एउटा फगत यो जिन्दगी,
केवल जीवन धान्ने सहराको खोजीमा
शहरका गल्लीहरुमा सडक पेटी हुदै
घरी तल गर्छ त घरी माथि
जीवन र जगतको परिभाषा खोज्दै
कसैको पिछलग्गु पारामा जस्तै,
सपनामा महलहरु भताभुङग पारेर
एउटा नवयात्री सहर पसेको छ,
जहाँ मौलिकता अपहरणमा छ
लोभ, पापको चरम दुर्घन्ध छ
मानवता हराएको छ
भावनाहरु निमोटिएका देख्छ त
सिर्जनामा विपति,
अपनत्व बन्धक बनाएर बसेका
नक्कली पाराको उ रमिते हो,
सम्झन्छ मातृभूमि,
अनि संगाल्छ यादहरु
उकाली , ओराली, वनपाखा,
भन्ज्याङ, चौतारीका
अनि भन्छ,
तिम्रो प्रतिविम्ब नियाली रहेछु
प्रकृतिको अनुपमता छ तिमीमा
जहाँ सानो स्वर्गको आभास छ,
अनि गाउन मन लाग्छ
सभ्य पहिचान सहितको,
तिम्रो उच्च महिमा
भयंकर विकृतिको हुरीले
तिमीलाई हल्लाउने चेष्टा गर्नेछ
अहँ तिमी रतिभर हल्लिने छैनौ
डग्ने छैन तिम्रो अस्तित्व
जब खुल्ने छ चेत मानवताको खोजी गर्न
अनि अनुसन्धान हुनेछ तिम्रो पनको
किनकी मिल्ने छैन अनेत्र कतै क्यै गरे पनि
भेटने छन त केवल
केवल सिस्ने, कमल,
स्यार्पू र जहारीको बस्तीतिर,
तिमी सबको सामु सभ्यताको,
दुलर्भ पहिचान दिइरहदा
फुल्ने छ गर्वले तिम्रो र मेरोे छाती
त्यति बेला,
म पनि तिम्रो समीपमा आइपुगेको हुनेछु ।
मिति ः २०७२ चैत्र ०५ गते ।
0 comments:
Post a Comment