आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, April 4, 2016

बिहे मानिसको जीवनमा अनिवार्यता पनि हो

बुवा धिर्जबहादुर ओली र आमा उत्तिम कुमारी ओलीबाट वि.सं. २०२८ साल असोज १४ गते रुकुम जिल्ला जाङ गा.वि.स. वडा नं. ९  खाराबाङमा जन्मेकी देवी ओली वि.सं. २०४७ सालदेखि आफ्नो राजनीतिक जीवन शुरु गरेको बताउछिन । २०४९ सालमा मा.वि. रुकुमकोटको   प्रारम्भिक कमिटीको सदस्य, २०५० सालमा अनेरास्ववियू. जिल्ला कमिटीको सदस्य, २०५१ सालेखि २०५९ सालसम्म अखिल नेपाल महिला जिल्ला कमिटीको अध्यक्ष, २०५१ सालदेखि २०६९ सालसम्म नेकपा एमाले रुकुम जिल्ला सदस्य, २०६९ सालदेखि २०७१ सालसम्म पार्टी उपाध्यक्ष, २०५४ सालदेखि २०५९ सालसम्म अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य, २०६४ सालदेखि २०७० सालसम्म लोकतान्तिक महिला सञ्जालको अध्यक्ष र २०७१ सालदेखि हालसम्म अन्तरपार्टी महिला सञ्जाल रुकुमको अध्यक्ष भएर उनले काम गरिरहेकी छिन । उनको राजनीति, जीवन भोगाई र ब्यक्तिगत भावनाका बिषयमा आहा सञ्चार साप्ताहिकका लागि उनै ओली सँग राम वि शाम (साधक) ले गरेको कुराकानी । 

कस्तो चल्दैछ ? राजनीति र समाजसेवा जीवन ?
सन्तोषजनक नै छ । 
तपाईको राजनीति के को निम्ती ?
समाजमा रहेका अन्याय, अत्याचार, शोषण, दमन, भेदभाव पूर्ण व्यवहारको विरुद्धमा खबरदारी गर्नका लागि ।
कत्तिको खानु भो ? आमाबुवाको कुटाई र गाली ?  
म जन्मेको ६ महिनामै बुवाको निधन भएको हो । आमाले कहिलेकाहीँ गाली गर्नुहुन्थ्यो, कहिलेकाहीँ कुटाई पनि खाईयो तर मेरै भलाईका लागि हो भनेर सम्झिन्थेँ ।
विहे किन गर्नुभएको हो ?
विहे प्राकृतिक नियम हो । बिहे अनिवार्यता पनि हो त्यसैले ।
तपाईको श्रीमानलाई कसरी माया गर्नुहुन्छ ?
एउटी श्रीमतीले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गरेर ।
दाजु र दिदीहरुको साथ कत्तिको पाउनुभएको छ ?
भरपूर
समाजको निम्ति तपाईको दायित्व ?
निरन्तर समाज परिवर्तका लागि लागिरहनु ।
११ वर्षको उमेरमा गरेका एक÷एक वटा राम्रा र नराम्रा कार्यहरु केके थिए ?
राम्रो कार्य म त्यो उमेरमा व्यवहारिक नै थिएँ र नराम्रो कार्य भन्नुपर्दा सबै साथीहरु मिलेर घरबाट तेल, घ्यूँ चोरेर जंगलमा लिएर चिल्ले रोटी पकाएर खान्थ्यौँ ।
तपाईको १९ वर्ष कस्तो रह्यो ?
विद्यार्थी भएकोले पढाई व्यस्त भईयो ।
धामी र झाँक्रि प्रति कत्तिको विश्वास गर्नुहुन्छ ?
विश्वास गर्दिन ।
तपाई आफूलाई खासमा के भनेर चिनाउन चाहानुहुन्छ ?
असल र ईमान्दार ।
खुशी कहाँ पाईन्छ होला ?
मनभित्र ।
रुकुम जिल्ला भित्रका तपाईले नाम लिनै पर्ने पाँच जना व्यक्तिहरु ?
हस्तबहादुर के.सी., टोपबहादुर ओली, ठगेन्द्र पुरी, खेममान खड्का र हरिप्रसाद शर्मा
अन्त्यमा जीवनलाई कसरी अथ्र्याउने गर्नुभएको छ ?
जीवन प्राकृतिक उपहार हो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |