तारक प्रतिभा
नब बर्षारम्भ ७२ को सुरुवातमै नेपालीहरुलाई लागेको गहिरो र अमिट चोट छोडेर बर्ष ७२ बिदा भएर गएको छ । बर्ष २०७२ तपाई हामी बिचबाट सदाका लागी बिदा भएर गएको छ । हुनत ईतिहासका कालखण्डहरुमा धेरै बर्षहरु बिलिन भएर गएकै छन एउटा शास्वत सत्य नै हो समय सदा एकैनास र एकै गतिमा रही रहन सक्दैन तर यसपटक मैले हामी बिचबाट बिदा भएर गएको अघिल्लो बर्षको सन्र्दभमा गन्थन गर्ने प्रयत्न गरेको छु ।
बर्ष ७२ ले आफु बिदा भएर जाँदै गर्दा नेपाल र नेपालीलाई चिरकाल प्रयन्त स्मरणयोग्य केही उल्लेख्य कोसेली छोडन सफल रह्यो या सियो बनेर चस चस घोच्ने विगतको रुपमा दर्ज भयो अथवा स्वर्णिम आगतका किरणहरु छोडन सक्यो यो नै लेखाजोखाको चुरो हो । यो स्तम्भ लेखिरहदा सबैभन्दा पिडादायी बर्षको रुपमा महाभुकुम्पका कम्पनहरु छोडेर गएको ७२ साल सबै नेपाली जन मनको मानसपटलमा कहिल्यै नमेटिने र निको नहुने घाउ छोडेर गएको घटनाले सर्वदा झस्काई र चस्काई रहने छ । भुकुम्पबाट भएको मानवीय र भौतिक क्षतिको पिडा कम नहुदै,उद्धार,राहत, क्षतिपुर्ति र पुन. निर्माणका काम सम्पन्न नहुदै नेपाललाई सदैव आफ्नो हित र स्वार्थ अनुकुल खेल मैदानको रुपमा प्रयोग गर्ने दुराशय राखेको भारतीय नाकाबन्दीले नेपालीहरुलाई अर्को भुल्नै नसकिने पिडा छोडेर गयो । जसका कारण मुलुकको समग्र अवस्था भद्रगोल र डामाडोलमात्र भएन नेपाल र नेपाली जनताको जनजीवन अत्यन्त कष्टकर अस्तव्यस्त समेत बन्न पुग्यो । मुलुकमा बडारिएको असमझदारीको कालो बादल नेपाली आकाशबाट हटन सकिरहेको छैन । मुलुक र जनताको हितार्थ खास उल्लेख्य आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक विकाश र समृद्धिको दिशामा बाटो पहिल्याउदै हिडने काम भएको पाईएन ।
राजनैतिक असमझदारीको गोलचक्कर र दलदलमा मुलुक फसेकै कारण जनताले प्रत्यक्ष अनुभुत गर्ने किसिमका साथै जनताको दैनीकी र जीवनस्तरसंग सम्बन्ध राख्ने कुनै ठोस उपलब्धी प्राप्त गर्न सेकेनौ हामीहरुले । सामान्यतया कुनै पनि विषय,सन्र्दभ र घटनाका सम्बन्धमा चर्चा परिचर्चा गर्दा राम्रो र सुधारिएको पक्षको भन्दा सुधार गर्नुपर्नेपक्ष औल्याउदै उपदेश बडी दिने संस्कारबाट ग्रस्त हामी छौ तर गलत पक्षहरुलाई सुधार र विकाशका लागी विकृति अन्त गर्दै संस्कृतिको जग बसाउनका लागी चुप लागेर टुलुटुलु हेरिरहन मन मान्दैन तसर्थ कुराको उठान गर्दैछु यसरी नै बुझिदिनुहुने छ विश्वास छ मेरो । यो एक बर्षको अवधिकाविच राम्रा र उल्लेख गर्न योग्य केही काम नै नभएको भने होईनन । तर बर्षको सुरुवातमै भुकुम्पको पिडाले थलिएका नेपाली र नेपालीहरुका सपना र लामो समय वितिसक्दा समेत उचित र प्रभावकारी उद्धार, राहत, क्षतिपुर्ति र पुर्नवासको लागी पहल, प्रयत्न र राज्यका संयन्त्रहरुको परिचालन हुन नसक्नु राज्य जनताप्रति उत्तरदायी रहेन र अनुदार बन्यो भनेर भन्ने ठाउ धेरै रह्यो भने भारतद्धारा गरिएको नाकाबन्दीले नराम्ररी थलिएको नेपाली जनजीबनलाई सहज बनाउने र आपुर्ति सह जगर्ने भन्दा सर्वाधिक सस्ता र हावादारी गफमै राज्य सञ्चालनको बागडोर सम्हालेकाहरुको समय व्यतित भयो । त्यस्तै पश्चिम नेपालको कञ्चनपुर, कैलाली, सुर्खेत, बाँके, बर्दिया, दागं र पुर्वी तराईका वस्तिहरु जलमग्न भई कैयनको उठिबास लाग्यो, प्राणहरुन भयो, सम्पति गुम्यो तर एक थान कम्बल र दुई केजी चामलमा राज्य सिमित रहनु, राज्य र राज्यको बागडोर सम्हालेकाहरुले सामान्य मानवीय संवेदना समेत व्यक्त गर्न सकेनन यो भने गम्भिर बिडम्बनाको बिषय रह्यो ।
असका अलावा ठाँउ ठाउको बाडी, पहिरो तथा महामारीले जनता आहात भईरहे,सत्ता राजनितिमा झिनाझपटी र झमेलाको निरन्तरता जारी नै रह्यो,भष्टचार नदेखिने गरी मौलाउदै गयो भने नियन्त्रण र नियमन गर्ने निकायमा बसेकाहरु नै सो संग सम्बन्धितहरु नै रहे । सावैजनिक संस्थान, गुठी र राज्यको सम्पतिमा आँखा गाडनेहरुलाई राज्यले नै संरक्षण गरेको,आप्ना नजिकका र आसेपासेहरुलाई काखी च्याप्दा गलत संस्कार र भष्ट्राचारले बढावा पायो । बलात्कार, दाईजो र महिला हिंसाका जघन्य घटनाहरुमा बढावा भयो ।
आआफ्ना निश्चित विचार, दर्शन, सिद्धान्त र राजनैतिक नाराबाट टसमस नहुने र अहंकारको डम्फु बजाउदै भित्तामा सिंगौरी हान्ने गलत राजनैतिक अभिष्टका कारण मुलुकले दास्रो पटक पनि निर्धारित समयमा संविधान प्राप्त गर्न सकेन । आफ्ना कोरा नारा र निर्वाचणमा जनतामाझ व्यक्त गरेका गलत आश्वासन र प्रलोभनका अंश अंश जनताको भाग्य र भविश्यको फैसला गर्ने भनिएको नया संविधानमा समावेश गर्न खोज्ने सिमित स्वार्थ केही जातिय समुदायको बुई चढेर गिरेको साख बचाउन खोज्ने प्रचण्ड धु्रत्र्याइका कारण संविधान निमार्णका खातिर खर्च भएको समय र स्रोत साधन निकम्मा साबित भएर जानबाट रोकियो । यस बर्ष जुन दिन आश्विन ३ गते नेपाली जनताहरुले करिब सात दशकदेखी साँचेको जनताको संविधान घोषणा भयो तर जारी संविधानमा आफ्ना मागहरु सम्बोधन नभएको भन्दै मदेशी जनताको नाममा जसरी महिनौसम्म आन्दोलन भयो त्यसले समग्र देश र जनताको जीवनशैली र राष्ट्रिय जीवनलाई समेत नराम्ररी थिलोथिलो बनायो । अरु मौसमी आरोप प्रत्यारोप त नेपाली राजनितिको संस्कार जस्तै गरी विकशित भएकै कुरा हो । यतातिर समय खर्चिन आवशयक ठानेको छैन ।
अरु भष्ट्र आफु सर्वश्रेष्ट, म र मेरो मात्र ठिक अरु जम्मै गलत,हामी भए हुन्छ अरु आए स्विकार गरिदैन यही चिन्तन, व्यवहार र मानसिकताले ग्रस्त एकिकृत माओवादीको लागी यही चिन्तन र व्यवहार वैद्य हुदै ६ ओटामा परिणत हुनुको कारण रह्यो । प्रकारान्तरले एमाले रातो देखिएपनि यसभित्र पनि कालो र छुटयाउन नसकिने किसिमका रंगहरु देखापरिरहे भने काँग्रेसमा विकशित सदाबहार गुटहरु विभिन्न उपगुटहरु बन्न सफल भएका छन तर फुटका लागी होईन । आन्तरिक पार्टी जीवनमा एमाले समयमा अध्यावधिक,चुस्त र लोकतान्त्रिक देखिएको छ । एमाओवादी थलिएको बिरामी झै बनेको छ आन्तरिक संगठनहरुमा समेत भने काँग्रेसमा संगठनको आन्तरिक लोकतान्त्रिकरण र सुदृढिकरणका लागी यो बिषय लोकतान्त्रिक र प्राथमिकताको बिषय छ जस्तो देखिन छोडिसकेको छ । विभिन्न स्वार्थबाट स्थापित मधेश केन्द्रित दलहरु अन्तत पारिवारीक संरचनामै सिमित हुदै जानेक्रम बड्यो भने केही राष्ट्र बिखण्डन र एक प्रदेशका स्वर गाईगुई सुनिनेक्रम यद्यपी जारी नै रह्यो । विगतका, बिग्रेका, गलत र सुधार गनुपर्ने पक्षहरु उजागर जति गर्दै गयो महाभारत नै बन्छ । विगतमा जे जस्ता असहमति, असमझदारी र कटुता भएपनि अव उप्रान्त सवै बेमेलहरु एकै ठाउमा गन्थन गरेर राष्ट्रिय हित र स्वार्थका खातिर सवै एकै ठाउमा आएर सहमति, सहकार्य र एकताको सन्देश प्रबाह गर्दै विगतदेखी धिमा गतिमा अगाडी बडीरहेको मुलुकको समग्र विकाश प्रक्रियाले गति लेओस । यो सवैभन्दा सजिलो काम हो यो भएन,उ भएन,यसरी हुन्छ, त्यसरी हुन्छ भन्ने र कमजोरी औल्याउने कार्य सवैले अंगालेको पाईन्छ तर सुधारका लागी आफै अग्रसर हुने संस्कार र परिपाटी बसाल्न जरुरी छ । विगत जे जस्तो भएपनि आगत र भबिश्य सुन्दर एवं स्वर्णिम होस । सवैका आपसी बेमेल,कटुता, र असमझदारी हटुन,सवै नेपाली एउटै मालामा सामुहिक भावनामा जोडिन सक्ने प्रण गरौ । नया बर्ष नया योजना,संकल्प र कार्यन्वयन सहितको बर्ष बनोस स्वर्णिम अक्षरले लेखियोस बर्ष २०७३ चाहाना अनि कामना... । लेखक नेपाल विद्यार्थी संघ रुकुमको महाधिवेशन प्रतिनिधि हुन ।

0 comments:
Post a Comment