आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, April 17, 2016

भारतीय नाकाबन्दीका नकारात्मक असर तथा बजारमा भएका हल्लाहरु

आलोक नेपाली
१. पृष्ठभुमीः 
यस पंक्तिकारले सञ्चारमाध्यममै विगतका दिनहरुमा पनि पनि भारतीय नाकाबन्दी सम्बन्धी केही प्रष्ट्याउनका लागि लेखहरु प्रकाशित गरिएका छन् । नेपाल भारतको सम्बन्ध अत्यन्त पुरानो खालको छ । तर विगत देखि नै सम्बन्ध कस्तो खालको     रह्यो भने भारतले सधैं नै दादागिरी देखाउने वा त्यसले भनेको हामीले विना सर्त मान्नुपर्ने हुन्छ जस्तो । सुगौली सन्धि यता भारतले सधै नै  नेपालमा कुटनितिको नाममा दादागिरी देखाउने वा नेपाल पनि भारतको कुनै एक प्रदेश जस्तो व्यवहार आजको होईन । जतिबेला भारतमा व्रिटिसले राज्य           गरिरहेको थियो त्यो बेला नेपाल एक सशक्त तथा प्रभावशाली राज्य थियो । त्यतिबेला विभिन्न        कारणले गर्दा सुगौली सन्धि गर्नुपरयो जुन         भारतसँग होईन, तर त्यसको आडमा सधै हामीलाई औपेनिवेशिक रुपमा लिने र उनीहरुले आफ्नो निर्णय हामीमा लाद्ने व्यवहार गरिरहेका छन् । मेरो विचारमा यसको पहिलो दोषी नेपाली नेताहरु नै हुन् । किनभने खुला सिमाना, विभिन्न खालको सहज व्यापार , आन्दोलन भईरहेको बेला नेपाली नेताहरुको आवास भारत हुने, नेपालको पहिलो प्रधानमन्त्री दिल्ली भ्रमण गर्नुपर्ने, विभिन्न खालका राष्ट्रघाती सम्झौताहरुमा आँखा चिम्लेर हस्ताक्षर गर्ने, सन् १९५० को सन्धिलाई कुटनितिक रुपमा समय सान्दर्भिक बनाउन नसक्ने, कमजोर नेतृत्व क्षमता, परनिर्भरता,  जस्ता विभिन्न कारणले भारतले यति सम्म कि नेपालको सुक्ष्म व्यवस्थापन सम्म पनि हेर्न थाल्यो जुन एक सार्वभौमसत्ता सम्पन्न देशका लागि मान्य हुन सक्दैन । तर यसैमा नेपालीहरु     रमाईरहे र प्रत्येक कुरामा भारतले दबाव दिने र नेपालले मान्नुपर्ने प्रचलन जस्तो बन्यो । विगतका विषयहरुमा नगई भर्खरमात्र संविधान निर्माण प्रक्रियमा भारतले देखाएको चलखेल, अन्तर्राष्ट्रिय जगतमा नै एक लज्जाको विषय बनेको छ । पहिलो कुरा त हामी एक स्वतन्त्र देशका बासिन्दा हौं हामीलाई आफ्नो बारेमा निर्णय गर्ने अधिकार छ , जुन अन्तर्राष्ट्रिय मुल्य, मान्यता भित्र हुनुपरयो । अर्को कुरा नेपाली जनताले पहिलो पटक संविधानसभाबाट संविधान निर्माण गर्ने कुरा छिमेकीको सल्लाह लिने हो दबाव होईन । सम्पुर्ण छिमेकीहरुले स्वागत गरेको खण्डमा भारतको यो कन्जुष्याई सबैले बुझ्न सक्छन् यो विषय फेरि अर्को एक दादागिरीको नमुना । त्यतिमात्र होईन, नाकाबन्दी गरेर नेपालमा हाल विभिन्न खालको  समस्याले जनतास्तरमा हाहाकार भईरहेको छ जसले भारतप्रतिको नेपालीहरुको बुझाई झन् नकारात्मक बनेको अवस्था छ । त्यसकारण पनि तराई मधेशमा चलेको आन्दोलनभित्र कहींकतै भारतको कानेखुशी हो कि भनेर मानिसहरु अनुमान पनि लगाउँछन् ।  
एक सार्वभौमसत्ता सम्पन्न देशले अन्तर्राष्ट्रिय     स्तरमा कसरी आफ्नो देशको सम्बन्धलाई सबल र जीवित भन्ने कुरा पनि त्यस देशमा निहित छ , यहाँ त यस्तो देखिएको कि भारतले भनेपछि हामीले सम्बन्ध स्थापना गर्नुपर्ने जस्तो । 

२. नाकाबन्दी त्यसका नकारात्मक असर 
भारतले लगाएको लामो नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र नै डगमगायो भने नेपालीहरुको दैनिकी समेत फरक परयो । जनतालाई खान बस्न तथा दैनिक जीवनका निर्वाहमा समेत प्रत्यक्ष असर पुर्यायो र हाल सम्म पनि यसका विभिन्न स्तरका प्रभावहरु बाँकी नै छन् । यस नाकाबन्दीले          गरिबलाई अझ गरिब र धनी वा दलालीलाई झन् धनी बनायो र आर्थिक खाडल निर्माण गरयो । अहिले पनि ईन्धन, खाद्यान्न लगायतका अति महत्वपुर्ण वस्तुहरु बजारमा उपलब्ध छैनन वा नभएको नाटक गरिएको छ । यस नाकाबन्दीले देशको अर्थतन्त्रको ढाँड नै भाँचिदियो भने दैनिकी नै फरक बनाईदियो । त्यस्तो महिनौ लामो नाकाबन्दीमा समेत नेपाली जनताले देखाएको देशभक्तिपुर्ण भावनालाई भने हामीले सम्मान गर्नै पर्छ । हामी नेपालीहरु खासमा भन्दा दुःख र सुखलाई समानान्तर रुपमा अगाडी बढाउन सक्छौं । हामी यस देशका नागरिक हौं भन्ने गतिलो प्रभाव दिन सफल भयौं । विभिन्न कुटनितिक तथा राजनितिक स्तरकमा वार्ता तथा छलफलले केही खुकुलो भएको आभास भएको समयमा प्रधानमन्त्रीको भारत भ्रमणले थप उत्साह ल्यायो कि अब भारतले सकारात्मक रुपमा नेपालमा आपूर्तिका सहयोग गर्नेछ तर पहिलेको भन्दा सुधार आएपनि खासै आवश्यकतामा आधारित भएर आपुर्ति व्यवस्था सहज हुन सकेन । 
हाम्रो देशको संविधान निर्माण प्रक्रिया त्यसको कार्यान्वयन र यसका प्रावधान सम्बन्धमा भारतलाई भन्दा हामी नेपालीलाई धेरै कुरा थाहा छ र हामीले हाम्रो माटो तथा देश सुहाउँदो बनाउने कुरामा अरुले हस्तक्षेप नै गर्नु पर्ने कस्तो खालको अवस्थामा हो । तराई मधेशमा चलेको आन्दोलन पनि यस्तो भयो कि मानौं तिनीहरु कसैको        ईशारामा आन्दोलन गरेका थिए र सके खासमा त्यत्रा व्यक्तिहरुको शहादत भयो आखिर भयो के ? यसै विषयलाई लिएर भारतले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाईरहेको छ जुन अचम्म लाग्दो सुनिन्छ । भारतले नेपालमा फटाउ र शासन गर भन्ने नितीलाई गहिरो गरी अंगिकार गरेको र यसको प्रयोग गरिरहेको छ । 
नेपालका प्रधानमन्त्रीको चीन भ्रमण पछि नेपालको राजनितिक वृत्तमा नयाँ विषयले चर्चा पाईरहेको छ जुन ऐतिहासिक सम्झौता हुनु र नेपालका प्रधानमन्त्रीलाई चीनले गरेको भब्य स्वागत । यो स्वाभाविक प्रक्रिया हो कि एक देशका            राष्ट्रप्रमुखलाई अर्को देशले कुटनितिक मर्यादा अन्तर्गत पनि सम्मान दिनु वा स्वागत गर्नु । यसलाई  भारतले विशेष वास्ताका साथ हेरिएको चर्चा फेरि बजारमा चलेको छ । मधेशीले शुरु गर्न लागेको आन्दोलन र चीनसँग भएका विभिन्न सम्झौताहरुलाई लिएर भारतले नाकाबन्दी गर्दैछ भन्ने अर्को हल्ला बजारमा फ्ँयाकिएको छ । जुन यी दलालहरुले        गरेको जस्तो मलाई लाग्छ जसले नेपालको अर्थतन्त्र र दैनिक जीवनीलाई खल्बल्याउन चाहन्छन् र धमिलो पानीमा माछा मार्न चाहन्छन् । यस समयमा हामीले खबरदारी गर्नु जरुरी छ कि सम्झौता अनुसार कार्य अगाडी बढाउन भनी भारतलाई र देशमो विद्यमान कानुनी व्यवस्थाहरु अनुसार कालाबजारीलाई       कारबाही गर्नु साथै मधेशमो मुद्धा खासमा अल्झेको कहाँनेर हो  यसको पनि सही सम्वोधन गर्नु नत्र त हजुरआमा मरेको चिन्ता होईन कि काल पल्केला कि भन्ने  उखान जस्तै होला । अहिले मानिसहरुले फेरि भण्डारण बढाईरहेका छन् र अभाव हुँदैछ भन्ने हल्ला पिट्दैछन् । यस प्रति सरकारको ध्यान जान जरुरी छ । 
३) उपसंहार 
समग्रमा भन्दा, थप्रै समस्याको बीचबाट, नेपालको संविधान २०७२ घोषणा भएको छ, यो संविधानमा पनि देशको समृद्धि वा जनतालाई समाबेशी र समानुपातिक सिद्धान्तको आधारमा राज्यको मुलप्रवाहमा समेट्दै लिने खालको व्यवस्था          गरिएको छ तर यस संविधानले जनतालाई दिने अधिकारका विषयमा जनताको मागलाई वास्तविक रुपमा सम्बोधन गर्न सकेको र्छैन अझै पनि धेरै जनमैत्री प्रावधान राख्न जरुरी छ । संविधान त्यस्तो वस्तु होईन कि यसलाई बनाईसके पछि छुनै नमिल्ने देशको बदलिंो परिवेश अनुसार संविधानको संशोधन गरेर भए पनि हाल भईरहेका जनताका मागलाई सम्बोधन गरी यस संविधानको प्रभावकारी कार्यान्वयन र देशलाई समुन्नतिको मार्गमा अगाडी बढाउनु सरकारको कर्तव्य हो भने सहयोग गर्नु जनताको दायित्व हो । सरकारले यस्ता नचाहिने हल्ला गर्नेहरुलाई हदै सम्मको कारबाही गर्ने तथा कुटनितिक रुपमा हाम्रो सम्बन्धलाई सबल       बनाईराख्नु साथै जनतालाई उज्ज्वल भविष्यका लागि मार्गदर्शन गर्नु र आशा जगाउनु जरुरी छ ।  हामी सबै नयाँ आधारमा नयाँ एकता सहितको राष्टूवाद लाई मलजल गरौं ।  
जय होस् ।। २७ चैत्र २०७२ सल्लाह तथा सुझाव ः aloknepali123@gmail.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |