आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, April 19, 2016

अहिले त गाउँछु, नाच्छु भन्नेलाई पनि समय दिन धौंधौं छ

पोखरा उपमहानगरपालिका १५, कास्कीमा जन्मेका कृष्ण स्वर्णकार करिब २४ बर्षदेखि रुकुमलाई नै कर्मथलो बनाएर बसिरहेका छन । सानैदेखि गितसंगिता र कला क्षेत्रमा रुची राख्ने स्वर्णकार २०५० सालदेखि       कलाकारिता क्षेत्रमा बढी सक्रिय भए । नजाउ कान्छा अरबको देशमा एल्वमबाट कला क्षेत्रमा प्रबेश गरेका उनीले हालसम्म करिब एक दर्जन बिभिन्न एल्बमहरु बजारमा ल्याईसकेका छन । कान्छी पार्बती नामको तिज गित एल्बम सबैभन्दा बढी चर्चित भएको दाबी गर्दछन । व्यवसायिक रुपमा कलाकारिता क्षेत्रमा रहेका उनी कला क्षेत्रकै संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुमको अध्यक्ष समेत छन । उनैसंग आहा सञ्चार साप्ताहिकका लागि सम्पादक मेगराज खड्काले गरेको समसामयिक कुराकानी । 

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुमले जिल्लामा के कस्तो गतिबिधीहरु      गरिरहेको छ  ? 
हामीले ठुलै प्रभाब पार्ने क्रियाकलापहरु  नगरेपनि सानातिना गतिबिधीहरु नियमित     गरिरहेका छौं । हाम्रो नियमित गतिबिधीहरु भनेकै नयाँ कलाकारहरुलाई स्थान दिने हो, उनीहरुलाई सहयोग र उर्जा दिने हो र त्यहि अनुसार काम भैरहेको छ । 

संस्था स्थापना कालमा निरन्तर अगाढि बढिरहेको प्रतिष्ठान पछिल्लो दिनहरुमा केहि ओरालो लागेको त पक्कै हो नी ? यस पछाडीका  कारणहरु केके होलान ?
हामीले सक्दो प्रयास गरिरहेका छौ तर पनि तपाईले भनेझै पछिल्लो दिनहरुमा प्रतिष्ठान केहि ओरालो लागेको भने पक्कै हो । त्यसका पछाडीकै कारण भनेको अघिल्लो पुस्ता अघि बढेर केन्द्रमुखि हुनु र पछिल्लो पुस्ता थोरै केहि ग्याप हुनु नै हो । त्यो बेलाका धेरै साथीहरु अहिले केन्द्रमुखि छन, जिल्लामा नयाँ कला उत्पादन र प्रमोटिङका लागि उनीहरुको गतिलो प्रयास नै भैरहेको छैन । हुनत केन्द्रमा नगएर उनीहरुको पनि ब्यक्तित्व बिकास हुन सक्दैन । तर कहिकतै कमीकमजोरीहरु यो समयमा भयो ।

नयाँ पुस्ताहरुमा कलाप्रतिभा खोज्नको लागि पछिल्लो समय प्रतिष्ठान मार्फत प्रत्येक शनिबार सदरमुकाम खलंगामा रमाईलो सांस्कृतिक कार्यक्रमहरु पनि नियमित   भैरहेका छन । यस्तो कार्यक्रम गर्ने सोच तपाईमा कसरी आयो ?
रमाईलो शनिबार सांस्कृतिक कार्यक्रम गर्ने सोच दिने नयाँ भाईबैनीहरु नै हुन । म केहि समय बिचम बिबिध कारणले जिल्ला बाहिर भए । त्यसबिचमा जिल्लामा खासै कुनै कार्यक्रहरु भएनन । जब म रुकुम पुनः फर्किए त्यसबेला कला क्षेत्रमा चासो भएका भाईबैनीहरुले दाई तपाई नहुँदा त निस्याईलो भयो, केहि रमाईलो अनी हाम्रो कला अगाडि बढाउन केहि कार्यक्रम गर्नुप¥यो भनेर सुझाब दिए । अनी मलाई पनि त्यो कुरा मन प¥यो र नयाँ प्रतिभाहरुको खोजी र मनोरञ्जनका लागि प्रत्येक शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने योजना बन्यो ।

यस कार्यक्रमबाट शनिबारको रमाईलो मात्र भैरहेको छ की केहि नयाँ आशालाग्दा  प्रतिभाहरु पनि आईरहेका छन ?
यस कार्यक्रमले मनोरञ्जन संगसगै प्रतिभाको खोजी हो र पछिल्लो समय प्रभाब पनि निकै परिरहेको छ । भदौ देखि शुरु गरेको हाल सम्म आउँदा धेरै भाईबैनीहरुले प्रतिभा प्रदर्शन र आफ्नो कलालाई तिखार्ने अवसर पाएका छन । पहिले कार्यक्रम शुरु गर्दा गीत गाउँने, नाच्ने मान्छे नै हुदैनन् की जस्तो लागेको थियो तर त्यसो भएन । 
आजभोली त कार्यक्रम अबधीमा गाउँछु, नाच्छु भनेर कार्यक्रममा नाम दिएकाहरुलाई पनि साय दिन सकिदैन । कार्यक्रममा आफ्नो कला प्रदर्शन गर्ने भाईबैनीहरुको आकर्षण धेरै छ । समयले साथ दिएसम्म एउटा कार्यक्रममा २० देखि २५ जना नयाँ कलाप्रेमीहरुलाई अवसर दिईराखेको अवस्था हो । कार्यक्रमको खर्च ब्यवस्थापन पनि हामी आफैले आफ्नो खर्च कटाएर दान पेटिकामा राख्ने र त्यसैबाट काम चलाउछौं । राम्रो कला भएका भाईबैनीहरुलाई हौसला दिन सानोतिनो बेलाबेला पुरस्कारको समेत ब्यवस्था गर्ने   गरिरहेका छौं ।

रुकुमको कला क्षेत्रलाई अझै अगाडि बढाउन प्रतिष्ठान मार्फत के कस्ता नयाँ योजनाहरु छन ?
आगामी दिनहरुमा अझै केहि नयाँ योजनाहरु बनाएर कार्यक्रमहरु अगाडि बढाउनुपर्छ भन्ने साहास र आँट बढिरहेको छ । छिटै हामीले     राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुमको साधारणसभा पनि गर्दछौं ।
त्यसबाट पनि नयाँ हौसला र कार्यक्रमहरु आउँछन । त्यसपछि जिल्लास्तरमा एउटा राम्रो सांस्कृतिक कार्यक्रमा पनि आयोजना गर्ने की भन्ने लाईरहेको छ । त्यसमा राष्ट्रिय चर्चित कलारहरु उपस्थित हुनेछन । कला क्षेत्रलाई सबैक्षेत्रको साथ सहयोग र हौसला भएमा नयाँ कार्यक्रम गर्न झनै सजिलो हुने भएका कारण सुझाब सल्लाह दिन पनि म सबैलाई अनुरोध पनि गर्दछु । प्रतिष्ठान र मेरो ब्यक्तिगत बिचारहरु आम मानिसहरु बिच पु¥याउने स्थान दिएकोमा रुकुमको अग्रणी र प्रभाबशाली पत्रिका आहा सञ्चार साप्ताहिकलाई बिषेश धन्यबाद पनि दिन चाहान्छु, धन्यबाद । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |