आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, May 11, 2016

कलाकारिता र राजनीतिलाई संगसगै लिएर अगाडि बढ्ने सोच छ

तुल बहादुर देवकोटा जिल्लाको सन्दर्भमा एउटा परिचित नाम हो । २०४८ असार ७ गते दुली ४, स्यालामा जन्मेका देवकोटा सानै देखि कलाकारिता क्षेत्रमा रुची राख्थे । २०६८ सालमा कलाकारिता क्षेत्रमा औपचारिक लागेका उनले आफ्नै आफ्नै पीर एल्बम निकाले । जसमा धेरैको मनमुटुमा रहेको रुकुम मुसिकोटमा भिर छ र राप्ती अञ्चल गरी दुई गित समाबेस छन । राप्ती साहित्य परिषद रुकुमको कोषाध्यक्ष समेत रहेका उनी अझै पनि केहि कलाकारिता क्षेत्रमा केहि गरेर देखाउने उदेश्य समेत राखेको बताउछन । कलाकारिता, जिल्लाको साहित्य अवस्था र भाबी लक्षका बिषयमा आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खडकाले उनी संग गरेको कुराकानी । 

राप्ती साहित्य परिषद रुकुमले जिल्लामा के कस्ता गतिबिधिहरु सञ्चालन गरिरहेको छ । 
रुकुमको साहित्य क्षेत्रको विकासका लागि हामीले बिभिन्न गतिबिधीहरु गरिहेका छन । बिशेषगरी महिनाको पहिलो शनिबार साहित्यमाला गर्दै आएका छौं । उक्त कार्यक्रमलाई कुनै एक मञ्च वा ठाउँमा नभएर जिल्लाका बिभिन्न स्थानमा गएर आयोजना गर्दै आईरहेका छौं । त्यस्तै दुईदुई महिनाको फरकमा अन्तिम शनिबार एकल रचना बाचन कार्यक्रम पनि आयोजना गर्दै आईरहेका छौं । त्यसका साथै हामी गएर पनि कार्यक्रम गर्न नसक्ने ठाउँ र धेरै भन्दा धेरै साहित्यप्रेमीहरुको घरघरमा पुग्नको लागि रेडियो सानीभेरी रुकुम र सारदा एफएम सल्यानबाट साहित्यमाला कार्यक्रम नियमित प्रकाशन गरिरहेका छौं । त्यसका साथै अन्य बिभिन्न जन्मजयन्ती, काब्य शिबिर, साहित्य सामाग्री तथा पुस्तक बिमोचन लगायतका काम पनि गरिहेका छौं । 

तपाईले धेरै गतिबिधीहरु गरिरहेका छौ भन्नुभयो । यी कार्यक्रम गर्नलाई पनि आर्थिक कुरा त आबश्यक नै पर्छ । कसरी व्यवस्थापन गरिरहनु भएको छ ।?
हामीले गर्ने अधिकांस कार्यक्रमहरु हामी आफैले खर्च व्यवस्थापन गरिरहेका छौ भने केहि कार्यक्रममा व्यवस्थापकहरु पनि खोज्छौं । जस्तै हाम्रो साहित्यमाला कार्यक्रमको लागि एउटा व्यवस्थापक खोज्ने र त्यस ब्यक्ति वा निकायले नै त्यस कार्यक्रमको सम्पुर्ण खर्च व्यवस्थापन गर्दै आएको छ । आगामी दिनहरुमा पनि नियमित त्यसरी नै अगाडि बढ्छ । त्यस्तै रेडियो कार्यक्रमका लागि पनि अहिले सम्म रेडियोहरुबाट आफैले प्रशारणका लागि सहयोग भैरहेको छ । अन्य साना तिना कार्यक्रमका लागि जिल्ला विकास समति रुकुमबाट पनि सरसहयोग हुदै आएको छ । रेडियो कार्यक्रम गाउँगाउँमा लोकप्रिय रहेको र त्यसलाई निरन्तरता दिन आर्थिक सहयोग गर्न हामीले जिल्ला विकास समिति रुकुमलाई आग्रह गरेका छौं । स्थानीय विकास अधिकारी भरतकुमार शर्मा सकारात्मक हुनुहुन्छ । 

