विपत्ति थियो, जसको परिधि व्यापक मात्र थिएन, विनाशक थियो । 
भूइँचालो मध्य नेपालमा केन्द्रित भए पनि यसको प्रभाव देशव्यापी रह्यो । एउटै पनि नेपाली जनता यसको दूरगामी असरबाट मुक्त       रहेन । भूइँचालोको मारमा परेर देशको केन्द्रविन्दूका रुपमा रहेको राजधानी काठमाडौं नै क्षत विक्षत भएपछि देशभर त्यसको प्रभावको विस्तार हुनु स्वाभाविक थियो । यतिबेला राजधानी काठमाडौं र यहाँको निर्णायक राजनीतिक वृत्त ०७२ साल वैशाख १२ गतेको भूइँचालोको प्रभावबाट पूरै मुक्त भइसकेको छ । तर, सामान्य मानिसको मनबाट भूइँचालोको भय हटिसकेको छैन । अन्धविश्वासको व्यापार गर्ने ज्योतिष र जोगीहरु, धर्मको राजनीतिमा लागेका पण्डाहरु र सामाजिक सञ्जाल मार्फत हल्ला फैलाउने असामाजिक समूहहरुले ठूलो भूइँचालोको भय फैलाउन छाडेका छैनन् ।
अहिले उनीहरु यो एक वर्षको समयमा परेको भूइँचालोको चाप र तनावबाट पूरै मुक्त भइसकेका छन् । भूइँचालो पीडितहरुले विगत एक वर्षदेखि भोगिरहेको दुःख र कष्ट नेताहरुका लागि भूइँचालो स्मृति स्तम्भको शिलान्यास र विभिन्न गोष्ठीको उदघाटनमा अनुदित भएको छ ।भूइँचालोपछि देश विदेश र छरछिमेकबाट पीडित नेपाली जनताप्रति देखाइएको सदभाव र सदाशयता अपूर्व थियो । जस्तापाता र त्रिपालदेखि कम्बल र पालसम्म, खाद्यान्नदेखि पानीसम्म, दाताहरु पीडित जनताको प्रारम्भिक उद्धारका लागि ओइरिएका थिए । यतिबेला पुनर्निर्माण प्राधिकरणले सरकारका विभिन्न मन्त्रालयसँग समन्वय नै गर्न सकेको छैन ।          सरकारले उपलब्ध गराउने भनेको दुई लाख रुपियाँले घर बन्छ भन्नु भ्रमको खेती गर्नुमात्र हो भन्ने जस्तै भएको छ । गाउँका स्कूलहरु भत्किएका छन् । केटाकेटी पढ्न पाएका छैनन् । स्कूलको पुनर्निर्माणका लागि सरकारले अहिलेसम्म चासो देखाएको छैन । भूइँचालोबाट अत्यधिक प्रभावित जिल्लाका कतिपय गाउँहरुमा पीडितहरुको पहिचानसम्म गरिएको छैन । 
उपसंहार 
विद्यमान अवस्थालाई हेर्ने हो भने १ वर्ष वितिसक्दा पनि जनताह? अझै पनि उस्तै त्रिपालम’निको हालतमा छन् वा राहतको पर्खाईमा बसेका छन् ।  अहिलेको अवस्थालाई हेर्दा यस बर्षाको समय पनि पिडितह?ले घरबास बनाउन सक्ने अवस्था देखिएन । अधिकांश भूइँचालो पीडितहरुको अवस्था नाजुक छ । तर, सरकारले भूइँचालोले ल्याएको विनास र विपद व्यवस्थापनको पूरै राजनीतिकरण गरेको छ । सरकारलाई राम्रो ज्ञान छ, पीडितले यो पैसाको उपयोग डीपीसी लेभलसम्म घरको जग उठाउन होइन, दैनिक उपभोगको खाद्यान्न किन्न खर्च गर्ने छन् ।
गाउँमा अन्नपात छैन । पोहोरको बाली भूइँचालोमा दबियो । अहिले बाली लगाउने अवस्था छैन । घर छैन, बाली कहाँ थन्क्याउने ? अधिकांश किसान रनभुल्ल परेका छन् । यसै पनि भूइँचालो पीडित जिल्लाहरु खडेरीको मारमा परेका छन् । पानीका मूल सुकेका छन् । जंगलमा डढेलो लागेको छ । भत्किएका घरका अवशेषहरु उठेका छैनन् ।    पूरै वातावरण बिथोलिएको अहिलेको अवस्थामा      सरकारले दिने दुईलाखको अनुदानले जनताले      कसरी र कस्तो घर बनाउलान् ? यो गम्भीर प्रश्नको जवाफ सरकार, प्राधिकरण र सरोकारवालाले खोज्नु पर्दछ जनताको मनस्थिति शिथिल छ । यतिवेला उनीहरु केही गर्न सक्ने अवस्थामा छैनन् ।           सरकारले भूकम्प पीडितहरुको शिथिलतालाई     कमजोरी ठान्दै आएको छ । तर, यो शिथिलता चर्को आक्रोशमा परिणत हुन धेरै समय लाग्दैन । प्रमुख प्रतिपक्ष र लोकतान्त्रिक गणतन्त्रको मूलधारमा रहेका पार्टीहरुले जनताको भावना मुखरित गर्न सकेनन् भने असन्तोषले अराजक स्वरुप लिन बेर लाग्दैन । भूइँचालोपछिको पुननिर्माण सरकारका लागि कडा चुनौति हो । 
सबै राजनीतिक दलहरुको सहमति नभएसम्म सरकार एक्लैले यो चुनौतिको सामना गर्न सक्दैन . सँगसँगै अब जनताले यो अवस्थालाई सामना गर्न समेत स्थानीय स्तरमा नै सहयोगका संयन्त्रहरुरु बनाई अगाडी बढ्नुपर्ने आवश्यकता समेत देखिएको छ । जय होस् ।। 
बैशाख,१८, २०७३ । 
(तथ्यांक श्रोतः नेपाल सरकार गृहमन्त्रालयको वेबसाईट) सल्लाह तथा सुझाव ः aloknepali123@gmail.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |