आहा सञ्चार
संबाददाता
रुकुममा आयोजना गरिएको तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र दाङको आर्थिक सहयोग र जय आरोग्य मञ्च रुकुमको आयोजनामा तरकारी खेती सम्बन्धी तालिमको आयोजना गरिएको थियो ।
फागुन २० गतेदेखि चैत्र २१ गतेसम्म तालिम सञ्चालन गरिएको थियो । चौरजहारी नगरपालिकाका ७,८ र ९ वडाका २२ जना सहभागी रहेको तालिमको सहजीकरण जेटिए अमर परियार र चन्द्र केसीले गरेको मञ्चका अध्यक्ष समोज देवकोटाले जानकारी दिए । पत्रकार गोपाल रेग्मीको प्रमुख आतित्थयतामा भएको तालिम समापन कार्यक्रममा प्रहरी चौकी सर्केनाका प्रहरी हवल्दार निर्मल थापाको पनि सहभागिता रहेको थियो । साथै उक्त कार्यक्रमको अवसरमा मञ्चले सञ्चालन गरिरहेको दिर्घरोगी कल्यान कोषमा दान गर्ने चौरजहारी अस्पताल सहितका १५ जना ब्यक्ति तथा निकायहरुलाई सम्मान पनि गरिएको सचिब शसिराम बोहराले जानकारी दिए ।
0 comments:
Post a Comment