रुकुम चैत्र २२ । नेकपा एमाले पेउघा ३ को वडा भेला सम्पन्न भएको छ । उक्त वडा भेलाले बेल बहादुर डाँगीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उक्त भेलाले उपाध्यक्षमा सीताराम डाँगी, सचिवमा हरि ब. ओली र उपसचिवमा पहल बहादुर ओलीलाई चयन गरेको छ । बैठकले संगठन विस्तार गर्ने, पार्टी प्रशिक्षण चलाउने, सदस्यता विस्तार गर्ने लगायतका निर्णयहरु गरेको छ । उक्त बैठकमा नेकपा एमालेका सचिवालय सदस्य गणेश खड्का, प्रचारविभाग प्रमुख धनराज खड्का, विरभान ओली लगायतको आतिथ्यता रहेको थियो ।
0 comments:
Post a Comment