रुकुममा राप्ती साहित्य परिषद नहुँदा र गठन के फरक भयो ?
हुँदा र नहुँदा त आकासपातलको फरक हुने कुरा भयो । म राप्ती साहित्य परिषदको संस्थापक सदस्य पनि हो । शुरुवाति दिनहरुमा परिषद खासै चलायमान थिएन, पछि क्रमस अगाडि बढ्दै गयो । राप्ती साहित्य परिषदले रुकुम जिल्लामा बिभिन्न गतिबिधीहरु सञ्चालन गरेपछि जिल्लाको साहित्य अवस्था निकै अगाडि बढिरहेको छ । हिजोआज गाउँगाउँबाट पनि नयाँनयाँ साहित्यकार तथा कलाकर्मीहरु जन्मीरहेका छन । आफ्ना कृतिहरु प्रकाशन गरिरहेका छन । हाम्रो साहित्यमाला कार्यक्रममा पनि धेरै नयाँ तथा पुराना सर्जकहरुले आफ्नो कला देखाउने र प्रवद्र्धन गर्ने अवसर पाएका छन । 

रुकुमको साहित्य क्षेत्रलाई अगाडि बढाउन कसले के गर्नुपर्छ ?
रुकुमको साहित्य क्षेत्रलाई अगाडि बढाउन हामी निरन्तर अगाढि बढिरहेका छौं । केहि नयाँ योजनाका साथ अगाडि पनि बढ्छौं । त्यसका साथै रुकुमको कला साहित्य क्षेत्रलाई अगाडि बढाउन आर्थिक क्षेत्र पनि ब्यवस्थित हुनुपर्छ । जब सम्म एउटा साहित्यकार वा कलाकार आफ्नो क्षेत्रबाट जीवन निर्बाह गर्न सक्दैन तब सम्म यो क्षेत्र ब्यवस्थित हुन सक्दैन । त्यसका लागि जिल्ला विकास समिति रुकुमले यसका लागि प्रयाप्त बजेटको ब्यवस्था गर्नुपर्छ । सानोतिनो सहयोग हुदैनभएको होईन तर अझै त्यसलाई क्रमस बढाएर जानुपर्छ । त्यसका साथै जिल्ला स्थित उद्योगी, व्यापारीहरुको सहयोग र सहकार्य त निकै जरुरी छ । 

तपाई साहित्यकार सगै कलाकार पनि हुनुहुन्छ । कसरी बढ्दै छ कलाकारिता क्षेत्र ?
निरन्तर अगाडि बढिरहेको छ । बिभिन्न मेला महोत्सबहरुमा आफ्नो सहभागिता गराईरहेको छु । दुई पटक बिदेशमा भएका सांस्कृतिक कार्यक्रममा पनि आफ्नो सहभागिता जनाए । बिगतका एकदुई ओटा एल्वम पनि निकालियो आगामी दिनहरुमा पनि नयाँ एल्बमहरु बजारमा ल्याउने प्रयासमा छु । 

अन्त्यमा, तपाईको आफ्नो जीवन कुन क्षेत्रमा समर्पन गर्ने सोच्नुभएको छ ?
मेरो रुचीको क्षेत्र भनेको कलाकारिता र राजनीति हो । अहिले म एकातिर साहित्य र गीत तर्फ लागेर कलाकारितामा सक्रिय छु भने अर्को तर्फ बिद्यार्थी राजनीतिमा पनि सक्रिय छु । अहिले म अखिल क्रान्तिकारी रुकुमको उपाध्यक्ष भएर बिद्यार्थी राजनीति तथा आन्दोलनमा पनि जोडिएको छु । सकेसम्म यी दुबै कलाकारिता र राजनीति क्षेत्रलाई संगसगै लिएर जीवनमा अगाडि बढ्ने लक्ष छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |